तेह्रथुमको बसन्तपुर बजारमा कोणसभा सम्पन्न, भोलि धनकुटाको सिधुवा बजारमा कोणसभा गरिने

तेह्रथुमको बसन्तपुर बजारमा कोणसभा सम्पन्न, भोलि धनकुटाको सिधुवा बजारमा कोणसभा गरिने

तेह्रथुम । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको १ नं. जनसम्बन्ध विस्तार अभियान टोलीले आज तेह«थुमको बसन्तपुर बजारमा कोणसभा सम्पन्न गरेको छ । कोणसभालाई पार्टीको १५ नंं. ब्यूरोका सचिव डिल्लाराम बोहरा र क्रान्तिकारी युवा लीगका केन्द्रीय उपाध्यक्ष दोर्जी शेर्पाले सम्बोधन गर्नुभएको थियो । कोणसभाको सञ्चालन धनमाया निरौलाले गर्नुभएको थियो ।


पार्टीका स्थायी समिति सदस्य रामसिंह श्रीसको नेतृत्वमा रहेको यो टोलीले जिल्लाका विभिन्न ठाउँमा पर्चा वितरण, माइकिङ, वाल पेन्टिङका माध्यमबाट अभियानको व्यापक प्रचार प्रसार गरेको थियो । बुसन्तपुरको कोणसभा सम्पन्न गरेर यो अभियान टोली १० किमी दूरीको पैदल यात्रा तय गर्दै धनकुटाको सिधुवा बजारमा पुगेको छ ।


प्राप्त जानकारी अनुसार अभियान टोलीले भोलि सिधुवा बजारमा कोणसभाका साथै भित्तेलेखन, पर्चा वितरण र जनभेटघाटका कार्यक्रम समेत गर्नेछ ।