१ अनूदित
सहिदहरु
तिमीहरू सबै
ब्युँझ
र सत्ताको चाकरी गर
कुनै
साम्राज्यवादीका दलाल बन
कुनै
विस्तारवादीका गधा बन
कुनै यतैका
नोकरशाहीका घरमा
सेवादार बन
केही त बन
अब सधैंभरि मरेर
जिउँदो दुनियाँलाई
व्यङ्ग्य नगर
कमेडी गर
हास्यको कुरूप
अभिनय गर
कृपया
तिमीहरू
विद्रूप बीभत्स शासनमा
अनुदित होउ ।
२ उज्यालो
कस्तो रङ्ग हुन्छ
उज्यालोको
मेरो आँखामा
आउँदैन अचेल उज्यालो
देख्छु
नदीहरू
पहाडहरु
रुख बिरुवाहरु
अँध्यारोले लछप्पै छन्
कुरुवाहरु
अँध्यारो कुरिरहेछन्
लामो समयदेखि
इतिहास
उज्यालो भएर के गर्नु
वर्तमान
अँध्यारो छ
अलिकति उज्यालो
इतिहासबाट चोरेर
भविष्य रंग्याउने मन छ
भित्र र बाहिर
पोत्ने चाह पनि छ ।