हिसारमा श्रमिक महिला दिवश ८ मार्च मनाइयो

हिसारमा श्रमिक महिला दिवश ८ मार्च मनाइयो

 

 

हिसार, भारत । अखिल भारत नेपाली एकता समाज महिला विभाग हिसारको आयोजनामा गरिएको ११५ औ अन्तरराष्ट्रिय महिला दिवस यही ८ मार्च २०२५ का दिन भव्यताका साथ सम्पन्न भएको छ । उक्त कार्यक्रमको सन्चालन सर्मिला शर्माले गर्नु भयो भने अध्यक्षता सरिता ज्ञावलीले गर्नु भयो ।

अतिथिको आशनग्रहण पछि सहिदहरूको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो । उपस्थित जनमानसलाई शब्दबाट ज्योति कुँवर र रक्तिमका कलाकारहरूले स्वागत गर्नु भएको थियो । नारी दिवसको औचित्यबारे अखिल भारत नेपाली एकता समाजका केन्द्रीय कोषाध्यक्ष श्री मिलन केसीले प्रकाश पार्नु भएको थियो ।

कार्यक्रम सफलताको शुभकामना दिनेहरूमा केन्द्रीय सचिव चेतमान भन्डारी, केन्द्रीय सचिवालय सदस्य स्याम बहादुर बिक, केन्द्रीय समितिका रूद्र बहादुर थापा, केन्द्रीय सदस्य तथा नगर अध्यक्ष जुक्त बहादुर कुंवर,विद्यार्थी केन्द्रीय विभाग भरत धमला, क्षेत्रीय सदस्य धनबहादुर दर्लामी, क्षेत्रीय सदस्य दिनेश उपाध्याय, कोषाध्यक्ष सुमन केसी, क्षेत्रिय सदस्य टोहाना नगर सदस्य दिनेश परियार र महिला सहभागिहरूले पनि आ—आफनो विचार राख्नु भएको थियो ।

मनु परियार, याम कली सुनार, बसन्ती भुसाल, डोल माया बिक, नब प्रबेसी तथा सक्रिय कार्यकर्ता तिलक सोनी, नगर सदस्य प्रेम थापा, सुरज पौडेल , गगा थापा, बिस्नु कुवार र रूपेश बर्म कार्यक्रममा सहभागि रहनु भएको थियो । कार्यक्रममा खेल प्रदर्शन पनि भएको थियो । मटका फोरमा प्रथम सर्मिला शर्मा, दोस्रो मनु परियार, तेस्रो स्थानमा अस्मिता थापा हुनु भयो । कुर्सी दौडमा सर्मिला शर्मा प्रथम, याम कली सुनार द्धितीय र अस्मिता थापा तृतीय रहनु भएको थियो । रस्साकशीमा बिना घर्ति प्रथम, मनुपरियार दोस्रो र पम्फा सुनार तेस्रो हुनु भएको थियो । विजेताहरूलाइ केन्द्रीय सचिवालय सदस्य श्याम बिकले पुरस्कार वितरण गर्नु भएको थियो ।