जनसम्बन्ध विस्तार अभियान टोली नं १ द्वारा श्रद्धाञ्जली व्यक्त

जनसम्बन्ध विस्तार अभियान टोली नं १ द्वारा श्रद्धाञ्जली व्यक्त

काठमाडौं । २०८१ साल चैत्र २ गते शनिबारका दिन क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल भोजपुर जिल्ला सचिव यादव थापाकी ममतामयी आमा मुक्तिश्वरी थापाको दुःखद निधन हुन गएकोमा पार्टी केन्द्रबाट गठीत टोली नं. १, जनसम्बन्ध बिस्तार अभियानले हार्दिक श्रद्धाजली व्यक्त गरेको छ ।

अभियान टोलीका नेता रामसिंह श्रीसले एक वक्तव्य जारी गर्दै यस शोकको घडीमा निधन हुनुभएकी आमाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै यादव थापा लगायत समस्त शोक सन्तप्त परिवारजन, इस्टमीत्र, आफन्तजनप्रति समवेदना व्यक्त गर्नुभएको छ ।