‘माओवाद’को सट्टामा आएको ‘माओविचारधारा’ सम्बन्धी प्रस्तावबारे

‘माओवाद’को सट्टामा आएको ‘माओविचारधारा’ सम्बन्धी प्रस्तावबारे

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको मार्गनिर्देशक सिद्धान्त माक्र्सवाद–लेनिनवाद–माओवाद वा माओ विचार कुन राख्दा वैज्ञानिक हुन्छ भन्ने कुरा पार्टीको आसन्न एकता महाधिवेशनका क्रममा छलफल चलिरहेको छ । यस छलफलमा क.असिमद्वारा प्रस्तुत “माओविचारधारा सम्बन्धि प्रस्ताव” (महाधिवेशनका दस्तावेजहरु पेज १५३–१५८)मा माओवादको सट्टामा माओविचारधारा पदावली प्रयोग गर्नु पर्छ भन्ने जिकिर गर्नु भएको छ । यो गलत छ । माओवाद र माओविचारधाराको प्रयोग पदावलीको खेल मात्र होइन । यसलाई उहाँ पनि स्वीकार गर्नु हुन्छ । त्यसो हो भने वाद र विचारको अर्थमा के भिन्नता छ भन्ने हो र अर्कोतिर यी पदावलीको प्रयोगले माओको योगदानलाई कुन रुपमा मुल्याङ्कन गर्छ भन्ने प्रश्न पनि हो । यहाँ माओले माक्र्सवादका तिनवटै संघटक अंगहरुमा सार्वभौमिक रुपमा विकास गर्नु भएको छ र यहाँ ती संघटक अंगहरुमा उहाँको योगदान के के रहका छन् भन्ने बारे चर्चा परिचर्चा गरिने छैन । यस बारेमा क.बसन्तले “माओविचारधारा सम्बन्धि प्रस्ताव बारे” शीर्षकमा विचारधारा फोरुम पत्रिकामा (पेज ११–१६)मा विस्तृत रुपमा चर्चा गर्नु भएको छ ।

सर्वप्रथम वाद र विचारधारा के हो भन्ने बारेमा चर्चा गरौँ । कम्युनिस्ट आन्दोलनमा कम्युनिस्ट विचार (क्ष्मभययिनथ)का दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादका तीन वटै क्षेत्र वा संंघटक अंगहरुमा सार्वभौमिक रुपमा विकास भएको विचारलाई वादले संबोधन गरिन्छ । यो विचार विश्वव्यापी रुपमा लागु हुन्छ । विचारधारा शब्दको प्रयोग कुनै देशको कम्युनिस्ट आन्दोलनमा तीन वटै वा एक अथवा दुई संघटक अंगहरुमा त्यस देशको विशिष्ट अवस्थामा लागु हुने गरी विकास भएको विचार वा यी संघटक अंगहरु मध्ये कुनै अंगमा मात्र सार्वभौमिक रुपमा विकास भएको विचारलाई विचार (वा विचारधारा त्जयगनजत) को रुपमा प्रयोग गर्ने प्रचलन छ ।
माक्र्सले प्रतिपादन गर्नु भएको विचार (क्ष्मभययिनथ) का तीन वटै संंघटक अंगहरु सार्वभौम रहेका छन् । वहाँको योगदानलाई संबोधन गर्न यसलाई माक्र्सवाद भनिएको छ । लेनिनले माक्र्सवादका यी तीन वटै संघटक अंगहरुमा विकास गर्नु भएको विचार पनि सार्वभौम छन् । त्यसैले लेनिनका योगदानलाई लेनिनवाद भनेर संबोधन गर्ने काम भएको छ भने कम्युनिस्ट आन्दोलनको निर्देशक सिद्धान्तको रुपमा माक्र्सवाद–लेनिनवाद रहन गयो । त्यसै गरी माओले माक्र्सवादका तीन वटै संघटक अंगहरुमा थप विकास गर्नुभयो । यो विकसित विचार सार्वभौम छन् । त्यसैले माओको योगदानलाई माओवाद भनेर संबोधन गर्नु अनिवार्य छ । आज क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुको मार्ग निर्देशक सिद्धान्त माक्र्सवाद–लेनिनवाद–माओवाद हुन गएको छ ।

माक्र्सले प्रतिस्पर्धात्मक पूँजीवादको युगमा माक्र्सवादको विकास गर्नुभयो । लेनिनले माक्र्सवादको जगमा प्रतिस्पर्धात्मक पूँजीवाद एकाधिकार पूँजीवाद वा साम्राज्यवादमा विकास भएपछि माक्र्सवादलाई माक्र्सवाद–लेनिनवादमा विकास गर्नुभयो । साम्राज्यवादी युगलाई लेनिनवादी युग पनि भनिन्छ । तर साम्राज्यवाद पनि पूँजीवादकै एउटा रुप हो । पूँजीवाद र साम्राज्यवाद छुट्टाछुट्टै अर्थमा बुझ्नु गलत हुन्छ । अहिलेसम्म आउँदा साम्राज्यवादको पनि विभिन्न रुपहरुमा विकास भएको छ, तर पनि अहिलेको युग साम्राज्यवादी वा पूँजीवादी युग नै रहेको छ । माक्र्सवाद–लेनिनवादको जगमा माओले माक्र्सवाद–लेनिनवादलाई माक्र्सवाद–लेनिनवाद–माओवादमा विकास गर्नुभयो ।
यहाँ साम्राज्यवादी युगलाई तेर्साएर माओको योगदानलाई माओवादको रुपमा संबोधन गर्नु हुँदैन र माओविचारधारा भन्नु पर्छ भन्ने तर्क क.असिमले गर्नु भएको छ । यो गलत छ । अहिलेको मुख्य युग पूजीवादी युग नै हो । विज्ञानको विकास कुनै युगमा कैद भएर बस्दैन र यस्तो सोच्नु पनि गलत हुन्छ । माक्र्सवाद कम्युनिस्ट विचार सिद्धान्तको भव्य महलको मजबुट जग हो । माक्र्सवाद–लेनिनवाद भनेको यस जगमा खडा भएको कम्युनिस्ट विचार सिद्धान्तको एक तल्ले भव्य महल हो । लेनिनको योगदानले जगमाथिको पहिलो तल्ला थप्ने काम भयो । माक्र्सवाद–लेनिनवाद–माओवाद कम्युनिस्ट विचार सिद्धान्तको दुई तल्ले भव्य महल हो । माओले कम्युनिस्ट विचार सिद्धान्तको भव्य महलमा अर्को तल्ला थप्ने काम गर्नुभयो । कम्युनिस्ट विचार सिद्धान्तको यो दुई तल्ले भव्य महल समग्रमा माक्र्सवाद–लेनिनवाद–माओवाद हुन गएको छ । यो आज सबै क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुको मार्ग निर्देशक सिद्धान्त रहेको छ । यसलाई सहजिकरण यसरी पनि गर्न सकिन्छ । माक्र्सवाद, जुन कम्युनिस्ट विचार सिद्धान्तको मजबुट जग हो, यसलाई विचारको विकासको पहिलो चरण, लेनिनले विकास गर्नु भएको विचारको विकासलाई दोस्रो चरण र माओले विकास गर्नु भएको विचारको विकासलाई तेस्रो चरण मान्दा सहज हुन्छ । यसको मतलव माक्र्सवाद, लेनिनवाद र माओवादलाई छुट्टाछुट्टै र अझ एक अर्कोको प्रतिस्पर्धीको रुपमा बुझ्नु र उभ्याउनु गलत हुन्छ । माक्र्सवाद–लेनिनवाद–माओवाद आजको माक्र्सवादको विकसित एउटै कम्युनिस्ट विचार सिद्धान्त हो । अर्को शव्दमा भन्दा यो आजको कम्युनिस्ट विचार सिद्धान्तको एउटा भव्य महल हो ।
सारमा यति कुरा राखी सकेपछि क.असिमका गलत तर्कहरु हेरौँ :

१. क.असिमले उक्त प्रस्तावमा भन्नु भएको छ, “चिनीयाँ कम्युनिस्ट पार्टीले स्वयम् माओकै पालामा यो विषयमा छलफल गरेको पाइन्छ । लिनप्याओले माओको योगदानलाई माओवाद भन्नु पर्छ भन्ने प्रस्ताव राखेका थिए । त्यसलाई कम्युनिस्ट पार्टीले अस्वीकार गरेको थियो । माओविचारधारा नै उपयुक्त पदावली हो, यसबाट नै माओको योगदानको उचित मुल्याङ्कन हुने कुरा बताएको थियो ।” यो कुरा हल्लै हल्लाको अफवाह हो । किनभने यस्तो प्रस्ताव बारे कहिंकतै आधिकारिक रुपमा उल्लेख गरिएको पाइँदैन । सन् १९५६ मा भएको चिनीया कम्युनिस्ट पार्टीको ८ औँ महाधिवेशनमा माओ अल्पमतमा परेपछि ७ औँ महाधिवेशनले स्थापित गरेको माओविचारलाई हटाइएको थियो । तर सन् १९६९ मा सांस्कृतिक क्रान्तिका दौरानमा भएको ९ औँ महाधिवेशनमा पुनः माक्र्सवाद–लेनिनवाद–माओविचारधारालाई पार्टीको निर्देशक सिद्धान्तको रुपमा स्थापित गरेको थियो । स्मरण रहोस् यस महाधिवेशनमा माओले लिनप्याओले लेखेको राजनीतिक प्रतिवेदन खारेज गरी माओको निर्देशनमा केसले तयार पारेको प्रतिवेदन उनलाई वाचन गर्न लगाइएको थियो । लिनप्याओले लेखेको उक्त प्रतिवेदन कहिल्यै आधिकारिक रुपमा सार्वजनिक भएको छैन । सन् १९७३ मा भएको दशौँ महाधिवेशनमा प्रस्तुत प्रतिवेदनमा खारेज गरिएको लिनप्याओको प्रतिवेदनमा लिउसाओचिले जस्तै उत्पादन बढाउने लाइन ल्याएको कुरा उल्लेख गरिएको छ ।

माओको संकलित रचना भाग ९ मा ‘प्रान्तीय भ्रमणका क्रममा जिम्मेवार कमरेडहरुसँग माओको कुराकानी’ शीर्षकमा पेज ४४५ मा १९७० को अन्तिमतिर लिनप्याओको बारेमा यसरी कुरा उठाएको देखिन्छ : लिनप्याओको भनाई अनुसार बहुप्रतिभाशाली व्यक्तिको जन्म केही शताब्दीमा मात्र हुन्छ, चीन जस्तो देशमा त अझ केही शहस्रशताब्दीमा मात्र हुन्छ र माओले बालेका एक वाक्य बराबर १०,००० बाक्य बराबर हुन्छ भन्ने भनाइको खण्डन गर्दै माओले आफूलाई राज्यको अध्यक्ष हुन गरेको आग्रहलाई ६ पटकसम्म अस्वीकार गर्नु परेको कुरा बताउनुभयो । उनीहरु (लिनप्याओ गुट) का लागि चेनपोताका वाक्यहरु दश हजार गुणा महत्वको छ । माओको प्रतिस्थालाई अझ बढि स्थापित गर्न “स्थापित गर्ने महान् तरीका” बारे उनले कुरा गर्दथे । त्यसै गरी उक्त संकलित रचनाको पेज ४५१ को फुट नोट ११ मा माथिको भनाईलाई यसरी प्रष्ट पारिएको छ ः लिनप्याओ र चेनपोताले जनगणतन्त्र चीनको संविधानमा राज्य अध्यक्षको प्रावधान पुनस्र्थापित गर्न खोजेका थिए तर माओले सन् १९७० मार्चमा यसलाई खारेज गरिदिनुभयो । उनीहरुको दावी के थियो भने अध्यक्ष माओलाई यसले अझ बढि स्थापित गर्ने छ । तर माओको दृष्टिकोणमा उनीहरुको वास्तविक नियत माओको स्थानमा लिनप्याओलाई पार्टी तथा राज्यको प्रमुखको रुपमा सुनिश्चित गर्नु थियो ।

यसरी माथि आधिकारिक रुपमा उल्लेखित विषयलाई हेर्दा लिनप्याओले माओवादको प्रस्ताव गरेको होइन, बरु राज्यको अध्यक्ष वा सेरेमोनियल राष्ट्रपतिको रुपमा प्रस्ताव गरेको देखिन्छ । यो प्रस्ताव पारित भएको खण्डमा लिनप्याओलाई पार्टी र राज्य प्रमुख बन्ने ढोका खुल्ला हुने थियो । सायद माआले यसलाई नस्वीकार्दा लिनप्याओले माओको हत्या गर्ने योजना बनाएका थिए, जुन असफल भयो । माओवाद प्रस्ताव राखेर पारित भएको भए माओ अझ बढि प्राधिकारपूर्ण र शक्तिशाली अवस्थामा रहने थियो । त्यसैले लिनप्याओले माओवादको प्रस्ताव गरेको भन्ने भनाई पूर्णत गलत रहेको छ । एक छिन मानौँ त्यो प्रस्ताव गरेकै रहेछ भने पनि माओले त्यो अस्वीकार गर्नु माओको महान्ता नै हुन्थ्यो । न माक्र्स जिउँदै छँदा उहाँको योगदानलाई माक्र्सवादको रुपमा स्थापित गरियो, न त लेनिन जिउँदै छँदा उहाँको योगदानलाई लेनिनवादको रुपमा स्थापित गरियो । त्यसैले माओले आफू जिउँदै छँदा आफ्नो योगदानलाई माओवादको रुपमा स्थापित गराउने कुरै थिएन र आवश्यक पनि थिएन ।

२. क.असिम प्रस्तावमा भन्नु हुन्छ ः “यो स्पष्ट छ कि माओको योगदानलाई हामी माआत्सेतुङ्ग विचारधारा भन्छौँ माक्र्सवाद–लेनिनवादको विकासमा नयाँ चरण, माथिल्लो वा विकसित चरण हो । किनभने माओले माक्र्सवादी दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादका ३ वटै अंगहरुमा जुन सिर्जनात्मक विकास गर्नु भयो ….. ” यहाँ माओको योगदान तीन वटै संघटक अंगमा माओले विकास गर्नु भएको स्वीकार्नु भएको छ र यस विकासलाई नयाँ चरण, माथिल्लो चरण वा विकसित चरण भएको स्वीकार्नु भएको छ । तर यो विकासलाई सार्वभौम भन्न खोजिएको जस्तो देखिन्छ तर तोकेरै यस विकास सार्वभौम रहेको भनिएको छैन । तर यस भनाई कै निरन्तरतामा क.असिम भन्नु हुन्छ ः “तर यी सव योगदानहरु साम्राज्यवाद र सर्वहारा क्रान्तिको युग अन्तर्गतका कुरा हुन् । माओले माक्र्सवाद–लेनिनवादलाई विकसित गर्नुभयो, त्यो सत्य हो तर तेस्रो चरणको रुपमा व्याख्या गर्नुले तथ्यसित मेल खाँदैन ।…… एउटै युगमा नयाँ, उच्च वा विकसित चरणहरु हुन सक्छन् तर एकै युगमा दोस्रो र तेस्रो चरण हुन सक्दैन ।” जसरी पूँजीवादका विभिन्न रुपहरु प्रतिस्पर्धात्मक र एकाधिकारका रुपहरु हुन सक्छन्, त्यसै गरी साम्राज्यवादका पनि विभिन्न रुपहरुमा विकास हुन्छ । यी रुपहरु जुन सुकै भएपनि अहिलेको युग पूँजीवादी युग हो । माक्र्सवादलाई स्थापित गर्दा प्रतिस्पर्धात्मक पूँजीवादको युगका लागि भनेर गरिएको थिएन । पूँजीवादका लागि भनेर गरिएको थियो । किनभने त्यति वेला साम्राज्यवादी चरित्र विकसित भैसकेको थिएन । लेनिनले साम्राज्यवादको व्याख्यासहित क्रान्ति सम्पन्न गर्नुभयो र माक्र्सवादका तीनवटै संघटक अंगहरुमा सार्वभौमिक रुपमा विकास गर्नुभयो । माक्र्सवादलाई माक्र्सवाद–लेनिनवादमा विकास गर्नुभयो । त्यसपछिका क्रान्तिमा माक्र्सवादमा लेनिनको योगदानहरु नसमेटी वा माक्र्सवाद–लेनिनवादलाई नस्वीकारी सर्वहारा वर्गको क्रान्ति सम्पन्न हुनै सक्दैनथ्यो । स्तालिनले लेनिनवाद स्थापित गर्दा साम्राज्यवादी युगको माक्र्सवाद भनेर स्थापित गर्नुभयो र मार्गनिर्देशक सिद्धान्त माक्र्सवाद–लेनिनवादको रुपमा स्थापित गर्नुभयो । त्यसपछि विश्वका सबै क्रान्तिकारी कम्युनिस्टहरुले यसैलाई स्वीकारेर चीनलगायत धेरै देशमा क्रान्ति सम्पन्न गरे । तर स्तालिनले साम्राज्यवादको विकसित रुप हुनै नसक्ने कुरा र साम्राज्यवादी युगमा कम्युनिस्ट विचार सिद्धान्तका विकास भएर अर्को वाद हुनै नसक्ने कुरा कहिं कतै कहिल्यै गर्नु भएको छैन । किनभने विज्ञानलाई कुनै युग वा समयमा कैद गर्न सकिँदैन । तर क.असिम यही तर्क गर्दै हुनुहुन्छ, जुन पूर्णत गलत छ । माओले जसरी तीनवटै संघटक अंगहरुमा सार्वभौमिक रुपमा विकास गर्नुभयो, आज यसलाई नस्वीकार्ने हो भने क्रान्ति सम्पन्न गर्न सकिन्न र हामी माओको योगदानलाई आजको माक्र्सवाद भन्ने गर्छौँ । यसको अर्थ आज विश्वका सबै क्रान्तिकारी पार्टीहरुको मार्गनिर्देशक सिद्धान्त माक्र्सवाद–लेनिनवाद–माओवाद हुनु अनिवार्य छ ।

. क. असिम उक्त प्रस्तावमा भन्नु हुन्छ ः “युग र चरणको कुरा सारेर माओवाद मान्नेहरुले लेनिनलाई पछाडि ढकेल्ने खोजेको देखिन्छ ।” यो तर्क पनि गलत छ । केही कम्युनिस्ट पार्टीहरुले माक्र्सवाद–लेनिनवाद–माओवाद र मुख्यतः माओवाद भन्ने गरेका छन् । मुख्यतः माओवाद भन्दा माओवाद आजको माक्र्सवाद भन्न खोजिएको देखिन्छ । यो हरेक पटक भनिरहनु आवश्यक विषय भने होइन । तर माओवाद भन्नु लेनिनवादलाई पछाडि ढकेल्ने अर्थमा बुझ्ने हो भने लेनिनवाद भन्दा माक्र्सवादलाई पछाडि ढकेल्ने अर्थमा बुझ्नु पर्ने हुन्छ, जुन पूर्णत गलत हुन्छ । माक्र्सवाद–लेनिनवाद–माओवाद आजसम्मको विकसित सर्वहारा वर्गको विकसित विचार सिद्धान्त हो ।
४. क. असिम उक्त प्रस्तावमा भन्नु हुन्छ ः “पेरुमा गोञ्जालो विचारधारा ल्याउनका लागि माओवाद ल्याइयो । आरसीपी (युस)ले क. बब अबकिनलाई प्राधिकार घोषित ग¥यो । प्रचण्डलाई प्राधिकार बनाउन उनको विचार संस्थागत गर्न प्रचण्ड पथ ल्याउन माओवाद ल्याइयो ।” यी तर्कहरु पूर्णत गलत छन् ।

माक्र्सको निधन भएको लगत्तैपछि एन्जेल्सकै अगुवाइमा माक्र्सवाद स्थापित गरियो । लेनिनको निधन लगत्तैपछि स्तालिनले लेनिनवाद स्थापित गर्नुभयो । तर विडम्बना नै भन्नु पर्छ, माओको निधन लगत्तै चीनमा प्रतिक्रान्ति भएपछि माओवादीहरुमाथि दमन, गिरफ्तार तथा हत्या भयो र एन्जेल्स, स्तालिन जस्ता सहयोद्धाहरु माओको हकमा रहेन । त्यसैले त्यो भूमिका निभाउन विश्वका अन्य क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुको काँधमा आयो । यहाँ एउटा कुरा स्मरणीय छ कि चीनियाँ कम्युनिस्ट पार्टीको नवौँ र दशौँ महाधिवेशनका राजनीतिक प्रतिवेदनहरुमा माओविचार भनेको आजको माक्र्सवाद–लेनिनवाद हो भनेर स्पष्टसँग उल्लेख गरिएकौ छ ।

ढिलै भए पनि तात्कालिन अवस्थामा क्रान्ति अगाडि बढाइरहेको पेरु कम्युनिस्ट पार्टीको अगुवाईमा माओवादलाई स्थापित गर्ने काम भयो । त्यसपछि विश्वका अन्य कम्युनिस्ट पार्टीहरुले पनि माओवादको प्रयोग गरेर माओको उचित मुल्याङ्गन गर्ने र माओवादलाई स्थापित गर्ने काम भयो । यसभन्दा अगाडि ती सबैले माओविचार नै प्रयोग गर्दथे । जुन जुन पार्टीले माओवाद प्रयोग गरेर यसलाई स्थापित गर्ने काम भयो, ती पार्टीहरु प्रायः जसो जीवन मरणको युद्ध र क्रान्तिमा लागेका पार्टीहरु हुन् र तिनकै योगदानले आज माओवाद स्थापित भएको छ । नाम मात्रका कम्युनिस्ट पार्टीहरुले मात्र माओवाद प्रयोग गरेको भए त्यो संभव थिएन । क्रान्तिको हुतहुतिसहित माओको योगदानहरुको गहिराईमा गएर यसको घनत्व र आगामी क्रान्तिमा यसको महत्वको सही समझदारी भएपछि माओवाद प्रयोग भएको देखिन्छ ।

यसलाई हल्का ढंगले कुनै पार्टीका नेतालाई प्राधिकार बनाउन वा उनको नाम पछाडि विचारधार वा पथ थप्न ल्याइएको भन्ने बुझाईमा कुनै तुक छैन । यो बुझाई पूर्णत ःगलत छ । यसका उदाहरण नेपाललाई नै लिँदा पनि हुन्छ । प्रचण्ड पथ बनाउन माओवाद ल्याइएको होइन, विसं. २०४५ सालमा क.किरण नेकपा (मशाल)को महामन्त्री हुँदै माओवाद प्रयोग गरिएको हो । जहाँसम्म महान् जनयुद्धको दौरानमा ०५७ सालमा प्रचण्डपथ राख्ने काम भयो, त्यति वेला ठिकै गरिएको जस्तो ठानिए तापनि त्यो गल्ती भएको समिक्षा गरिएको छ । यसको मतलब माओवादको प्रयोग गलत भएको भन्ने होइन, त्यो सही नै थियो र आज पनि सही नै रहेको छ । यसले एउटा कुरा भने स्पष्ट र गंभीर शिक्षा प्रदान गरेको छ । त्यो हो, विश्वका कुनै पनि देशमा क्रान्तिमा अगाडि बढिरहेका क्रान्तिकारी कम्युनिस्ट पार्टीको नेताको नाममा विचार संश्लेषण गर्ने र प्राधिकार बनाउने कुरामा भने अत्यन्त सतर्क र संवेदनशील हुनै पर्दछ । यो कुरा पनि सत्य हो, आजको क्रान्तिको विचार सिद्धान्त र विज्ञान माक्र्सवाद–लेनिनवाद–माओवाद नै हो ।

०८१ असोज १५