शनिबारीय साहित्य ः समालोचना
*** ***
मित्रलाल पंज्ञानी (२०१७) नेपाली कविता परम्पराका प्रबुद्ध एवम् आस्थाशील कवि हुन् । २०३७ सालमा ‘सामन्तको परिचय’ कवितासङ्ग्रहका माध्यमबाट कविताका क्षेत्रमा देखापरेका पंज्ञानीका हालसम्म सातवटा काव्यकृति छापिएका पाइन्छन् । उनको पछिल्लो ‘पृथ्वी कसको ?’ कवितासङ्ग्रहमा ५५ वटा फुटकर तथा मुक्तकस्वरूपका कविता रहेका छन् ।
पंज्ञानी सामन्तवाद, साम्राज्यवाद तथा प्रभुत्ववाद विरोधी चिन्तन बोक्ने कवि भएकाले उनका कवितामा यथार्थको विदग्धता, विस्मयता एवम् विचित्रताको अभिव्यक्ति भएको पाइन्छ । उनले जीवनको रूपान्तरणका निम्ति कवितालाई माध्यम बनाएका छन् । शास्त्रीय छन्दका अनेकन् रूपको प्रयोगमा पंज्ञानी सफल त छँदै छन्, त्यसका साथै भावक विविधता र युगको अनेकताको तस्बिर खिचेर भावमुग्ध बनाउनमा उनको काव्य–सीप बेजोडको रहेको छ । वव्र्यवस्तु वा कथ्यवस्तु सामान्य भए पनि असामान्य वा गहन रूपमा उठाउन र चित्रित गर्ने पंज्ञानीको शैली पृथक् छ । उनका कवितामा जीवनका चुनौती छन् र असमान, बेमेल, होची–अर्घेल्याद्वारा सिर्जिएका अनेकौं मानवविरोधी कृत्यतका विरुद्ध भित्रभित्रै बल्दै गरेको आगोको चमक एवम् तातोपनको स्पर्श छ । चुनौतीसँग जुध्ने मानिस नै चम्किन, बल्न र समर्थशील हुन सक्छ भन्ने कथन कवितामा आएको छ । उनी भन्छन् ः
खराबीसित लड्ने हो मन सङ्कल्पले भर
हाँक देऊ कसैलाई चुनौती सिर्जना गर । (चुनौती होस् अघिल्तिर)
उनका कवितामा वर्र्गीय समाजमा उत्पन्न विकृतिको अनावरण गरिएको छ र तिनमा सुन्दरता, सुरूपता एवम् सुखदताका विरोधीहरूप्रति गम्भीर घृणाको भाव व्यक्त भएको छ । कविमा राष्ट्रियता र स्वाधीनताको भाव प्रबल रहेको छ । कहिले बहुदलीय संसदीय शासनकालका राष्ट्रविरोधी शासकहरूप्रतिको तीब्र विरोध निम्न रूपमा गरेका छन् ः
देश बेवारिसेजस्तो जनता असुरक्षित
सुरक्षा पदमा जम्मै मुर्दा बस्छौ कि मानिस
लुट, हत्यार, बलात्कार मच्चियो दिनका दिन
थुक्क शासक हो पापी मुख देखाउँछौ किन । (मरेकाहरू)
कथनमा सूक्तिमय र विचारमा विद्रोहमय हुनुले पंज्ञानीका कविता बेग्लै काँट र छाँटका बनेका छन् । सङ्घर्ष गर्दा मर्नुपरे पनि प्रिय हुने कुरा र सहिदी मृत्यु गौरवमय हुने कुरालाई उक्तिमय रूपमा व्यक्त गरिएको छ ः
अरूका भोगका निम्ति खसीझैँ कि सहिदझैँ ?
तिमी मर्दा यहाँ कालो छायो कि दीपिका बली
कसका साथ हिँड्दै छौ जनता कि तिनै छली ?
लड्ने हो बाँच्नका निम्ति लड्दा मर्न छ सम्भव
नलडी बाँचिने बाटो देखिँदैन कतै अब । (मुक्तिको उद्गमस्थल)
कविताको विषयवस्तु वैयक्तिकतामा खुम्चिएको छैन, पंज्ञानीले आफ्ना कवितालाई सामूहिक आवेग–संवेगसँग गाँसेर सामाजिक रूपान्तरणको काम्यतालाई अभिव्यञ्जन गरेका छन् । शास्त्रीय लयबद्ध पंज्ञानीका कवितामा विचारको सङ्गीत प्रवाहित छ । क्रान्तिकारी भावबोधद्वारा अन्तः संरचना निर्मित हुनाले कविता गेय बनेका छन् ः
आगो लाउनुपर्छ भ्रष्टहरूका सम्मान डढ्ने गरी
बाढी आउनुपर्छ चोरपथका आधार लड्ने गरी
बन्छन् बल्ल समाजमा नचुहिने सद्भाव छाना नयाँ
यै सन्देश सुनाउँदै छ युगले आयो जमाना नयाँ । (आयो जमाना नयाँ)
संसदीय समयमा निर्मित चोरपथका अनुयायीहरूका विरुद्धको कवितात्मक गर्जनले पंज्ञानीलाई पुँजीवादविरोधी कित्ताको कवि बनाएको छ, गरिबवर्ग र शोषितवर्गको श्रम–पसिना लुट्ने उत्पीडक तथा शासकवर्गका विरुद्ध कविमा ज्वालामुखी बलेको अनुभूति हुन्छ । कवितामा सामान्य, गरिब, मिहिनेती वर्गप्रति भएको अत्याचार र श्रमशोषणबाट सिर्जित वर्गविरोधी भाव विन्यास गरिएको छ । सामाजिक, आर्थिक बेमेल र श्रमशोषणद्वारा गरिबवर्ग उत्पीडित हुँदै गएको र त्यसले वर्ग–सङ्घर्ष निम्त्याएको यथार्थतालाई कवि–हृदयले बुझेको छ, जुन वर्गले श्रम गरेको छ, त्यसैले श्रमजन्य फलको उपभोग गर्न पाउनुपर्छ, लुट्ने शासकवर्गका विरुद्ध महासागरमा सङ्गठित भई लाग्नुपर्छ भन्ने क्रान्तिकारी विरोधी चेत अभिव्यक्तिएको छ ः
मैले लड्छु छ यो महासमरमा निर्धक्क भै लड्न द्यौ
लम्केको गति रोक्नुहुन्न युगको मान्छे अघि बढ्न द्यौ । (युगको मान्छे)
कवि मित्रलाल पंज्ञानी क्रान्तिका उपासक हुन्, उनका कविताको अन्तर्य जीवनका अन्तरविरोधहरूबाट निर्मित छ । क्रान्तिकारी–विद्रोही भावनालाई कलात्मकता साथ प्रस्तुत गर्न पंज्ञानी सफल रहेका छन् । कविको मनमा अन्तद्र्वन्द्व छ र त्यस अन्तद्र्वन्द्वमा क्रान्तिकारी आदर्सले विजय प्राप्त गरेको छ, । महान् जनयुद्धका महावर्षहरू नेपाली जीवनका निम्ति अत्युच्च एवम् उत्साहप्रद रहेकै हुन् र तिनले नेपाली जीवनमा नयाँ गीतका भाका सिर्जना गरेकै हुन् । जनयुद्धमा लागेका र जनयुद्धलाई हृदमतः स्नेह गर्ने दुबै थरी कविका कवितामा सामन्तवर्गीय तथा पुँजीवादीय विवेक, चिन्तन तथा नैतिकताका विपक्षमा खरो अभिमत व्यक्त भएको छ । राजा, सामन्त तथा पुँजीपतिका उत्पीडन, शोषण तथा यातनालाई कविले पहिचान गरेका छन् र तिनको पतन, नाश र समापन हुन्छ भन्ने कुरामा विश्वस्त रहेका छन् ।
समरका, महावर्षमा मानिसहरूले भयानक तथा आनन्ददायक अनुभूति गरेका छन् र त्यस अनुभूतिको संस्पर्शले पंज्ञानीका कविता मिठा र आस्वाद्य बनेका छन् । क्रान्तिप्रतिको उत्साहभाव उत्पन्न गर्नमा र विविधरूपीय अत्याचारी शासकवर्गका विरुद्ध लाग्नमा कविताले उत्प्रेरणा दिएका छन् । नेपालमा चलेको वर्गीय युद्धले निश्चितै विजय प्राप्त गर्छ भन्ने आस्थाभावले पंज्ञानीको सिर्जनशक्ति प्रबलशाली बनेको छ । महान्् जनताप्रति र क्रान्तिकारी नेतृŒवप्रति निरवच्छिन्न एवम् अगाध विश्वासमै पंज्ञानीका कविता रचिएका हुनाले उनका कविता क्रान्तिकारी राग उत्पन्न गर्नमा समर्थ रहेका छन् ।
पंज्ञानी संशोधनवादी–दक्षिणपन्थी, स्वार्थी तथा स्वाधीनताविरोधी नेतृŒवबाट नेपाली जनताका समस्या समाधान अर्थात् मुक्ति नहुने तथ्य बोध गर्दै नयाँ विचारसहितको क्रान्तिकारी नेतृŒवबाट नै क्रान्ति हुने र आमूल परिवर्तन हुने कुरामा विश्वास गर्दछन् । त्यसकारण उनी आफ्ना कवितामा उत्पीडक र शोषकहरूका विरुद्ध हुने सङ्घर्षमा क्रान्तिकारी नेतृŒवको खोजी गरी तिनैलाई नेतृŒव गर्न आह्वान गर्दछन् ः
निर्लोभी निर्भय योद्धा अघिल्लो पङ्क्तिमा खट
लोभ जित्न नसक्ने हो ! छाड बाटो पछि हट
तिम्रा निम्ति तिमी हैनौ हाम्रा निम्ति तिमी हिंड
नत्र व्यर्थै तिमीलाई नेता मान्नुप¥यो किन ? (त्यसै नेता मानिंदैन)
जनयुद्ध, जनविद्रोह तथा जनसङ्घर्षलाई आत्मसात् गर्ने कविहरू नै यस शताब्दीका कवि हुन सक्छन्, जनताको महान्् सङ्घर्षबाट भौतिक र आत्मिक रूपमा विच्छिन्न रहेका तत्कालीन अन्य कविहरूभन्दा भिन्नै धरातलमा पंज्ञानी उपस्थित भएका छन् । संसारव्यापी जनयुद्ध र जनविद्रोहको रमरम प्रभावजन्य कविता हुन् पंज्ञानीका कविता । त्यसैले उनी भन्दछन् ः
यो क्रान्तिको बोट फुलेन कैल्यै
फलेन हाँगा र झुलेन कैल्यै
सधैँ ठगिन्थ्यौं तर यसपाली
नभाँच डाली अब फुल्छ लाली । (अब क्यै हुन्छ)
यसभन्दा अगाडिका क्रान्ति र आन्दोलनको नेतृŒव सर्वहारावर्गीय पार्टीले गरेको थिएन भने यसपालि चाहिँ क्रान्तिकारी पार्टीले गरेको थियो । क्रान्ति जनयुद्ध÷जनविद्रोहप्रति सम्पूर्ण उत्पीडित, श्रमिक वर्गको समर्थन, सहयोग र सहभागिता भएकैले सङ्गठित विस्फोट र विप्लवमान हुन पुगेको हो भन्ने आशयगर्मित अर्थव्यञ्जित क्रान्तिकारी आशावादी स्वर प्रकट भएको छ ।
मूलतः मित्रलाल पंज्ञानीका कविताले परिवर्तनकामी विचारलाई मूर्तता प्रदान गरेका छन् । यौद्धिक अथवा क्रान्तिकारी वैचारिकता, सामान्तवाद तथा पुँजीवादप्रति घृणा, आमूल परिवर्तनप्रतिको आस्थाभाव, क्रान्ति र विद्रोहप्रति स्नेह, क्रान्तिकारी प्रयत्नद्वारा संसारलाई बदल्ने वैज्ञानिक चेत, सर्वहारावर्गको क्रान्तिप्रतिको समर्थन र सद्भाव, वर्गीयता, स्वाधीनता एवम् राष्ट्रियताप्रतिको प्रतिबद्धतामा पंज्ञानी मूल्यवान् रहेका छन् । उनी क्रान्तिकारी विचार र लयको फ्युजन गर्ने सफल कवि हुन् ।
{प्रस्तुत सामग्री मार्क्सवादी साहित्य र जनयुद्धकाे साैन्दर्यबाट लिइएकाे हाे – सम्पादक}