प्रगतिशील मृत्यु संस्कार अपनाए क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेताहरुले

प्रगतिशील मृत्यु संस्कार अपनाए क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेताहरुले

काठमाण्डौ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका नेताहरुले प्रगतिशील मृत्यु संस्कार अपनाएका छन् ।
कम्युनिष्ट हुनका लागि कम्युनिष्ट कै जस्तो विचार र कम्युनिष्ट कै जस्तो आचरण र जीवनशैली हुनु पर्दछ । कम्युनिष्ट पार्टी भनेको भौतिकवादी दर्शन र सिद्धान्तलाई अंगाल्ने पार्टी हो। लेखाई ,बोलाई र भाषणमा भौतिकवाद तर व्यवहारमा रुढीवाद र अध्यात्मवादलाई अपनाउने गरेका उदाहरणहरु समाजमा प्रशस्त छन् । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका नेताहरुले प्रगतिशील मृत्युसंस्कार अपनाएर समाजमा नवीन जनपक्षीय साँस्कृतिक अभ्याससहितकाे उहाहरण पेश गर्नु भएको छ ।
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव मोहन वैद्य किरणकी आमा जानकादेवी वैद्यको ९९ वर्षको उमेरमा दाङमा वैशाख २४ गते मृत्यु भयो । किरणले परम्परागत मृत्यु संस्कारलाई अपनाउनु भएन । किरणले दर्शनशास्त्र र संस्कृतिको क्षेत्रमा प्रगतिशील संस्कृतिको पक्षपोषण गरेर लेखेका धेरै रचनाहरु छन् । लेखेर मात्र होइन व्यवहारबाट पनि वहाँले प्रगतिशील संस्कारलाई अवलम्वन गर्नु भयो ।
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका स्थायी समिति सदस्य हरिभक्त कंडेलकी आमा लक्षिमादेवी कंडेलको गत वैशाख १५ गते चितवनमा निधन भएको थियो । आमाको दाहसंस्कारका समयमा नै कतिपय मानिसहरुले परम्परागत मृत्यु संस्कारलाई अपनाउन दबाब दिएको भए पनि कंडेलले आफूलाई स्वगर्, नर्कप्रति विश्वास नभएको, आफूले आमा जीवित छँदासम्म छोराले गर्नु पर्ने दायित्व पूरा गरेको बताएर रुढीगत परम्परालाई नमान्ने अडान लिँदै प्रगतिशील मृत्यु संस्कार अपनाउनु भएको थियो ।
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका पोलिटव्यूरो सदस्य दिनेश शर्माकी आमा भद्र कुमारी चौलागाईको गत वैशाख १४ गते ८८ वर्षको उमेरमा निधन भएको थियो । दिनेश शर्माले परम्परागत मृत्यु संस्कार नअपनाई प्रगतिशील मृत्युसंस्कार अवलम्वन गर्नुभयो । काभ्रे पाँचखालमा भद्र कुमारी चौलागाइप्र्रति श्रद्धाञ्जली कार्यक्रम राखिएको थियो । ९ वर्ष पहिले बुबाको मृत्यु हुँदा पनि शर्माले परम्परागत काजक्रिया गर्नु भएको थिएन ।क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका केन्द्रीय सदस्य झनक श्रेष्ठ प्रज्ज्वलको बाबु कृष्णलालको बैशाख ७ गते मृत्यु भएको थियो । झनकले बुबाको मृत्युमा परम्परागत काजक्रिया गर्नु भएन ।र रामेछापको रामपुरमा श्रद्धाञ्जली सभा सम्पन्न गरिएको थियो ।गत माघमा चितवनमा क्रान्तिकारी कम्युनिष्ट पार्टी चितवनका सचिव विकासलाई बुबाको दाहसंस्कारको समयमा देवघाटमा मलामीहरु बाटै कपाल फाल्न ,सेतो कपडा पहिरन दबाव दिँदा वहाँले अस्वीकार गर्दै प्रगतिशील संस्कारलाई अपनाउनु भयो ।उल्लेखित उदाहरण प्रगतिशील मृउत्यु संस्कारका केही प्रतिनिधि उदाहरण मात्र हुन् । समाजमा अहिले यसप्रकारका प्रगतिशील मृत्युसंस्कार अपनाउनेहरुको सूचि तयार पार्ने हो भने निकै लामो सूचि हुनेछ ।क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले प्रगतिशील संस्कारको विकासकालागि प्रोत्साहन गर्ने नीति लिएको छ । तर यस्ता संस्कारगत कुराहरुलाई दबाब दिएर होइन आफ्नो कर्तव्य ठानेर व्यवहारमा लागू गर्नुपर्दछ भन्ने मान्यता क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले राखेको छ ।प्रगतिशील मृत्यु संस्कार अपनाउनेहरुले मृतक आफन्त वा अविभावकको नाममा विद्यालय वा कुनैसंघ संस्थामा अक्षयकोष निर्माण गरेको पाइएको छ । मृत्यु संस्कारका बेला फजुल खर्च नगरीकन बरु उक्त खर्चलाई समाजसेवामा लगाउने गरेको पनि पाइएको छ ।