एकीकृत दलित मुक्ति मोर्चा नेपालका केन्द्रीय सदस्य राजु मुग्रातीका बुबा निर्मल मुग्रातीको दुःखद निधनप्रति मोर्चाले गहिरो शोक व्यक्त गरेको छ। पछिल्लो समय विभिन्न दीर्घ रोगहरुको उपचार गराइरहनु भएका मुग्रातीको ६३ वर्षको उमेरमा गत कार्तिक ६ गते दोलखाको तामाकोशी गाँउपालिका स्थित आफ्नै निवासमा दुःखद निधन भएको थियो।
एकीकृत दलित मुक्ति मोर्चा नेपालको केन्द्रीय कार्यालयले जारी गरेको एक प्रेस विज्ञप्तिमा “उहाँको निधनबाट संगठनले एक असल अभिभावक, दलित आन्दोलन तथा वर्गीय मुक्ति आन्दोलनको शुभचिन्तक गुमाएको” बताइएको छ ।
यस दुःखद घड़ीमा एकीकृत दलित मुक्ति मोर्चा नेपालले बुबा निर्मल मुग्रातीको दुःखद निधनप्रति गहिरो शोक व्यक्त गर्दछ। “आदरणीय बुबाको निधनप्रति हाम्रो मोर्चा एकीकृत दलित मुक्ति मोर्चा नेपाल हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ । यस दुःखद घडिमा कमरेड राजु लगायत शोकाकुल सम्पुर्ण परिवार, आफन्तजनहरूमा गहिरो समवेदना व्यक्त गर्दछौं” मोर्चाले एक विज्ञप्ति मार्फत् जनाएको छ।
मोर्चाका केन्द्रीय का.वा. संयोजकले एक असल अभिभावक गुमाउनुपर्दा मोर्चा र समाजलाई अपूरणीय क्षति पुगेको उल्लेख गरेका छन्। दुःखद निधन भएको मुग्रातीको श्रीमती बन्दना, छोराहरू केशव, आकाश र राजु तथा छोरी सविता एबम् बुहारी, नाति नातिना रहेका छन्।