हामी अनिता मरिक
अर्थात तिम्रो जात व्यवस्थाको डोम
तिम्रो धर्मशास्त्रको हामी शूद्र
एक्काइसौँ शताब्दीको खर्यानमा उभिएर
हामी तिमीलाई प्रश्न सोधिरहेछु
यो देश हाम्रो छ कि छैन ?
तिमी बोलिरहेको छैन
खाली जिभ चपाइरहेछ
हामी बुझिलियो तिम्रो कुरा
ल देश मेरो छैन रे भैगो
अब भन
यो मधेश मेरो छ कि छैन ?
मलाई लागिरहेछ
हामी डोमहरूको
देश पनि छैन
मधेश पनि छैन ।
देश हाम्रो छैन
अलि पहिलैबाट थाहा थियो
तर मनमनै हामी सोचेको थिएँ
देश नभए पनि मधेश त छ हाम्रो
तर यसपटक थाहा भयो
मेरो मधेश पनि छैन ।
महाजग्गे लगाउन
कुनै पहरिया आएको थिएन
त्यो सब मधेशी नै थियो
डोजर पठाउने अदक्ष
त्यो पनि मधेशीयै थियो
त्यो पूर्व वडा अदक्ष
ऊ पनि मधेशीयै थियो
त्यो सबै मधेशीयै मिलेर
म मधेशीयैको घर उखाड्यो
अनि हामीलाई लाग्यो
हाम्रो मधेश पनि छैन ।
तिम्रो धर्म जोगाउन
हाम्रो घर भत्काउनु पर्ने भएपछि
तिम्रो भगवान खुसी बनाउन
हामीहरू रोइदिनु पर्ने भएपछि
हाम्रो लागि भलो गर्ने
कुनै राम पनि छैन
कुनै रहमान पनि छैन
कुनै बाइवल
कुनै गीता
कुनै कुरान पनि छैन ।
हामी डोमहरूको लागि
कुनै देश पनि छैन
कुनै मधेश पनि छैन ।
हामी अनिता मरिक
अर्थात डोम जाति
दिउसै मशाल जलाएर
हामी हाम्रो देश खोजिरहेछु
मधेशकै माटोमा उभिएर हामी
हाम्रो मधेश खोजिरहेछु ।
देश र मधेश दुवै खोजिरहेको हामीलाई
तिमी पक्कै पागल भन्छौ
तिमी जेसुकै भन
पागल भने पनि भन
यस्तो बेला को सद्दे बस्न सक्छ ?
हामी साँच्चै पागल भएको छु
अब कि देश र मधेश दुबै भेट्टाएर छोड्छु हामी
कि तिमीहरू सबलाई पागल बनाइदिन्छु ।
***
२०८१ चैत्र ९, सिनामंगल