काठमाडाै । पार्टी विरोधी गतिविधिमा लागेको भन्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले पार्टीका दुई केन्द्रीय सल्लाहकार समिति सदस्यलाई पार्टी सदस्यसहित सम्पुर्ण जिम्मेवारीबाट हटाएकाे छ ।
पार्टीका कार्यवाहक महासचिव गाैरवले जारी गरेकाे वक्तव्यमा भनिएकाे छ, “हाम्रो पार्टीका केन्द्रीय सल्लाहकार समितिका सदस्यहरु विजयरत्न बज्राचार्य र मोतिरत्न अमात्य पार्टी विरोधी गतिविधिमा लागेको हुनाले उहाँहरु दुवै जनालाई पार्टी सदस्यता समेत नरहने गरी सम्पूर्ण जिम्मेवारीबाट हटाइएको बेहोरा यस प्रेस वक्तव्य मार्फत् सार्वजनिक गरिएको छ ।”