क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ११ न. छेत्रीय व्यूरोको प्रथम बैठक.सकिएको छ । . ब्यूरो सचिव क. अनुकूलको अध्यक्षता र सञ्चालनमा भएको बैठकका प्रमुख आतिथिमा स्थाइ समिति सदस्य तथा सङ्गठन बिभाग प्रमुख क. प्रतिक, अन्य अतिथिमा ब्यूरो इञ्चार्ज क. अटलको,.अ.ने. क्रान्तिकारी महिला सङ्गठनका केन्द्रीय संयोजक क.अम्बिका मुडवरी र पार्टी केन्द्रिय सल्लाहकार सदस्य क.भुमेस्वर कडेलको समुपस्थिति थियो ।
त्यसैगरी २०८१ फागुन–१४ गते शहिद सप्ताहको पहिलो दिनको कार्यक्रम चितवनमा सम्पन्न भयो। । बैठकले संगठनात्मक, संघर्ष सम्बन्धित अभियानात्मक कार्यक्रम ठोस् गरेकोछ ।
साथै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ११ नम्बर ब्युरो अन्तर्गत नवलपुर जिल्ला पार्टीको बैठकपनि सम्पनन गरियो । जिल्ला सचिव कमरेड न्यु जर्ज को अध्यक्षता, पोलिट ब्युरो सदस्य तथा ब्युरो इन्चार्ज कमरेड अटलको प्रमुख अतिथ्यता र पोलिटब्युरो सदस्य तथा ब्युरो सचिव एवं जिल्ला इन्चार्ज कमरेड अनुकूलको समूपस्थितिमा नवलपुर जिल्ला पार्टी कार्यालयमा २०८१ फागुन १७ गते सम्पन्न भयो ।
बैठकको प्रारम्भमा महान सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै सहिद सप्ताहकै सन्दर्भमा सम्पूर्ण सहिदहरुप्रति सम्मान व्यक्त गरियो ।
बैठकमा केन्द्रीय समिति राजनीतिक परिषद् स्थायी समिति र क्षेत्रीय ब्युरोका परिपत्रहरु वाचन गरियो । सोको व्याख्या विश्लेषण सहित प्रमुख अतिथि कमरेड अटलले दिशा निर्देशन गर्नुभएको थियो । सँगै अतिथि कमरेड अनुकूलले आगामी कार्ययोजनाबारेस्पष्ट गर्नुभयो ।
बैठकमा संगठन , संघर्ष ,आर्थिक र जनसम्बन्ध बिस्तार अभियान आदि विषयमा छलफल गरी महत्वपूर्ण निर्णय गरिएकोछ ।