क्रान्तिकारी कम्युनिस्ट पार्टीका सचिवालय सदस्यद्वय आकाश महर्जन र शारदा महतलाई मातृशोक, अन्तिम श्रद्धाञ्जलीसहित मृतक धनमाया महर्जनको अन्त्यष्टी

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका सचिवालय सदस्यद्वय अमीर महर्जन ‘आकाश’ र शारदा महत ‘सरु’लाई मातृशोक परेको छ । अमिर महर्जनकी आमा तथा शारदा महतकी सासुआमा धनमाया महर्जनको आज विहान ६ बजे असामयिक निधन भएको छ । घाँटीको क्यान्सरबाट पीडित धनमाया महर्जनलाई स्वास्थ्य अवस्था जटिल भएपछि वीर अस्पतालमा भर्ना गरिएको थियो । अस्पताल स्रोतका अनुसार उहाँको निधन क्यान्सरका कारण नभएर निमोनियाका कारण भएको हो ।

काठमाडौं कीर्तिपुर पाँगा निवासी महजर्नको जन्म ललितपुर थैवमा २०१४ साल श्रावण १५ गते भएको थियो । उहाँका श्रीमान पानबहादुर महर्जन, दुई छोरा बुहारीहरु समीर महर्जन–संगीता महर्जन, अमिर महर्जन–शारदा महर्जन रहनु भएको छ ।
मृतक धनमाया महर्जनको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जलीका लागि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका करिष्ठ नेता सीपी गजुरेल, पार्टीका सहसंयोजक सन्तबहादुर नेपाली, प्रवक्ता हेमन्तप्रकाश ओली, कार्यालयका सदस्यहरु रामसिंह श्रीस, इन्द्रमोहन सिग्देल, दिनेश शर्मा, पवनमान श्रेष्ठ, चन्द्रहरि सुवेदी, कृष्ण पौडेल, सिताराम तामाङ, चिन्तामणि पौडल लगायतका नेताहरु पाँगा घाट पुग्नु भएको थियो ।

नेता सीपी गजुरेल गौरवले मृतक महर्जनको पार्थिव शरीरमा पार्टीको झण्डा ओडाएर श्रद्धाञ्जली अर्पण गर्नु भयो । अन्य नेताहरुले पनि पार्थिव शरीरमा माल्र्यापणसहित अन्तिम श्रद्धाञ्जली अर्पण गर्नुभयो । सोही क्रममा एक श्रद्धाञ्जली कार्यक्रमको समेत आयोजना गरियो । एक मिनेट मौनधारणसहित सुरु भएको श्रद्धाञ्जली कार्यक्रमको सञ्चालन रमेश महर्जनले गर्नुभएको थियो भने क्रान्तिकारी कम्युनिस्ट पार्टीको तर्फबाट बरिष्ठ नेता सीपी गजुरेलले श्रद्धाञ्जली मन्तव्य राख्नुभएको थियो ।

उहाँले नेपालको क्रान्तिकारी कम्युनिस्ट आन्दोलन, विशेषगरी तत्कालीन माओवादी जनयुद्धको बेला क्रान्तिकारी नेता कार्यकर्ताहरुलाई खाना पकाउने खुवाउने मात्र होइन आफ्नै सन्तानलाई समेत जनयुद्धमा पठाएर नेपालको क्रान्तिकारी कम्युनिस्ट आन्दोलनमा महत्वपूर्ण योगदान पु¥याउनु भएको भन्दै उहाँको योगदानको पार्टीले उच्च मूल्यांकन गर्ने बताउनु भयो । जन्मेपछि मृत्यु शाश्वत सत्य रहेको भन्दै उहाँले देश र जनताको निम्ति भूमिका खेल्ने, योगदान गर्नेहरुको मृत्यु अरु साधारण मानिसहरुको भन्दा मूल्यवान र अर्थपूर्ण हुने बताउनु भयो । उहाँले मृतकका श्रीमान पानबहादुर महर्जन, छोरा समिर, अमिर महर्जन, बुहारीहरु संगीता महर्जन र शारदा महत लगायत शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्नुभयो ।