काठमान्डौ ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका वैकल्पिक पोलिट ब्युरो सदस्य सोमान सिंह तामाङ को बुबाको २०८१ फाल्गुन १६ गते दिनको साढे २ बजे निधन भयो । यसबाट उहाँको परिवारमा पर्न गएको यो दुःख घटनाप्रति क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल १० नम्वर ब्युरो कार्यालय र काभ्रे जिल्ला समिति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ ।
मृतक बुवा सुकमान तामाङ १९९९ मा जन्म भई २०८१ फाल्गुन १६ गते मृत्यु भएको हो र उहाँको अन्तिम श्रद्धान्जली र दाहासंस्कार पशुपतिको आर्यघाटमा गरियो ।
उक्त श्रद्धाञ्जली सभा कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थाई समिति सदस्य कमरेड रामश्रीको प्रमुख अतिथि र १० नम्बर ब्युरो इन्चार्ज कमरेड प्रवेश लगायत पार्टीका जिल्ला तथा केन्द्रीय नेता तथा कार्यकर्ताहरु र उहाँको श्रीमती पातली तामाङ, छोराहरू सुखमान्तमाङ सोमान सिंह तामाङ ,उजुरमान तामाङ, महेश तामाङ र छोरीहरू व्यक्ति तामाङ, सम्झना तामाङको उपस्थिति रहयो ।