यसकारण याे संविधान जनताकाे हाेइन 

यसकारण याे संविधान जनताकाे हाेइन 

(अाज नेपालमा संविधान दिवश र राष्ट्रिय दिवश मनाउन सरकारले उर्दी जारी गरिरहँदा अखिल नेपाल जनसांस्कृतिक महासङ्घका केन्द्रीय सदस्य तथा अखिल नेपाल ललितकला सङ्घका केन्द्रीय सहसंयाेजक खगेश्वर भण्डारीले वर्तमान संविधानबारे टिप्पणी गर्दै चित्र र विचार मार्फत अाफ्नाे धारणा प्रस्तुत गरेकाे कुरालाइ सान्दर्भिक लागेर यहाँ प्रकाशित गिरएकाे छ । – सम्पादक)

 

१. याे संविधानले दस वर्षको जनयुद्ध र जनआन्दोलनकाे मर्मलाई अस्वीकार गरेको छ ।

२. दलाल पुँजिवादलाई प्रवेश खुल्ला गरिदियाे ।

३. पुरानाे कुसंस्कृति हटेर नयाँ माैलिक संस्कृति निर्माण हुनुपर्नेमा परसंस्कृतीकरणलाई र अराजक, छाडा संस्कृतिलाई भित्रने बाटाे खुल्ला गरिदियाे ।

४ बहुलवादकाे नाममा विदेशी दलाल समेत सत्तामा पुग्न सक्ने भर्याङ बनेकाे छ ।

५. याे संविधान जनताको वलिदानीमा ब्वाँसाहरू नाच्ने मञ्च बन्याे ।

६ भ्रष्टाचार, युवाहरूको विदेश पलायन र छाडा एवम् अराजक संस्कृतिलाई नियन्त्रण गर्न सकेकाे छैन ।

७. याे जनवादी संविधान हाेइन ।

८ याे संविधानबाट समाजवादी यात्रा असफल प्रयास हाे ।