टोलि नं ४ लाई आज अभियानको छैटौं दिन १ नं ब्युरोले बिदाई गरि डोटि प्रबेश गराइयो

टोलि नं ४ लाई आज अभियानको छैटौं दिन १ नं ब्युरोले बिदाई गरि डोटि प्रबेश गराइयो

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले शुरु गरेको“ जन –सम्बन्ध विस्तार“ अभियान देशका ४ वटा स्थान पुर्वको पाँचथरको चियोभञ्ज्याङ् , झापा काकडभिट्टा ,पश्चिम महेन्द्रनगरको गड्डाचौकी र बैतडीको झुलाघाटबाट उद्घाटन भई निरन्तर सहिद तथा बेपत्ता परिवार,भुमिहिन सुकुम्बासी,मुक्त कमैया, किसान, मजदुर र आम जनतासँग भेटघाट, छलफल गर्दै अघि बढीरहेको छ । जसमध्ये बैतडी जिल्लाको भारतसँग जोडिएको सिमा झुलाघाटबाट शुरु भएको अभियानको उद्घाटन अभियानका ४ नं टोलि नेता तथा पार्टीका स्थायी समिति सदस्य हेमन्त प्रकाश ओलि सुर्दशन र अन्य टोलि सदस्यहरुसहीत बैतडी जिल्लाको झुलाघाटबाट उदघाटन गर्दै अभियानको विभिन्न कार्यक्रम द्शरथ नपाको गोठालापानी , देहिमान्डौ , सुर्नया गाउपालिकाको स्थानीय बजार ,सतबाझ ,ठाड , पाटन बजार , खोडपे हुँदै डडेल्धुरा जिल्लाका बिभिन्न स्थानमा भित्ते लेखन कार्यक्रम गर्दै डडेल्धुरा जिल्लाको अजमेरु गापाका .महान जनयुद्धका सहिद जयराज भट्ट क.बिनय र गौतम बोहराको शालिकमा शहिदहरुलाई सम्झदै उनीहरुको शालिकमा फुल गुच्छा चढाउदै श्रद्र्वान्जली सभा गर्दै शहिद परिवारलाई दोसल्ला ओढाई अभियान टिमले डडेल्धुराको बागबजारमा कोण सभा गरि आज टोलि नं ४ का टोलि नेता हेमन्त प्रकाश ओलि सुर्दशन लगायत “जन सम्बन्ध बिस्तार “अभियानका टोलिसदस्यहरुलाई लाई १ नं ब्युरोका सेक्रेटरी लगायत जिल्ला इन्चार्ज लाल किरण ,दार्चुला जिल्ला इन्चार्ज डम्बर बिष्ट लगायतको टिमले बिदाई गरि आज अभियानको छैटौं दिन अभियान टोलिलाई डोटि प्रबेश गराइयो ।
यस जन सम्बन्ध बिस्तार अभियान मा १ नं ब्युरोमा रहनु भएका र सहयोग गर्नुहुने सम्पुर्ण कमरेडहरुलाई हार्दिक धन्यवाद सहित न्यानो अभिबादन ! यो जन सम्बन्ध अभियानले देशै भरी नयाँ तरंग पैदा गर्ने निश्चत छ ।