कार्लमार्क्सकाे २०८ आै जन्मदिवसमा मार्क्सकाे व्यक्तित्व र कृतित्वमाथि विशेष चर्चा

कार्लमार्क्सकाे २०८ आै जन्मदिवसमा मार्क्सकाे व्यक्तित्व र कृतित्वमाथि विशेष चर्चा

काठमाडाै । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालकाे ९ नं ब्युराेले कार्लमार्क्सकाे २०८ आै जन्म जन्यतीमा ‘विश्व सर्वहारावर्गका महान नेता तथा मार्क्सवादका प्रवर्तक कार्लमार्क्सकाे २०८ आै जन्म दिवस समाराेह’ काे आयाेजना गर्याे । कार्यक्रममा कार्लमार्क्सकाे व्यक्तित्व र कृतित्वमाथि विशेष चर्चा गरिएकाे छ ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यवाहक महासचिव सीपी गजुरेल गाैरवकाे प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि गाैरव, पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश आेली सुदर्शन, पीवीएम पवनमान श्रेष्ठ, पार्टीका केन्द्रीय सल्लाहकार समिति सचिव कमल चाैधरी, सदस्य गाेर्की श्रेष्ठ लगायतले मार्क्सले दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादकाे क्षेत्रमा गरेकाे याेगदान र उहाँ क्रान्तिकारी व्यक्तित्वकाे बारेमा विशेष चर्चा गरिएकाे थियाे ।
कार्यक्रमकाे अध्यक्षता पार्टी पीवीएम तथा ९ नं ब्युराे सचिव चिन्तामणि पाैडेल र सञ्चालन ललितपुर इन्चार्ज श्याम केसीले गर्नुभएकाे थियाे । स्वागत मन्तव्य पार्टी केस तथा पेशागत डिओेसी सहसचिव फडिन्द्र कार्कीले गर्नुभएकाे थियाे ।
कार्लमार्क्सकाे फाेटाेमा माल्यार्पण गरी कार्यक्रमकाे सुरुवात गरिएकाे थियाे ।