काठमान्डौ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय समिति सदस्य नारायण भण्डारीकी आमाको यही फागुन २५ गते भेरी अस्पताल नेपालगञ्जमा दुःखद निधन भएको छ । १९९३ असारमा जन्मनु भएकी दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ रक्षाचौर निवासी दुर्गादेवी भण्डारी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको सदस्य हुनुहुन्थ्यो ।
उहाँको निधनबाट पार्टीले एकजना इमान्दार एवम् संघर्षशील अभिभावक गुमाएको छ भन्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यवाहक महासचिव गौरवव्दारा निम्न श्रद्धाञ्जली वक्तव्य प्रकाशित गरिएको छ