वैशाख ४ गते । ३ नम्बर अभियान टोली कास्की जिल्लाको पोखरा आईपुगेको छ । पर्वत जिल्ला र कास्की जिल्लाको सिमाना नयाँ पुलमा ७ नम्बर व्यूरो ईन्चार्ज कमरेड शेर कुमार खड्का, ब्यूरो सचिव कमरेड नारायण अधिकार, कास्की जिल्ला ईन्चार्ज आकाश गौतम, कास्की जिल्ला सचिव कमरेड विक्रम थापालगायत कमरेडहरुले अभियान टोलीलाई स्वागत गर्न उक्त स्थानमा पुग्नु भएको थियो। ब्यूरो ईन्चार्ज शेर कुमार खड्काले खादा ओडाएर स्वागत गर्नुभएको थियो ।
अभियान टोली पोखरा पुगेपछि पार्टी कार्यालयको सभा कक्षमा पत्रकार भेटघाट कार्यक्रम गर्यो । कार्यक्रमको सहजीकरण ब्यूरो सचिव कमरेड नारायण अधिकारीले गर्नु भएको थियो ।
बिषय बस्तु अभियान टोली प्रमुख तथा स्थाई समिति सदस्य कमरेड कृष्णराज पौडेलले राख्नु भएको थियो। । पार्टीको जनसम्बन्ध विस्तार अभियानको उद्ेश्य, पार्टीको आगामी कार्यदिशा, देशको तात्कालीन राजनैतिक परिस्थिति र निकासको बिषयमा बोल्नु भएको थियो । सम्वोधनमा उहाँले “ राज्य सत्ताले नेपाली जनतालाई दास बनाउने र भाडाको बस्तु बनाउने भन्दा केही गर्न नसकेको“ भन्नु भयो र “पुँजीबादी राष्ट्रहरूले शिक्षा, स्वास्थ्य र रोजगारीमा केही गर्न सकेपनि न्याय, समानता र जनधनको सुरक्षाको ग्यारेण्टी गर्न सक्दैनन् । यो सबै सम्भावना कम्युनिस्ट पार्टीको नेतृत्वमा हुने राज्य व्यवस्थाले मात्र गर्न सक्ने“ बताउनु भएको थियो । अभियानको क्रममा उहाँले जनप्रतिनिधिहरु, जिल्लाका प्रशासकहरु र आम जनसमुदायको बीचमा पुगेको बताउनु भयो । “ हामीले अभियान सम्पन्न गरेपछि यस्को गम्भीर समिक्षा गर्ने छौ र आगामी कार्यक्रम के हुने , यसका धेरै आधारहरू पहिचान भएकाछन् त्यसका आधारमा आगामी कार्यक्रम बन्ने “ पत्रकार भेटघाटमा उहाँले बताउनु भएको थियो ।
टोली नेता तथा पार्टी स्थाई समिति सदस्य कमरेड कृष्णराज पौडेलले पत्रकारहरुले उठाएका जिज्ञासा र प्रश्नहरुको बारेमा थप समयमा प्रष्ट पार्नुभएको थियो । बैशाख ५ गते कास्की जिल्लाको आयोजनामा “राष्ट्रिय राजनैतिक परिस्थिति र अबको विकल्प“ विषय अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने वारे जानकारी दिनु भयो ।
पत्रकारहरुले उठाएका जिज्ञासा र प्रश्नहरुको बारेमा थप समयमा प्रष्ट पार्नुभएको थियो । बैशाख ५ गते कास्की जिल्लाको आयोजनामा “राष्ट्रिय राजनैतिक परिस्थिति र अबको विकल्प“ विषय अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएकोको छ । उक्त कार्यक्रम घनश्याम स्मृति हल शहीद सहिद बिजय ढकाल स्मृति पार्क राष्ट्र बैंक चोक पोखरामा हुनेछ । पार्टीका स्थायी समिति सदस्य कमरेड कृष्णराज पौडेलले आधार पत्र प्रस्तुति गर्नुहुनेछ भने टिप्पणि वरिष्ठ अधिवक्ता तिलक पराजुली र बाम बुद्धिजीवी रामराज रेग्मीले गर्नुहुनेछ ।