सिन्धुलीको खुर्कोट बजारमा कोणसभा सम्पन्न गरी २ नं केन्द्रीय अभियान टोली रामेछाप प्रवेश, अभियान टोलीलाई रामेछापमा भव्य स्वागत

सिन्धुलीको खुर्कोट बजारमा कोणसभा सम्पन्न गरी २ नं केन्द्रीय अभियान टोली रामेछाप प्रवेश, अभियान टोलीलाई रामेछापमा भव्य स्वागत

काठमाडौं । जनसम्बन्ध विस्तार अभियानको ३१ औं दिन सिन्धुली जिल्लामा अभियानको समापन गर्दै २ नं. अभियान टोली रामेछाप जिल्ला प्रवेश गरेको छ । रामेछापको जिल्ला पार्टीले अभियान टोलीलाई भव्य स्वागत गरेको छ । रामेछाप जिल्ला प्रवेश गर्नुअघि अभियान टोलीले सिन्धुली जिल्लाको खुर्कोट बजारमा कोणसभा सम्पन्न गरेको थियो । अभियान टोलीले सिन्धुली जिल्ला गोलान्जोर वडा नम्बर ७ खुर्कोट बजारमा सम्पन्न गरेको कोणसभालाई पार्टीका स्थायी समिति सदस्य सन्तबहादुर नेपालीले सम्बोधन गर्नुभएको थियो । पार्टीका सिन्धुली जिल्ला इन्चार्ज भरत बुर्जामगरले सञ्चालन गरेको कोणसभामा जनसांस्कृतिक मोर्चाका नेता नारायण शर्माले सांस्कृतिक प्रस्तुति दिनुभएको थियो ।

कोणसभाको समापनसँगै अभियान टोलीलाई सिन्धुली जिल्ला पार्टीले अभियान टोलीलाई विदाइ गरेको थियो भने रामेछाप जिल्लामा प्रवेश गरेपश्चात रामेछाप नगरपालिका वडा नम्बर ६ च्यास्कु बजारमा अभियान टोलीलाई रामेछाप जिल्ला पार्टीले भव्य स्वागत गरेको थियो । स्थानीय पार्टीको महिलाहरु आफैले उनेको फुलमाला लगाएर अभियान टोलिलाई भब्य स्वागत गरेका थिए । स्वागत पश्चात् सोही स्थानमा कोणसभा गरिएको थियो । कोणसभाको सञ्चालन जिल्ला इन्चार्ज लाङ्घालीले गर्नुभएको थियो भने स्वागत मन्तव्य पोलिटब्यूरो सदस्य गगनले गर्नुभएको थियोे ।

अभियानका साथै समसामयिक विषयमा पार्टीको धारणा पार्टीको स्थायी सदस्य सन्त बहादुर नेपालीले राख्नुभएको थियो । यो अभियान टोलीले आज १५ वटा भित्ते लेखन र व्यापक रुपमा पर्चा बितरण पनि सम्पन्न गरेको छ । केन्द्रीय अभियान टोलीमा १० नं व्यूरोको अभियान टोली पनि एकाकार भएर अहिले १० नं. ब्यूरोका जिल्लाहरुमा अभियान सञ्चालन भइरहेको छ ।