दिब्यज्योतिमा दुवै क्रान्तिकारी र छैठौ त्रिभुवनमा स्वतन्त्र समुह र दुवै क्रान्तिकारीबीच चुनावी तालमेल

दिब्यज्योतिमा दुवै क्रान्तिकारी र छैठौ त्रिभुवनमा स्वतन्त्र समुह र दुवै क्रान्तिकारीबीच चुनावी तालमेल

साझा प्रगतिशिल प्यानल

नवलपरासी – क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट अखिल (क्रान्तिकारी)ले नवलपरासीको दुईवटा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको उम्मेदवारी दर्ता गराएको छ । दिब्यज्योति बहुमुखी क्याम्पस बर्दघाट–२ चिसापानी र त्रिभुवन बहुमुखी क्याम्पस बेलाटारीमा उम्मेदवारी दर्ता गराएको संगठनले जनाएको छ ।
दिब्यज्योतिमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि तीनवटा विद्यार्थी संगठनले साझा प्यानल समेत बनाएका छन् । साझा प्रगतिशिल प्यानलमा नेकपा(माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी)को तर्फबाट शिशिर पौडेल सभापतिमा र क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट अखिल (क्रान्तिकारी)का आनन्द ढकाल सचिव र अखिल (छैठौं)को तर्फबाट आशिष अधिकारीको सदस्यमा उम्मेदवारी छन् । साझा प्यानलबाट १० जनाले उम्मेदवारी दिएको र त्यसमा ३ जना क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट अखिल (क्रान्तिकारी)को उम्मेदवार रहेको जिल्ला संयोजक रमेश पाण्डेयले जानकारी दिनुभयो ।
त्यस्तै त्रिभुवन बहुमुखी क्याम्पस बेलाटारीमा स्वतन्त्र समुह, माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) र क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट अखिल (क्रान्तिकारी) बीच साझा गठबन्धन बनेको छ । जसमा स्वतन्त्र समुहका राजा गोसाईको नेतृत्वमा दुवै अखिल (क्रान्तिकारी)बाट उम्मेदवारी मिलाइएको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट अखिल (क्रान्तिकारी) का मुल ईकाई ईकाई संयोजक नगेन्द्र प्रसाद सोनारले जानकारी दिनुभयो ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी ,नेपाल निकट अखिल(क्रान्तिकारी)का जिल्ला संयोजक रमेश पाण्डेय, सचिवालय सदस्यहरु आनन्द ढकाल, उमा अर्गेजा , नगेन्द्र प्रसाद सोनार , जिल्ला सदस्यहरु शत्रुधन ठाकुर र कुमारी गुन्जन लोनियालगायतको पहलकदमीमा उम्मेदवारी दर्ता गराइएको संगठनले जनाएको छ ।
दुवै क्याम्पसका साझा उम्मेदवार जिताउन आफूले सक्दो भुमिका निर्वाह गर्ने अखिल (क्रान्तिकारी) जिल्ला संयोजक रमेश पाण्डेयको भनाई छ ।