२०७७ श्रावण ३२ का दिन पथिक दाइ (गृह मन्त्री रामबहादुर थापा बादलका राजनैतीक सल्लाहकार सुर्य सुवेदि) ले बिहानै फोन गर्नु भयो। सामान्य भलाकुसारी पछि नेपाल सरकारले बर्सेनि विभिन्न क्षेत्रमा विशिस्ट योगदान पुर्याउने हरुलाइ सम्मानित गर्न पदकहरु प्रदान गर्ने र यस पटक यौटा पात्र जगतबहादुर श्रेष्ठ पनि रहेको बताउनु भयो। कुराकानी कै क्रममा त्यस बिषयमा जगतबाको राय बुझिदिन आग्रह गर्नु भयो । दुनियाँ भरीमा नोबेल पुरस्कार नै अस्विकार गर्नेहरु पनि छन । मोदि नेतृत्वमा सरकार बने पछि भारतमा पनि थुप्रै सम्मानित र बिभुषितहरुले सम्मान, पदक र पदवी र विभुषणहरु फिर्ता गरेका पछिल्ला धेरै उदाहरणहरु छन । नेपालमा राज्यले प्रदान गर्दै आएको पदक र सम्मानहरुका विषयमा प्रश्नहरु पनि उठि रहेकै छन । जगतबाले पदक स्वीकार गर्ने कुरामा आशंकाकै कारण पथिक दाइले म मार्फत सोधनु भएको हुन सक्छ , नत्र माओवादी पृष्ठभुमि भएका त्यो तहका कसैले पनि जगतबासंग सोझै सम्पर्क गर्न कुनै गाह्रो कुरा हैन । अझ पथिक दाइ त सहकार्यका हिसाबले पनि जगत बासंग आफैं धेरै नजीकबाट सहकार्य गर्नु भएको मान्छे ।
कम्युनिस्ट आदर्श अनुसारको राज्य स्थापना का लागि क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माणका लागि जगतबहादुर श्रेष्ठले आफ्नो जिवनको उर्जाशिल समय खर्च गर्नु भएको छ । राणा शासन , पञ्चायत काल , बहुदलिय शासन व्यवस्थासंग बिना कुनै मोलाहिजा निरन्तर संघर्षरत एक असल कम्युनिस्टले जनताको हित बाहेक अरु केही सोच्न पनि सक्दैन । जिवनभर संशोधनवादका विरुद्ध बैचारिक बहसमा आफुलाइ मार्क्सवादको पक्षमा दृढतापुर्वक उभ्याइ रहनु भएका तमाम मार्क्सवादीहरुले कहिल्यै पनि कुनै आशीर्वाद र पारितोषिकको अपेक्षा गरेको हुँदैन । जब राज्यको चरित्र निवर्गिय हुन्छ , वर्गीय मुक्तिका पक्षमा बोल्ने र लडनेहरु उसका विरुद्ध संघर्षमै हुन्छन र हुनुपर्छ ।
दिनहुुँ बढी रहेको बलात्कार र हत्याको घटनाले यो व्यवस्था र सरकारको चरित्र उजागर गर्द्छ । दिनहुँ भारतीय विस्तारवादद्वारा नेपाली सिमा मिचिएको प्रती जगतबहादुर श्रेष्ठ चिन्तित अनि आक्रोशित हुनुहुन्थ्यो । आफ्नो कमजोर शारीरिक अवस्थाका बावजुद दिनहुँ पत्रपत्रिका एवं सामाजिक संजालमा वहाँले जनजिबिका एवं राष्ट्रियता प्रती चासो राखेर आफ्ना बिचारहरु व्यक्त गरि रहनु भयो । जनतालाइ राष्ट्रियता प्रती सजग र संघर्षकालागि प्रेरित गरि रहनु भयो । कहिल्यै कुनै पद र सुबिधाको अपेक्षा गर्नु भएन।
जगतबहादुर श्रेष्ठको बारेमा क। किरणले भन्नू भएको छ ।। समग्र प्रक्रियामा उहाँले पार्टीद्वारा सञ्चालित राष्ट्रियता, जनतन्त्र तथा जनजिविकाका आन्दोलनमा यथेष्ट भुमिका निर्वाह गर्नु भयो । उहाँ देशको राष्ट्रिय स्वाधीनताको पक्ष तथा साम्राज्यवाद रविस्तारवादका विरुद्धमा दृढतापूर्वक उभिदै र हामीलाई देश तथा जनताको मुक्तिका निम्ति निरन्तर अगाडि बढ्न उत्प्रेरित गर्दै आउनु भएको छ ।
जगतबाले राजनैतिक संगठन वा अरु कुनै पनि संस्थाहरुमा पदको चाहना कहिल्यै पनि राख्नु भएन । आफ्नो जिम्मामा आउने भुमिकाहरुलाई इमान्दारीतापुर्वक पूरा गरि रहनु भयो । तर आफुले निर्वाह गरेका भुमिकालाई भर्याङ बनाएर उचाँईमा पुग्ने कोसिस कुनै बेलामा पनि गर्नु भएन । आफ्ना भुमिकाका बलमा समाजमा आउने परिवर्तन नै उहाँको लागि काफी हुन्थ्यो ।
कोरोनाको आतंक देखाएर जनतालाई लकडाउनको नाममा घरमै थुन्ने र लूटको स्वर्गलाइ टिकाइ राख्ने दुनियाँ भरिका शासकहरुको फर्मुला बनेको छ । आपतकालीन अवस्थामा जनतालाई राहतको नाममा पाँच पाँच किलो चामल ९ त्यो पनि जटिल सरकारि प्रक्रिया पूरा गरेर केही सुकुम्बासी र मजदुरहरुलाइ मात्र ० बाँडेर समाजवाद उन्मुख भनिएको सरकारको नेतृत्व गरेको पार्टी पदकै लागि अन्तर्संघर्षमा फस्नु देशकै लागि दुर्भाग्यपूर्ण हो । खेतमा हाल्ने रासायनिक मल नपाएर किसानहरूको हालत खराब छ । समयमा मलखाद पनि पुर्याउन नसक्ने सरकार रामराज्यको परिकल्पना गर्दै रामको मन्दिर र मुर्ति निर्माण गर्न अग्रसर बनी रहेको छ । भारतबाट कोरोना त्रासका कारण फर्केका नेपालीहरु भोकभोकै मर्नु भन्दा रोगसँग लडन जाती मानेर हजारौंको संख्यामा दैनिक भारत फर्केको दृश्य नै यो सरकारको जनघाती अनुहारको ऐनामा देखिएको तस्बिर हो।
वहाँ सम्बद्द पार्टी यो संसदीय व्यवस्था र संविधानका विरुद्ध निरन्तर संघर्षरत छ । क्रान्तिकारी कम्युनिस्ट आन्दोलन धेरै ठूलो वर्गसंघर्ष र अन्तरसंघर्ष पार गरेर यहाँसम्म आइ पुगेको हो । बैचारिक संघर्षका क्रममा जगतबाले जहिले पनि आफुलाइ क्रान्तिकारी कित्तामा उभ्याउनु मात्र भएन , त्यसको नेतृत्व पनि गरि रहनु भयो । दक्षिणपन्थी संसोधनका विरुद्ध बैचारिक संघर्षका क्रममा मार्क्सवादका पक्षमा सतिसाल झैं ठिङ्ग उभिइ रहनु भयो । वर्गसंघर्षका सन्दर्भमा कहिले पनि आत्मसुरक्षावादमा फसनु भएन । गोर्खाको चर्चित भकारीफोर आन्दोलन लगायत प्रारम्भिक संघर्षका नेतृत्व समेत गर्नु भयो । शिक्षण पेशामा रहदा पेशागत हकहितका लागि निरन्तर संघर्षमै रहनु भयो ।
देशमा अहिले कथित कम्युनिस्ट भन्नेहरुको शासन छ । विश्वव्यापी कोरोना महामारीको बेलामा त्यसलाई रोकथाम गर्ने आकस्मिक कारण देखाएर सरकार भ्रष्टाचारमा मस्त छ । सरकार र मन्त्री निकटका व्यापारीहरुको हातमा अधिकांश खरिद अधिकार छ । वाइड बडी , सेक्युरिटी प्रेस , बालुवाटार जग्गा खरिद प्रकरणमा पार्टीका उच्च तहका नेता तथा सरकारका मन्त्रीहरु सहभागी भएका छन् । नेपाली जनताको व्यापक विरोधका बावजुद राष्ट्रघाती एमसिसी लागू गर्न सरकार विभिन्न बहाना बनाउँदै आएको छ । सत्ताको आडमा अन्य पार्टी फुटाउनका लागि सांसद अपहरण सम्मका घटनामा सत्ताधारी दलका सांसदहरू नै संलग्न भएका छन् ।
यो भन्दा पहिले पनि धेरै संघ संस्थाहरुबाट सम्मानका प्रस्ताव आएका थिए। आफ्ना आदर्श बिपरित खडा भएका र नैतिक आचरण ठिक नभएका व्यक्तिहरुले नेतृत्व गरेका संघ संस्था र संगठनहरुका कैयौ प्रस्तावहरु वहाँले ठाडै अस्वीकार गरिदिनु हुन्थ्यो। जगतबाले यो संबिधानलाइ स्वीकार गर्नु भएन ।
यस्तो अवस्थामा जगतबाले पदक लिनुहुन्छ भन्नेमा पथिकदाइ स्वयं आशावादी हुनुहुन्न थियो । मैले जगतबालाई फोन गरें । मेरो कुरा सुनी सकेपछि ू राज्यबाट गरिने त्यस्तो कुनै पनि सम्मान वा पदकको चाहना ममा छैन । समाजकालागी मैले जेजति गरें त्यो मेरो कर्तव्य थियो ू भनेर भन्न भयो । मैले पथिक दाइलाई त्यही कुराजानकारी गराइदिएँ । पैसा तिरेर सम्मान थाप्नेहरुको समाजमा यस्ता अपवादका मानिससँगको संगत पनि धेरैल् श्रेयस्कर लाग्छ मलाई । एउटा दुब्लो , पातलो रोगी र बृद्धअबश्थाको मान्छेले स्वाभिमानको झन्डा झन उचाइमा उचाली रहेको दृश्य मेरो मानसपटलमा सधैं रहि रहने छ ।