सत्तारुढ बिद्यार्थी संगठन बिरुद्ध निर्वाचनमा होमिदै दुई अखिल (क्रान्तिकारी) छैठौ र स्वतन्त्र समुह

सत्तारुढ बिद्यार्थी संगठन बिरुद्ध निर्वाचनमा होमिदै दुई अखिल (क्रान्तिकारी) छैठौ र स्वतन्त्र समुह

काँग्रेस र एमाले निकट बिद्यार्थी संगठनको बिरुद्ध बिभिन्न संगठनहरुले चुनावी तालमेल

नवलपरासी २७ फागुन – नवलपरासीमा सत्तारुढ दुईवटा ठुला दल काँग्रेस र एमाले निकट बिद्यार्थी संगठनको बिरुद्ध बिभिन्न संगठनहरुले चुनावी तालमेल गरेका छन् । अखिल र नेबिसंघको छुट्टाछुट्टै चुनावी मोर्चा बिरुद्ध माओवादी केन्द्र,क्रान्तिकारी कम्युनिस्ट पार्टी, राष्ट्रिय जनमोर्चा , जसपा र स्वतन्त्र बिद्यार्थी समु्हले क्याम्पस अनुसार तालमेल गरेका हुन् ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट अखिल (क्रान्तिकारी)का जिल्ला संयोजक रमेश पाण्डेयका अनुसार दिब्यज्योति बहुमुखी क्याम्पस बर्दघाट–२ चिसापानीमा दुवै अखिल(क्रान्तिकारी) र अखिल(छैठौ) बीच चुनावी तालमेल अनुसार उम्मेदवारी भएको छ ।
उक्त साझा प्रगतिशिल प्यानलमा नेकपा (माओवादी केन्द्र) निकट अखिल(क्रान्तिकारी)को तर्फबाट शिशिर पौडेल सभापतिमा र क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट अखिल (क्रान्तिकारी)का आनन्द ढकाल सचिव र अखिल (छैठौं)को तर्फबाट आशिष अधिकारी सदस्य उम्मेदवारी छन् । साझा प्यानलबाट १० जनाले उम्मेदवारी दिएको र त्यसमा ३ जना क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट अखिल (क्रान्तिकारी)को उम्मेदवार रहेको जिल्ला संयोजक रमेश पाण्डेयले जानकारी दिनुभयो ।
त्यस्तै त्रिभुवन बहुमुखी क्याम्पस बेलाटारीमा स्वतन्त्र समुह, माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) र क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट अखिल (क्रान्तिकारी)बीच साझा गठबन्धन बनेको छ । जसमा स्वतन्त्र समुहका राजा गोसाईको नेतृत्वमा दुवै अखिल (क्रान्तिकारी)बाट उम्मेदवारी मिलाइएको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट अखिल (क्रान्तिकारी) का मुल ईकाई ईकाई संयोजक नगेन्द्र प्रसाद सोनारले जानकारी दिनुभयो ।
त्यस्तै पाल्ही बहुमुखी क्याम्पस परासीमा माओवादी केन्द्र निकट क्रान्तिकारी र जसपाको बिद्यार्थी संगठनबीच तालमेल भएको छ । पाल्ही र त्रिभुवनमा जनमत बिद्यार्थी संघले एकल प्यानल खडा गरेको छ ।