बैशाख ३ गते ३ नं. अभियान टोलीले सम्पन्न गरेका कार्यहरु

बैशाख ३ गते ३ नं. अभियान टोलीले सम्पन्न गरेका कार्यहरु

बैशाख ३ पर्वत । पर्वतको कुश्माबजारमा ब्यापक पर्चा वितरण र माईकिङ गरेपछि अभियान टोलीले शिवालय चोकमा कोणसभा सम्पन्न गरेको छ । कोणसभालाई अभियान टोली प्रमुख तथा स्थाई समिति सदस्य कमरेड कृष्णराज पौडेलले सम्बोधन गर्नु भएको थियो । सम्पोधनमा उहाँले देशलाई माफिया र बिचौलियाले लुटेको बताउनु भयो । साथै राजनैतिक दलहरुमा नै उनीहरुको हालिमुहाली भएकाले यो व्यवस्थाबाट माफिया र बिचौलियाहरुको नै उत्थान हुने र सर्वसाधारणलाई भोट बैंकको रुपमा मात्र प्रयोग गर्ने दलहरूको प्रबृति रहेको बताउनु भयो । कोणसभाको सञ्चालन अभियान टोली सदस्य तथा पिबिएम कमरेड शेरबहादुर देउवाले गर्नु भएको थियो । नारायण योगीले जनवादी गीत गाउनु भएको थियो ।


त्यसैगरी बाग्लुङको बाग्लुङ बजारको ट्राफिक चोकमा कोणसभा सम्पन्न भएको छ । कोणसभालाई अभियान टोली प्रमुख कृष्णराज पौडलले सम्बोधन गर्नु भएको थियो । सञ्चालन अभियान टोली सदस्य शेरबहादुर देउवाले गर्नु भएको थियो । बजार क्षेत्रमा ब्यापक प्रचार प्रसार र माईकिङ गरेको थियो ।


अभियान टोलीले म्याग्दीको बेनी बजारमा अर्को कोणसभा गरेको छ । जिल्ला प्रशासन कार्यालय अगाडि बिरेन्द्र चोकमा सम्पन्न कोणसभालाई अभियान टोली सदस्य तथा पिबिएम कमरेड शेरबहादुर देउवाले सम्वोधन गर्नु भएको थियो । बजार क्षेत्रमा ब्यापक पर्चा वितरण र माईकिङ गरेको थियो ।