क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल राष्ट्रिय एकता महाधिवेशन प्रचार प्रसार कार्यक्रमको कार्यतालिका

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल राष्ट्रिय एकता महाधिवेशन प्रचार प्रसार कार्यक्रमको कार्यतालिका

राष्ट्रिय एकता महाधिवेशन केन्द्रीय प्रचार प्रसार समितिको जुम बैठक विस २०८१ भदौ १२ गते साझ समितिका संयोजक क. राजवीरको अध्यक्षतामा वस्यो । बैठकमा प्रचार प्रसार समितिका संयोजक कमरेड राजवीरले पार्टी निर्णयको व्रिफिङ सहित प्रचार प्रसार कार्यक्रमको खाका प्रस्तुत गर्नुभयो र सहभागी कमरेडहरुको सुझावहरुको आधारमा निम्नानुसार कार्यक्रम बनाईएकोछ ः
१ क) विस २०८१ साल भदौ २० गते काठमाडौँमा केन्द्रीय स्तरबाट पत्रकार सम्मेलन गर्ने ।
ख) विस २०८१ भदौ मसान्तसम्म देशका निम्न नाकाहरुमा महाधिवेशनको मूल नारा, समय र स्थान उल्लेख गरेर होडिङ÷फल्यास बोर्ड राख्ने ।
१) काँकभित्ता नाका – झापा जिल्लाले २) जोगवनिको नाका – इहटरीमा मोरङ जिल्लाले ३) विरगन्ज नाका – पर्सा, बाराले ४) तातोपानी नाका – सिन्धुपाल्चोक जिल्लाले ५) रसुवा नाका – रसुवा र नुवाकोट जिल्लाले ६) भैरहवा सुनौली नाका – रुपन्देही जिल्लाले ७) कृष्णनगर नाका – कपिलवस्तु जिल्लाले ८) नेपालगन्ज रुपैडिया नाका–बाँके जिल्लाले ९) धनगढी गौरीफन्टा नाका – कैलाली जिल्लाले १०) महेन्द्रनगर गड्डाचौकी नाका – कन्चनपुर जिल्लाले ११) मुस्ताङ –४ नम्वर प्रदेशले १२) काभ्रेसाँगाचोक – काभ्रे जिल्लाले १३) नागढुंगा र टोखा नाका – काठमाडौँ जिल्लाले १४) कुलेखानी नाका – ललितपुर जिल्लाले ग) विस २०८१ साल असोज १५ सम्म देशैभरी वालपेन्टीङ गर्ने ।
ग) कार्तिक महिना देखी कोणसभाहरु गर्ने, कोण सभाहरुमा पर्चा पोस्टर हयानडिल वितरणगर्नुको साथै सकेसम्म साँस्कृतिक कार्यक्रमहरु पनि गर्ने ।
घ) जिङ्गलहरु बनाएर कार्तिक देखी नै बजाउन शूरु गर्ने ।
ङ) रेडियो, टेलीभिजन र पत्रपत्रिकाहरुमा पार्टी नेताहरुको अन्र्तवार्ता दिने ।
च) प्रचार प्रसारका सबै कार्यक्रमहरुलाई सामाजिक संजाल फेसवुक युटुव आदिबाट पनि प्रचार प्रसार गर्ने ।
छ) संभव भएसम्म मोवायल रिङ ब्याकटोनहरु राख्ने ।
ज) राष्ट्रियस्तरका पत्रिकाहरुमा विज्ञापन दिने ।
झ) मंसिरमा काठमाडौँ पस्ने मुख्य–मुख्य नाकाहरुमा व्यानर, तुल, झण्डाहरु सजाउने, सम्भव भएसम्म स्वागतद्धारहरु बनाउने, आवश्यकतानुसार अन्य थप कार्यक्रम पनि गर्दै जाने निर्णय भएको छ ।
महाधिवेशनको मुल नारा निम्न तय गरिएको छ ःः–
‘राष्ट्रिय एकता महाधिवेशन भब्य रुपमा सफल पारौँ !’
‘नयाँ जनवादको खुडकिलो पार गर्दै बैज्ञानिक समाजवादतर्फ अगाडि बढौँ !!’

महाधिवेशन हुने समय ः विस २०८१ साल मंसिर १३ देखी २३ सम्म काठमाडौँमा हुनेछ ।

माथि उल्लेखित कार्यक्रम सम्पन्न गर्न गम्भिरतापूर्वक लाग्न सबैमा अनुरोध गरिएको छ ।