अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको इतिहास कलाउँदै गयौं भने पनि सोभियत संघ अर्थात् रुसमा समाजवादी क्रान्ति सम्पन्न भएर समाजवादी सत्ता स्थापना भएर मुलुक धेरै अगाडि बढिसकेर विकसित भैसकेपछि त्यस्तै चीनमा नयाँ जनवादी क्रान्ति सम्पन्न भएर जनवादी राज्य सत्ता स्थापना भएपछि त्यसैको जगमा समाजवादको आधार तयार भयो । समाजवादी सत्ता स्थापना भएर मुलुक धेरै अगाडि बढ्दै गएर विकसित भैसकेपछि रुसमा र चीनमा पनि समाजवादी राज्य व्यवस्थाको जगमा टेकेर संशोधनवादी दक्षिणपन्थ्ी अवसरवादी तत्व सक्रिय भएर पुँजीवादी सत्ता पुनस्र्थापना भएको छ ।
त्यसैगरी उत्तरकोरिया,क्युवा,युगोस्लाभिया लगायतका मुलुकहरुमा पनि संशोधनवाद दक्षिणपन्थी अवसरवाद कै कारण कम्युनिस्ट शासन व्यवस्था टिक्न नसकेको उदाहरण ताजै छन् । वर्तमानमा विश्वका कैयौं मुलुकहरुमा जनवादी, समाजवादी क्रान्ति, राष्ट्रिय स्वाधिनताका आन्दोलनहरु बिचैमा तुहिने, पूरा हुन नसक्नुको मूल कारक तत्व पनि संशोधनवाद–दक्षिणपन्थी अवसरवाद नै हो । नेपालमा पनि महान् जनयुद्ध अर्थात् नेपाली नयाँ जनवादी क्रान्ति सम्पन्नको सन्निकट पुगेको अवस्थामा संशोधनवाद–दक्षिणपन्थी अवसरवाद घुसेर मूल नेतृत्व नै संशोधनवादी बनेर संसदवादी आहालमा डुबुल्की मारेर क्रान्ति सम्पन्न हुन सकेन ।
माक्र्सवादको आधारभूत सिद्धान्त भनेकै सशस्त्र वर्ग संघर्ष र राज्यसत्तामा सर्वहारा वर्गको अधिनायकत्व हो । हरेक वस्तु विकासवान छ । गतिमा छ, हुन्छ । त्यसै अनुरुप माक्र्सवादमा पनि क. लेनिनले नयाँ आयाम थपेर वैज्ञानिक विकास गरेर माक्र्सवाद, माक्र्सवाद–लेनिनवादमा विकसित भयो । त्यसैगरी समग्र स्थितिको विकाससँगै क. माओले माक्र्सवाद लेनिनवाद–माओवादमा विकास भयो । भनेको सर्वहारावर्गको मार्गनिर्देशक सिद्धान्त मालेमावाद भयो । यो अन्तर्राष्ट्रिय रुपमै सर्वमान्य सर्वस्वीकार्य छ ।यसरी सच्चा माक्र्सवादीहरुले मालेमावादलाई मार्गनिर्देशक सिद्धको रुपमा ग्रहण गरिरहेका छन् । गर्नुपर्छ ।
नेपालमा अहिले यस्तो विडम्वना छ, जसले मालेमावादीसिद्धान्त छाडिसकेका छन्, स्वीकार्दैनन् । उनीहरु कम्युनिस्ट हुन सक्दैनन् । त्यसप्रकारका कैयौं पार्टी, समूह वा व्यक्ति विशेषले पनि लाज पचाएर बुझपचाएर आफूलाई मालेमावादी र कम्युनिस्ट भन्न छाडेका छैनन् । र मालेमावादी क्रान्तिकारी कम्युनिस्ट मात्र प्रयोग गर्न सक्ने पाउने हसिया हतौडा अंकित झण्डा प्रयोग गर्न छाडेका छैनन् । यिनीहरु नै हुन विश्वस्तरका नेपालका पनि संशोधनवादी दक्षिणपन्थी अवसरवादीहरु जसले नयाँ जनवादी,समाजवादी सत्ता राज्य व्यवस्थालाई लत्याएर संसदीय सत्ता राज्यव्यवस्थालाई नै सर्वोपरी सम्झेर अगालिरहेका छन् । र आफूलाई अब्बल दर्जाको संसदीय व्यवस्थाको हिमायती संसदवादीको रुपमा बुझेर विश्व साम्राज्यवादी विस्तारवादी र प्रतिक्रियावादीको विश्वास पात्र बनेर, उनीहरुसँगै घुँडा टेकेर उनीहरु कै स्वार्थ रक्षार्थ नेपाल र नेपालीको हितमा विभिन्न रुप र रंगका हतियार वषाईरहेका छन् । जो जसले संसदीय व्यवस्थालाई स्वीकारिरहेका छन् । मालेमावादी अर्थात् कम्युनिस्ट हुन सक्दैनन्, हुन्नन् पनि । नेपालकै सन्दर्भलाई लियौं भने यिनीहरुले नेपाली जनतालाई ढाँट्ने,गुमराहमा पार्ने आ–आफ्नो स्वार्थको निम्ति प्रयोग मात्र गर्ने, लुटको स्वार्थलाई निरन्तरता दिन षडयन्त्र मात्र हो । यिनीहरु मालेवादको उपहास गर्ने कम्युनिस्टको नामबाट कम्युनिस्ट कै बदनाम गर्ने संशोधनवादी दक्षिणपन्थी अवसरवादी तत्वहरु हुन्।
संशोधनवाद–दक्षिणपन्थी अवसरवाद भनेको नै माक्र्सवाद अर्थात् मालेमावाद विरोधी, क्रान्ति परिवर्तन विरोधी गैर कम्युनिस्ट विचार सिद्धान्त र तत्व हो । माक्र्सवादलाई विकृत पारेर अर्थात् गलत व्याख्या गरर पूराका पूरा संशोधन गर्नेहरु संशोधनवादीहरु नै हुन् । यो गैर सर्वहारावादी चिन्तन र प्रवृत्ति हो । क्रान्तिकारी मालेमावादी कम्युनिस्टहरु विश्वस्तरमै यिनै सशोधनवादी दक्षिणपन्थी अवसरवादीहरु सँग लड्दा लड्दै ठिक्क, वाक्क दिक्क भएको छ, क्रान्तिलाई गति दिन सकिरहेका छ्रैनन् । संशोधनवादले मालेमावाद क्रान्ति परिवर्तनलाई विस्थापित गर्छ भुत्ते बनाउँदै लैजान्छ । माक्र्सवादको खोल ओडेर मुकुण्डो लगाएर माक्र्सवाद कै विरोध गर्दछ । किनकि आफू माक्र्सवादी नभए पनि माक्र्सवादी नभनिकन मजदुर किसान वर्गलाई भ्रमित गरेर आफ्नो स्वार्थ पूरा गर्न आफ्नो पोल्टामा पार्न सकिन्न । यसरी माक्र्सवादकै शब्दजाल विछ्याएर आफूलाई माक्र्सवादकै प्रयोगकर्ताको भान पारेर माक्र्सवाद यानेकि मालेमावादलाई भ्रष्टीकरण गरिरहेका छन् ।
संशोधनवादका जन्मदाता वर्नस्टिन हुन भनेका उत्स्की, खु्रश्चेभ, ब्रेजनेभ, देङसियाओपिङ, टिटो, किमउल सुङ लगायत संशोधनवादी दक्षिणपन्थी अवसरवादी बोक्नेहरु हुन् । नेपालको सन्दर्भमा माक्र्सवादको सिर्जनात्मक प्रयोगको नाममा माक्र्सवाद कै खिल्ली उडाउने एमालेहरु हुन् । उनीहरुले जनताको बहुदलीय जनवादको नाममा मालेमावादका आधारभूत सिद्धान्त वर्गसंघर्ष, सर्वहारावर्गको अधिनायकत्व अस्वीकृत गर्दै संसदवाद अझ संवैधानिक राजतन्त्र पनि स्वीकार्न पछि परेन । यो विचारको प्रतिनिधित्व गर्ने मनमोहन, केशरजंग, तुलसीलाल, मदन भण्डारी, माधव नेपाल सिपि मैनाली, केपी ओली , मोहन विक्रमहरु रहे । पछिल्लो समयमा महान् जनयुद्ध नेपाली नयाँ जनवादी क्रान्ति वर्गसंघर्षको नेतृत्व गरिरहेका स्थानीय जनसत्ता संचालन गरी केन्द्रीय सत्ता कब्जाको सन्निकट पुग्दै गर्दा पुष्पकमल दाहाल, बाबुराम भट्टराई र अहिले आएर त नेत्रविक्रम चन्द पनि संसदवादी भएर संशोधनवाद दक्षिणपन्थी अवसरवादको प्रतिनिधित्व गर्ने होडबाजीमा उत्रदै छन् ।
नेपालमा नै क्रान्तिकारी धाराको नेतृत्व गरिरहनु भएका मालेमावादी मार्गनिर्देशक सिद्धान्तलाई निरन्तर रुपमा दह्रोसँग पकडेर क्रान्तिकारी विचार सिद्धान्त र क्रान्तिकारी कम्युनिस्ट पार्टीको रक्षा गर्दै विकासको गतिसँगै अघि बढिरहनु भएका क. किरणको ठूलो मेहनत, कोशिश, प्रयत्नबाट नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (बहुमत) र नेकपा (मशाल) लिन पार्टी बीच पार्टी एकता सम्पन्न भयो । यो कदमले नेपालका क्रान्तिकारी, आम शोषित पीडित जनता, किसान, मजदुर सबै–सबै मात्र होइन विश्वस्तरकै क्रान्तिकारी कम्युनिस्टहरु उत्साही भए भने विश्वस्तरकै नेपालका त झन कुरै नगरौं प्रतिक्रियावादी, दक्षिणपन्थी संशोधनवादी, अवसरवादीहरु अत्तालिएर विभिन्न खाले भ्रम छर्न थालिसकेका थिए । साम्राज्यवाद विस्तारवादका दलाल नेपाली एजेण्ट अर्थात् विदेशी दलालहरुको त निन्द्रा हराम भैसकेको थियो ।
नेपालका क्रान्तिकारीहरुको एकता प्रक्रिया सकिदा नसकिंदै पछिल्लो समयमा धर्मेन्द्र बास्तोला यसो भारतसितर भ्रमण गरेर प्रभुहरुबाट निर्देशित भएर आइसकेपछि यहाँ पुष्पकमल, नेत्रविक्रममा धु््रव नेपाल र अरु कैयौं संसदवादी नेताहरुलाई भेटघाट गरिसकेपछि र ऐतिहासिक राष्ट्रिय एकता महाधिवेशनको तयारीमा बसेको आयोजक समितिको बैठकको स्थितिलाई (महाधिवेशनमा प्रस्तुत गर्न छलफलमा ल्याइएका दस्तावेजहरुको छलफल र प्रतिक्रिया) हेरिसके पछि हठात् निर्णय लिएर क्रान्तिकारीहरुको साथ छोडेर क्रान्तिदेखि डराएर विगतमा नेत्रविक्रमचन्दले झै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालबाट सम्बन्ध विच्छेद गरेको पत्र पार्टी केन्द्रीय कार्यालयमा बुझाउन पुग्नुभयो । पार्टीका नेता, कार्यकर्ता, नेपाली जनता फुट होइन एकता नै मन पराउँछन् र एकताकै पक्ष रहन्छन् भन्ने कुरा यही घटनाले प्रमाणित ग¥यो । पार्टी फुटाएर हिंड्ने धर्मेन्द्रसँग भन्दा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालमै बहुमतका धेरै नेता कार्यकर्ता रहनुभयो । अझै पनि उहाँले महाधिवेशनको प्रक्रियासम्म एकताबद्ध भएर क्रान्ति परिवर्तनको पक्षमा आउने संसदवादी आहालमा हाम नफाल्ने सद्बुद्धि आए नै नेपाल र नेपालीले गरेको अपेक्षा पूरा गर्न सकिन्छ ।
संशोधनवाद माक्र्सवादलाई विस्थापन गर्ने अचुक हतियार हो । क्रान्तिकारीहरु साम्राज्यवादी–विस्तारवादी घरेलु प्रतिक्रियावादी अर्थात् विदेशी दलाल नोकरशाहहरुका विरुद्धको लडाईसँगै संशोधनवाद दक्षिणपन्थी अवसरवादका विरुद्ध पनि लड्नु पर्छ । सत्यः सत्य नै हुन्छ, झुट टिक्दैनन् । झुटको खेती गर्नेहरु साम्राज्यवाद विस्तारवाद घरेलु प्रतिक्रियावादका दलालहरु आ–आफ्नै क्रियाकलापले नांगिदै जानेछन् र समाप्त हुनेछन् । यो सत्य जनताले बुझ्दै पनि जाने छन् र क्रान्ति परिवर्तन कै पक्षमा उभिने छन् । र उभिनु पर्दछ । अस्तु

 

प्रतिक्रिया

सम्बन्धित खवर