हुन त बिश्वमा बिगतदेखि अहिलेसम्म बिभिन्न स्तरमा समस्या समाधानका लागि अनेक सोच र समर्पणका कुराहरु प्रचलित नरहेका होइनन् । तर मूलतः सबैभन्दा बढी देश र जनताका लागि, अनि बर्गीय शोषण र सामाजिक उत्पीडनबाट मुक्तिका लागि या जाति र धर्म बिशेषका लागि समर्पित हुने गरेका तस्वीरहरुनै बिश्वभरी बढी देखिदै आएका छन् । यसका अतिरिक्त बिभिन्न ठाउहरुमा बिभिन्न किसिमका क्षेत्रीय, प्रान्तीय, नश्लीय पहिचानका लागि पनि यस्ता समर्पण र लगावका भाव देखापर्ने गरेका छन् । यसका अतिरिक्त हिजोदेखि अहिलेसम्म पनि बिश्व भरीकै सबेै मानिसको बिश्व बन्धुत्वको सबैभन्दा महत्वपूर्ण पहिचानको कुरा पनि हुने गर्दछ । अनि त्यस्तै ‘बिश्वका सम्पूर्ण शोषित पीडित जन समुदाय एक होऔं’ भन्ने नाराले पनि बिश्वब्यापी रुप लिएर पछिल्लो दुइ शताब्दी यताको समय बिकसित बिश्व नारा भएको पनि सर्ब बिदितै छ । तर त्यसलाई आज त्यत्तिको महत्व दिइने गरेको पाइदैन । यद्यपि यो बिश्व बन्धुत्व अर्थात बिश्व नागरिकता र भाइचारा तथा एक बर्गीय परिबारको पहिचान दिलाउने मूल कुरा भइसको छ ।
हुन पनि सबै मानिसहरु एउटै बिश्वका नागरिक हुन भन्ने सोचले कुनै रंग, नश्ल, जाति, धर्म, क्षेत्रीयता, राष्ट्रियता जस्ता कुनै पनि आधारमा भेदभाव गरिदैन भन्ने नै निष्कर्श निस्कन्छ । कुनै भेदभाव बिना सबै मानिसको भलाईलाई नैै यो सोचको आधार बनाइन्छ । त्यसैले यसमा सबै किसिमका संकीर्णताभन्दा माथि उठेर बिश्वलाई नै आफ्नो मान्ने र ठान्ने ब्यापक भावना रहेको हुन्छ । त्यसैले यस दृष्टिकोणले बिश्वमा जुनसुकै ठाउमा टकराव हुने कुनै जुञ्जायश रहन दिदैन र दिइनु हुदैन भन्ने सन्देश उत्पन्न हुन्छ । अनि त्यस्तो समाजमा शान्तिपूर्ण उपायद्वारा समाधान निकाल्ने बातावरण बन्छ र त्यसरी समस्याहरु हल गर्ने अधिकतम प्रयत्न हुन्छ । त्यतिबेला कुनै पक्षको स्वार्थ साधना गर्ने कमै गुञ्जायश त्यहाँ रहन्छ । यस प्रकारको समानतामा आधारित मानबीय सद्भावको सोचको जति बढी प्रचार प्रसार हुन्छ कुनै यद्ध, गृह युद्ध र अनेक किसिमका हिंसाको आशंका पनि स्वयं नै समाप्त हुँदैजाने बातावरण बन्दछ । तर बर्तमान समय जतिबेला युद्ध र हतियार सर्बाधिक बिनाशक भइसकेका छन् त्यसले गर्दा युद्ध र युद्धजन्य बिनाशकारी गतिबिधिहरुलाई कम गर्नुपर्ने आवश्यकता बिश्वमा सबैभन्दा बढी आज बढेको छ ।
अनि युद्ध बाहेक आज बिश्वको दोश्रो अत्याधिक चर्को समस्या पर्याबरणीय समस्या बनेको छ । बिशेषतः बिकसित शक्ति राष्ट्रहरुले बढदो गर्मी, जलवायु परिबर्तन, कार्बन उत्सर्जन आदि जस्ता गम्भीर बिश्व समस्याकाप्रति आफ्ना संकीर्ण स्वार्थभन्दा माथि उठेर प्रस्तुत हुनु पर्ने अर्को आजको ज्वलँन्त आबश्यकता बनेको छ । किनभने यो त हम्रो पृथ्वीको जीवनदायिनी क्षमतालाई बचाउने अत्यन्तै महत्वपूर्ण अपरिहार्यरुपमा समाधान गरिनै पर्ने समस्या हो । बास्वतमा यो धरतीमा बिभिन्न किसिमका बिबिधताले भरीपूर्ण जीवन हुर्किने स्थिति बनेको छ । त्यसैले बिश्व स्तरमा सबै देशहरुको सहयोगको अति आबश्यकता छ । माथि भनिए जस्तै बिश्व नागरिकता, बिश्व बन्धुत्व र बिश्वका सम्पूर्ण शोषित पीडित जनता एक होऔं भन्ने सोचको बिकास भयो भने पछिल्लो समय प्रकृतिको जथाभावी निर्ममा दोहनका कारणले उत्पन्न भए गरिएका गम्भीर पर्याबरणीय समस्याहरु सही किसिमले सुल्झाउन ठूलो मद्दत मिल्दछ । यसमा जीवनका सबै रुपहरुको रक्षा र भाबी पिढीको सुरक्षाको सोच पनि समावेश गरिनै पर्दछ । यसरी बिश्वलाई जोगाउने हिसावले बिश्वबन्धुत्वको भावनाकासाथ सम्पूर्ण उत्पीडित जन समुदायले एक भएर काम गर्ने हो भने निश्चय नै बिभिन्न बिश्व समस्या सुल्झाउन मद्दत मिल्दछ नै । त्यसैले आज यस्तो स्थिति बिकसित गर्न आवश्यक र अनुकूल कदम चाल्न एकदमै आवश्यक र अपरिहार्य भइसकेको छ ।
बिश्वमा आज हुन त यी समस्या समाधानका लागि बिभिन्न सार्थक आन्दोलनहरु पनि चलिरहेका छन् । तिनका अनुभवहरुबाट पनि अनेकौ सकारात्मक कुराहरु सिक्न सकिन्छ र सिक्नै पर्दछ । यस सम्वन्धमा बिश्वका बिभिन्न देशहरुमा चलिरहेका सार्थक र सक्रिय जन आन्दोलनहरुले एक अर्कोका अनुभवहरुबाट धेरै कुरा सिक्न सक्छन् । यसरी परस्पर नजिक आउने र एक अर्कालाई अझ राम्रोसँग चिन्ने जान्ने कुरा पनि बढ्दै जान्छ । तर आजको बिग्रदो बिश्व परिस्थितिमा यो पारस्पकि क्रमलाई तीब्ररुपमा बढाउनु पर्ने आवश्यकता अझ बढ्न गएको छ । बिश्वका लब्ध प्रतिष्ठित बैज्ञानिहरुले बिश्वको यो समस्यालाई लिएर चेतावनी दिइरहेका छन् कि अब त धरतीमा बिबिधता भरिएको जीवन हुर्कने र बढ्ने किसिमका स्थिति नै संकटमा पर्न गएको छ । यसो हुनमा बिभिन्न किसिमको पर्याबरण बिग्रन जानु नै हो ।
यसका अतिरिक्त भबिष्यका युद्धहरुमा यदि महाबिनाशका हात हतियाहरको उपयोग भयो भने त्यसले पनि पृथ्वीको जीवनदायिनी शक्ति नै नाश गर्ने हो । त्यस्ता प्रकारका बिनाशकारी हतियाहरुको बिशाल भण्डार पहिले नै एकतत्र भइसककेका छन् र त्यस्ता खतरनाक हात हतियारको होडबाजी बिश्वमा जारी छ । यसका अतिरिक्त बिद्यमान बिश्व नेतृत्वबाट अहिलेसम्म यस्तो कुनै प्रभावकारी कदम चालेर बिश्वको बिनाशकारी स्थितिलाई रोक्न सकेको पनि छैन । बेैज्ञानिक क्षेत्रबाट समस्याको गम्भीरतका बारेमा प्रष्ट गराउँदा गराउँदै पनि यी समस्यामा कुनै कमी आएको छैन । बरु बढेको छ । बिभिन्न अति शक्तिशाली देशका नेतृत्वले यी समस्याहरुलाई अहिले पनि आफ्नो प्राथमिकतामा राखेको छैन । बरु त्यसबाट पछि हटेका छन् । यस स्थितिमा आज बिश्वका जन आन्दोलनहरुको जिम्मेवारी बढ्न जान्छ कि यी सबैभन्दा गम्भीरतम समस्यालाई बुझेर तिनको समाधानका लागि बढ्दो भूमिकलाई स्वीकार गरुन् तथा यस अनुकूल मेहनत तथा तयारी गरुन् । यसका लागि उनीहरुले ब्यापक एकता निर्माण गर्नु पर्नेछ स्वयं आफ्नो देशमा र त्यस बाहिर पनि । धेरै सानो स्तरमा कार्य गर्दै उनीहरुले यत्रो बिस्तृत मुद्दालाई प्रभावित पार्न सक्तैनन् ।उनीहरुले मुद्दा मिल्ने सबैसँग गठबन्धन र एकताको खोजी गर्नै पर्दछ । उनीहरुले बिश्वका बिख्यात बैज्ञानिकहरु, बिशेषज्ञहरु र प्रतिष्ठित नागरिहरुलाई पनि साथमा जोड्नु पर्दछ । बिशेषगरी ती प्रतिष्ठित ब्यक्तिहरु जो पहिलादेखि नै यी बिश्वका सबैभन्दा महत्वपूर्ण समस्याहरुलाई उच्च प्राथमिकताको आधारमा सुल्झाउनका लागि प्रयास गर्दै आएका छन् ।
यस नयाँ जिम्मेवारहरुलाई सम्हाल्नका लागि बिभिन्न जनसंगठन तथा आन्दोलनहरु अघि बढे भने तिनलाई पहिलो कदममा आफ्नै सरकारहरुबाट बिभिन्न किसिमका रोकटोक हुनसक्छन् र तिनको सामना गर्नु पर्ने हुन्छ । तर यदि बिश्व स्तरमा यो अभियान ब्यापक बन्यो भने त ती समस्याहरुलाई सुझाउन पनि सकिन्छ । जन आन्दोलनको मूख्य भूमिका के हो भने जीवनको अस्तित्वलाईनेै खतरामा धकेल्ने किमिसका गम्भीर समस्याहरुलाई जन साधरणका बीच लैजानु पर्दछ जसले गर्दा आम भूई मानिसहरुको तर्फबाट ती समस्याहरुलाई उच्च प्राथमिकता दिनका लागि ठूलो दबाब बनोस् । यी समस्याहरुको महत्वको समय छँदै ब्यापक समझ बन्यो भने सरकारहरुमाथि पनि सममै तिनलाई सुल्झाउनका लागि प्रभावकारी दबाब बन्न सक्छ । के पनि मूर्तरुपमा आवश्यक छ भने समस्याहरुको जुन कुनै पनि समाधान खोजिन्छ ती न्याय, समानता र जन–लोकतन्त्रको परिधिभित्र नै खोजिनु पर्दछ । यस प्रकारको सही बाटो खोजिगर्न र ब्यापक सहमति बनाउनमा जन आन्दोलन तथा जन संगठनहरुको महत्वपूर्ण भूमिका हुन सक्दछ । निसन्देह, यो भूमिका सफलतापूर्बक निर्बहन गर्नका लागि तिनले मेहनतपूर्बक तयारी गर्नै पर्दछ ।
हालैका समयमा जस्तो स्थिति बिश्व स्तरमा तीब्र किसिमले उत्पन्न भइरहेको छ तिनका कारणले बिश्वभरी नै जन आन्दोलनहरुको निकटता र मित्रतालाई तीब्रतापूर्बक बढाउने आवश्यकता पनि अहिले पहिला पहिलाभन्दा धेरै नै बढेको छ । बिश्वका बिभिन्न बैज्ञानिकहरुले चेतावनी दिइरहेका छन् कि अब त पृथ्वीमा बिबिधताले भरिएको जीवन जन्मिने र हुर्किने स्थिति नै अत्यन्तै ंसंकटग्रस्त भइसकेको छ । यस्तो स्थिति बिभिन्न किसिमका पर्याबरण बिनाशका कारण उत्पन्न भएको हो । यसका अतिरिक्त भबिष्यका युद्धहरुमा यदि महाबिनाशकारी हतियारहरुको उपयोग गरियो भने झनै त्यसले त पृथ्वीको जीवनदायिनी शक्तिलाई अत्यन्तै भयंकर खतरामा पार्नेछ । यस प्रकारका महाबिनाशका घातक हतियारहरुको बिशाल भण्डारहरु पहिलानै एकत्र भइसकेका छन् । अनि यस्ता हतियारहरुको होड पनि जारी रहिरहेको छ । बिश्वको बर्तमान नेतृत्वलाई यसमा कुनै सफलता त मिलेको छैन र त्यसबाट धरतीको जीवनको अबस्थालाई संकटग्रस्त तुल्याउने यस्ता कारकहरुमाथि प्रभावकारी रोक लगाउन सकुन् । पर्याबरण बचाउन र युद्ध रोक्न बिश्व जन समुदाय खडा हुनै पर्दछ । योभन्दा अरु कुनै सार्थक बिकल्प छैन,बिनाश बाहेक !