नवलपरासी ; मोहन बैध्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपाल सुनवल नगर संगठन समितिले अस्नैयामा सोमबार कोण सभा गरेको छ । जनसम्बन्ध विस्तार अभियानलाई सफल बनाउने उद्देश्यले संसदीय ब्यवस्थाको भन्डाफोर सहित कोण सभा गरिएको हो । सुनवल -८ देउराली टोलबाट संसदीय ब्यवस्था बिरुद्व जनगणतन्त्रको माग गर्दै नाराबाजी सहित शुरु जुलुस अस्नैया चोकमा कोण सभामा परिणत भएको थियो । पार्टीका सुनवल नगर संयोजक प्रेम रिमालले कोण सभामा सम्बोधन गर्दै नेका एमाले र माकेको कारण राजावादीहरु सल्बलाएको बताउनु भयो । उहाँले इतिहासको बाटो पछाडि होइन नयाँ जनवादी क्रान्ति हुँदै बैज्ञानिक समाजवादी बाटोमा जाने उल्लेख गर्नुभयो ।
जन सम्बन्ध बिस्तार अभियानको क्रममा कार्यक्रममा भएको हो । सो अवसरमा पार्टीको बैकल्पिक केन्द्रीय सदस्य तथा जिल्ला सेक्रेटरी रवि पाण्डेय, जिल्ला कार्यालय सदस्य दुर्गा नारायण चौधरी लगायत सहभागी हुनुहुन्थ्यो ।





























