काभ्रे । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल काभ्रे जिल्ला पार्टीले सुकुमान तामाङको निधन भएको ११ औं दिन(फाल्गुन २६)मा उहाँ प्रति श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका वैकल्पिक पोलिटब्यूरो सदस्य सोमान सिंह तामाङ जो दिवंगत सुकुमान तामाङका माइला छोरा हुनुहुन्छ, उहाँकै अध्यक्षतामा सो कार्यक्रम भएको थियो ।
जिल्ला सचीव ढोग प्रसाद अधिकारीको सन्चालनमा भएको श्रद्धाञ्जली सभामा पार्टीका १० नंं.व्युरो इन्चार्ज प्रवेश,किसान संयोजक नेता सिताराम तामाङ,मजदुर संयोजक ईश्वर तिमिल्सिना लगायत जिल्लाका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
श्रद्धाञ्जली कार्यक्रममा १० नंं.व्युरो इन्चार्ज प्रवेशले सोमानले बुवाको निधनमा परम्परागत रुढीबादी मान्यतालाई त्यागेर प्रगतिशील बिधि अनुसरण गर्नु भएको कार्य प्रति प्रसंशा गर्दै बुवाको जीवन कालमा उहाँले निर्वाह गरेको स्नेहको चर्चा समेत गर्नु भयो ।
त्यसैगरी प्रमुख अतिथि सिताराम तामाङले दिवंगत प्रती श्रद्धाञ्जली र परिवार एवं आफन्त जनमा समवेदना व्यक्त गर्दै क्रान्तिकारी कम्युनिस्टहरुले निर्वाह गर्नुपर्ने सामाजिक र राजनितीक कर्तव्यका बारेमा विवेचना गर्दै विभिन्न धार्मिक रुढिबादको चपेटामा समाज कसरी जकडिन पुग्यो भन्ने गम्भीर ब्याख्यान दिनुभयो । द्वन्दवादी बुद्ध मतलाई सुन्यवादी धाराले रहस्यमय बनाउदै पंच वुद्धको धार्मिक रहस्य सिर्जना गर्यो । बज्रयानी सम्प्रदायको विकासले मृत्यु पछिका अलौकिक जुनिको रहस्य सिर्जना गरेर थुप्रै कर्मकाण्डका सामाजिक मान्यता स्थापित गर्दै लगेका हुन । त्यसैले कर्मकाण्डका धार्मिक एवं रुढीबादी बोझबाट समाजलाई मुक्त गराउदै उन्नत र बैज्ञानिक मान्यतालाई आत्मसात गर्दै नेतृत्वदायी भुमिका निर्वाह गर्न प्रेरित गर्नु भयो ।