४ बैशाख बुटवल ।
टोली नम्बर ४ले जनसम्बन्ध विस्तार अभियानको ३२ औं दिनमा सम्पन्न कार्यक्रमहरुमा बुटवलमा एक अन्तरक्रिया कार्यक्रम र ३ ओटा कोण सभा सम्पन्न गरेको छ ।
नेपाल बार एशोसिएसन उच्च अदातलको सभा कक्षमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । “देशको वर्तमान राजनीतिक संकट र समाधानको प्रश्न” विषयक अन्तरक्रियामा कार्यपत्र टोली प्रमुख तथा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली सुदर्शनले प्रश्तुत गर्नु भएको थियो ।
कार्यक्रममा नेकपा (विप्लव समुह) का पोलिटव्यूरो सदस्य वसन्त श्रेष्ठ ,नेकपा (मसाल) रुपन्देहीका प्रवक्ता लाल पन्त ,नेकपा (एस)का जिल्ला अध्यक्ष हिराध्वज शाह ,नेकपा (एमाले) का हितराज पन्थी , नेसपा (नयाँशक्ति)का नारायन नागिना , नेकपा (बहुमत)का रेखा खनाल , माक्र्सवादी विचार मञ्चका सचिव विनबहादुर कुँवर लगायतले मन्तव्य राख्नु भएको थियो । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका पोलिटव्यूरो सदस्य लालबहादुर जाग्री ,धनेश्वर पोख्रेल ,प्रेम सुवेदी ,नेकपा ( माले) का गोपाल मणि गौतमलाई पनि आसन ग्रहण गराइएको थियो ।
अन्तरक्रिया कार्यक्रमको अध्यक्षता लक्ष्मीकात पौडेल (क्रान्तिकारी कम्युनिस्ट पार्टि नेपालका रुपन्देही जिल्ला सचिव) ले र संन्चालन क्रान्तिकारी कम्युनिस्ट पार्टि नेपाल रुपन्देही जिल्ला सचिवालय सदस्य पूर्ण विक्रम नेपालीले गर्नु भएको थियो । स्वागत दयाराम खनाल, वुटवल उपमहानगरपालिका पार्टी सचिवले गर्नु भएको थियो । कार्यक्रममा सहिदहरु प्रति १ मिनेट मौन धारण गरिएको थियो ।
टोलीले पहिलो कोणसभा अमर पथमा सम्पन्न गरेको छ । जसलाई धनेश्वर पोख्रेलले सम्बोधन गर्नु भएको थियो भने सन्चालन दिनेश थापाले गर्नु भएको थियो ।
दोस्रो कोणसभा वुटवल हस्पिटल लाईनमा सम्पन्न भएको छ जसमा वक्ता टोली प्रमुख तथा क्रान्तिकारी कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली हुनुहुन्थ्यो । सन्चालन दिनेश थापाको रहेको थियो ।
तेस्रो कोणसभा बुटवल चौराहामा सम्पन्न भएको छ । जसमा सम्बोधन प्रेम सुवेदीको रहेको थियो भने सन्चालन विक्रम नेपालीले गर्नु भएको थियो ।