दाङ,असोज २१
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल तुलसीपुर उपमहानगरपालिका नगर एकता सम्मेलन तुलसीपुरको बिजौरीमा सम्पन्न भएको छ ।
पार्टीको नगर संयोजक इश्वरी प्रसाद गैरेको अध्यक्षतामा भएको सम्मेलनमा क्रान्तिकारी कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इञ्चार्ज नारायण योगी , पार्टीका रोल्पा जिल्ला इञ्चार्ज नारायण भण्डारी नगर इञ्चार्ज सशिराम बुढाथोकीको बिशेष उपस्थितिमा एकता सम्मेलन सम्पन्न भएको छ ।
एकता सम्मेलनले मन बहादुर वलीलाई तुलसीपुर उपमहानगरपालिका सचिवमा सर्बसम्मत निर्बाचित गरेको छ ।
उक्त सम्मेलनले १५ सदस्यीय तुलसीपुर उपमहानगरपालिका नगर समिति गठन गरेको छ ।
निर्बाचित नयाँ नगर समितिलाई बधाई तथा शुभकामना दिदै दाङ जिल्ला इञ्चार्ज नारायण योगीले तिनवटा पार्टी भत्काएर नयाँ पार्टी जन्मेको हुदा अबको दिन एकता महाधिवेशन मङ्सिर १३ सम्म डटेर खटन र एकता महाधिवेशन सम्पन्न गर्नका लागि दिनरात खटेर नयाँ खोज अनुसन्धान नयाँ बिचार सहितको पार्टी स्थापना गर्न जोड दिनुपर्ने भएकोले अहिलेको आबस्यकता पार्टीको एकता महाधिवेशन सम्पन्न गर्न सम्पुर्ण नेता कार्यकर्ताहरु जिम्मेवारीका साथ काममा खटनुपर्ने कुरा राख्दै प्रशिक्षणात्मक मन्तब्य राख्नु भएको थियो । अर्का केन्द्रीय सदस्य नारायण भण्डारीले अबको आबस्यकता भनेको नयाँ बिचार सहितको नयाँ पार्टी नयाँ योजनाका साथ नयाँ जनबादी क्रान्ति सम्पन्न गरि बैज्ञानिक समाजबादमा पुग्ने मार्गचित्र बन्ने सोही अनुसार एकता महाधिवेशन बाट नयाँ बिचार सहितको पार्टी बनाउनपर्ने कुरा राख्नुभएको थियो ।
तुलसीपुर नगर इञ्चार्ज सशिराम बुढाथोकी लगाएतका बक्ताहरुले बधाई तथा शुभकामना भन्तब्य राख्नु भएको थियो । कार्यक्रममा शुभकामना मन्तब्य हुपमान राना र कार्यक्रम सञ्चालन इन्दु वलीले गर्नु भएको थियो ।
ताजा समाचार
© 2024, All right reserved to मूलबाटो