जनसम्बन्ध बिस्तार अभियान ४ नं. टिमले बैशाख ३गते सम्पन्न कार्यहरु

जनसम्बन्ध बिस्तार अभियान ४ नं. टिमले बैशाख ३गते सम्पन्न कार्यहरु

बैशाख ३ रुपन्देही ।
लुम्बिनी सास्कृतीक नगरपालिकाको मैलादेवी चोक बजारमा कोणसभा कार्यक्रम सम्पन्न गरियो । संचालक पार्टी केन्द्रीय सदस्य तथा कैलाली जिल्ला इन्चार्ज दिनेश थापा र सम्बोधन पार्टी केन्द्रीय सदस्य तथा अखिल (क्रान्तिकारी ) केन्द्रीय कार्यालय सदस्य नवीन खड्काले गर्नु भयो ।
दोस्रो कोणसभा गैडहवा गाउँपालिका सुर्यपुरा बजारमा सम्पन्न भयो, जसलाई पोलिट्ब्युरो सदस्य धनेस्वर पोख्रेलले सम्बोधन र संचालन पार्टीका स्थानीय नेता बाबुराम आचार्यले गर्नुृ भयो ।
तेस्रो सैनामैना नगरपालिकाको कलौनी बजारमा कोणसभा सम्पन्न गरियो, जसलाई नगरपालिका इन्चार्ज एकदेव पौडेलले संचालन र पोलिट्ब्युरो सदस्य तथा ३ नं. ब्युरो इन्चार्ज लाल बहादुर जाग्रीले सम्बोधन गर्नु भएको थियो ।
सैनामैना नगरपालिका रानिबगिया बजारमा चौथो कोणसभा सम्पन्न भयो । रुपन्देही जिल्ला सचिवालय सदस्य विग्रम नेपालीले सम्बोधन गरेको कोणसभाको संचालन केन्द्रीय सदस्य तथा कैलाली इन्चार्ज दिनेश थापाले गर्नु भएको थियो ।
कोणसभा गरिएका स्थानहरमा व्यापक पर्चा बितरण गरिएका थिए । जनसम्वन्ध विस्तारका दौरान ४ न.. अभियान टोलीले लुम्बिनी भ्रमण तथा महत्त्वपूर्ण भेटघाट पनि सम्पन्न गरेको छ ।