क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल तनहुँको एकता जिल्ला अधिवेशन सम्पन्न

कार्तिक ११ तनहुँ भिमाद नगरपालीका -४, रजी डाँडा।

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल तनहुँको एकता जिल्ला अधिवेशन सम्पन्न भएको छ । पार्टीका कार्यालय सदस्य तथा ४ नं.प्रदेश इञ्चार्ज क. हरिभक्त कँडेल (प्रतीक) ले अधिवेशनको अधिवेशनकै ब्यानर पढेर उदघाटन गर्नु भएको थियो ।

अधिवेशनको सफलताको शुभकामना दिने अतिथिहरुमा पार्टीका केन्द्रिय कार्यालय सदस्य तथा ४ नं.प्रदेशका इञ्चार्ज क.हरिभक्त कँडेल (प्रतीक), संयोजक क.चिन्तामणि पौडेल(प्रवाह), केन्द्रिय सचिबालय सदस्य क.असोक लम्साल (अनुकुल) र एकता महाधिवेशन आयोजक समिति सदस्य क.निश्चल हुनुहुन्थ्यो ।

क.बाबुराम सुवेदी (रबि)को अध्यक्षता, क. नारायण लंसाल(नवीन)को सञ्चालन र क. जित महतको स्वागत मन्तव्यमा कार्यक्रम भएको थियो ।

महान सहिदहरु प्रति १ मिनेट श्रद्धाञ्जली अर्पण गर्दै कार्यक्रम अघि बढेको थियो। क.असोक लम्साल संयोजक रहनु भएको ३ सदस्यीय अध्यक्ष मण्डलले बन्द सत्र र निर्वाचन मण्डल बनाइ नयाँ जिल्ला समिती निर्वाचित गरेको छ । क.नारायण लम्साल (नवीन)लाई सचीवमा निर्वाचित गरि १३पूर्ण र ४ बैकल्पिक सदस्य सहित १७ सदस्यीय तनहुँ जिल्ला समिति र नेतृत्व आजै सर्वसम्मत निर्वाचित भएकाछन् ।