भारत । अखिल भारत नेपाली एकता समाजले पश्चिमउत्तर क्षेत्रीय समितिका सचिव शम्भु थापाकी आमा हरी माया थापा मगर प्रति श्रद्धाञ्जली अर्पण गरेको छ । हरिमाया थापा मगरको २४ सितंबर २०२४ का दिन ८१ वर्षको उमेरमा उपचारको क्रममा असामयिक निधन भएको छ।उहाँको निधनको दुःखद समाचारले अखिलभारत नेपाली एकता समाजलाई निकै मर्माहात बनाएको छ ।अखिल भारत नेपाली एकता समाज वहाँको दुःखद निधन प्रति गहिरो दुःख प्रकट गर्दै शोकाकुल परिवार प्रति धैर्य धारण गर्ने शक्ति मिलोश भन्दै समवेदना प्रकट गरेको छ ।
हरीमाया थापा सर्लाही हरिवन नगरपालिका वाड नंबर १० ,सर्लाही जिल्ला निवासी हुनुहुन्छ । हरीमाया थापाको शम्भु थापा एवम् गोठ बहादुर थापा मगर, जेठा छोरा (मृत्यु भैसकेका ) छबिलाल थापा मगर ,जेठी बुवारी कुमारी थापा मगर, नाती गोबिन्दा थापा मगर, नातिनी निषा थापा मगर, बुहारी मिना थापा मगर, नातिनी मनिषा थापा मगर, मोनिका थापा मगर, नाती दिक्क्षीत थापा मगर ,साईला छोरा बिजय थापा मगर ,बुहारी नबिना थापा मगर ,नातीनी खुस्बु थापा मगर ,नोनि थापा मगर ,कान्छा छोरा भोज बाहादुर थापा मगर ,बुहारी ऊषा थापा मगर ,नातिनी सिक्षा थापा मगर रसाक्क्षी थापा मगर रहेका छन् ।