क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल सिन्धुलीद्वारा श्रद्धाञ्जली व्यक्त

काठमाडाैं । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल जिल्ला समिति सिन्धुलीको सह-सेक्रेटरी ढक प्रसाद देवकोटाको पुज्य पिताजी डिल्ली प्रसाद देवकोटाको मंसिर १७, २०८१ मा ८९ बर्षकाे उमेरमा भएकाे निधनप्रति दु:ख व्यक्त गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल सिन्धुलीका इन्चार्ज तथा सेक्रेटरी जीवनले एक श्रद्धाञ्जली वक्तव्य जारी गर्नु भएकाे छ ।
वक्तव्यमा मृतक देवकाेटाप्रति भावपुर्ण श्रद्धाञ्जली व्यक्त गर्नुभएकाे छ भने ढक प्रसाद देवकोटा, उहाँका दाजुभाइहरु, बहिनीज्वाइँहरु र छोरी ज्वाइँहरु सम्पूर्ण घरपरिवारजनमा हार्दिक समवेदना गरिएकाे छ ।
विरामी बुवालाई कुर्नु परेकोले मंसिर १३ देखि २३ गतेसम्म सञ्चालन भएकाे क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको ऐतिहासिक राष्ट्रिय महाधिवेशनमा प्रतिनिधित्व गर्न ढक प्रसाद देवकोटाले नपाएकाे पनि उल्लेख गरिएकाे छ ।