काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको सम्पन्न एकता महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय समिति सदस्यद्वय अमीर महर्जन आकाशकी आमा तथा शारदा महत सरुकी सासुआमा धनमाया महर्जनको श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ । पार्टीको ३ नंं प्रदेशले मृतक महर्जनको निवासमा आयोजना गरेको श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको हो ।
पार्टीका बरिष्ठ नेता सीपी गजुरेल गौरवको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रमको अध्यक्षता पार्टीका प्रदेश ३ का संयोजक चन्द्रहरि सुवेदी अटलले गर्नुभएको थियो भने सञ्चालन पार्टीका केन्द्रीय सदस्य तथा ललितपुर इन्चार्ज कृष्णभक्त महर्जन कगेन्द्रले गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि सीपी गजुरेलले मृतक धनमाया महर्जनले नेपालको क्रान्तिकारी कम्युनिस्ट आन्दोलनमा पु¥याउनु भएको योगदानको बारेमा चर्चा गर्दै पार्टीका हरेक नेता कार्यकर्ताहरुको घरपरिवारका सदस्यहरुले पु¥याएको योगदानका कारण नै क्रान्तिकारी आन्दोलन निरन्तर रुपमा अगाडि बढेको बताउनु भयो र उहाँले घरपरिवारको सहयोगबिना नेता कार्यकर्ताहरुले क्रान्तिमा सेवा गर्न असम्भव हुने भन्दै उहाँले छोरा बुहारीलाई नै पार्टीमा पूर्णकालीन भएर काम गर्ने बातावरण बनाइदिएर मृतक धनमाया महर्जनले नेपालको नयाँ जनवादी क्रान्ति तथा राष्ट्रिय मुक्ति आन्दोलनमा पु¥याउनु भएको योगदानको पार्टीले उच्च मूल्यांकन गर्ने पनि बताउनु भयो ।
श्रद्धाञ्जली कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा मृतक धनमाया महर्जनका कान्छो छोरा अमीर महर्जन आकाशले आमाको जीवनका राजनीतिक, समाजिक, आर्थिक, पारिवारिक लगायत विविध पाटापक्षको बारेमा चर्चा गर्नुभएको थियो ।
कार्यक्रममा पार्टीका नेताहरु हेमन्तप्रकाश ओली सुदर्शन, पवनमान श्रेष्ठ, चिन्तामणि पौडेल, दर्पण लगायतका नेताहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा मृतकका श्रीमान पानबहादुर महर्जन, जेठो छोरा समिर महर्जन, बुहारीहरु संगीता महर्जन, शारदा महत र नातीहरुलगायतको उपस्थिति रहेको थियो ।
यसैबिच, मृतक धनमाया महर्जनको निधनको तेस्रो दिन मंसिर २४ गते क्रान्तिकारी महिला संगठनले पनि श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरेको थियो र मृतकका परिवारहरुलाई संगठनको तर्फबाट समवेदना पत्र समेत हस्तान्तरण गरेको थियो ।
संगठनकी केन्द्रीय संयोजक अम्बिका मुडभरीको प्रमुख उपस्थितिमा सम्पन्न भएको कार्यक्रमको सञ्चालन संगठनकी नेतृ अनु निरौलाले गर्नुभएको थियो । कार्यक्रमका संगठनकी केन्द्रीय सहसंयोजक शारदा महत लगायत परिवारका सदस्यहरु र संगठनका नेताहरुको उपस्थिति रहेको थियो ।