अखिल (क्रान्तिकारी ) र अखिल ( छैटौं )को एकता भेलाव्दारा अनेरास्ववियु (क्रान्तिकारी )४ नं.प्रदेश समिति गठन

अखिल (क्रान्तिकारी ) र अखिल ( छैटौं )को एकता भेलाव्दारा अनेरास्ववियु (क्रान्तिकारी )४ नं.प्रदेश समिति गठन

पोखरा ।
अखिल (क्रान्तिकारी ) र अखिल ( छैटौं ) ४ नं.प्रदेश एकता भेलाव्दारा अनेरास्ववियु (क्रान्तिकारी )४ नं.प्रदेश समिति गठन ।
अखिल (क्रान्तिकारी )का केन्द्रिय संयोजक क.महेश श्रेष्ठले विद्यार्थीको झन्डा फहरायर उद्घाटन गर्नु भएको थियो । बिशिस्ट अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यालय सदस्य तथा ४ नं. प्रदेश संयोजक चिन्ता मणि पौडेलले भेला सफलताको शुभकामना दिनु भएको थियो ।
भेला सफलताको शुभकामना तथा आतिथ्यतामा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका सचिबालय सदस्य द्वय क. केश बहादुर परियार क. आकाश गौतम सदस्यहरु क.नारायण अधिकारी, क. बिक्रम थापा,क. भिम श्रीस क.दिपक गुरुङ, अखिल (क्रान्तिकारी) का केन्द्रिय सह संयोजक क.प्रभात भट्टराई जनजाति नेता पुर्ण लामा कलाकार क.जुना थापा, क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका पर्बत सह–संयोजक क.राजेन्द्र पाठक अन्तरास्ट्रिय नेपाली एकता समाजका नेता क.मान ब.थापा हुनुहुन्थ्यो ।
सहिद प्रती एक मिनेट मौनधारण गरी श्रद्धाञ्जली अर्पण गरि कार्यक्रम सुरु भएको उक्त कार्यक्रमको अध्यक्षता क.लक्ष्मण बि.क.ले र सन्चालन क.हिमाल रसाइली र स्वागत मन्तव्य क.स्नेहा गौतमले गर्नु भएको थियो ।
भेलाले क.लक्ष्मण बि .कको अध्यक्षतामा ११ सदस्यीय ४ नं. प्रदेस संगठन समिती निर्बाचित गरेको छ । सदस्यहरुमा क्रमश क.स्नेहा गौतम, क. हिमाल रसाइली, क.स्नेहा अधिकारी, क.किरण ज्ञवाली,क. प्रकृति पाठक, क.याम ब सोमै,क धनु पुन, सुनिल बिक,लगायत हुनुहुन्छ ।