राष्ट्रिय एकता महाधिवेशनका लागि कं असिम र क. किरणव्दारा जनयुद्धको समीक्षा सम्बन्धी प्रस्तावित दुई फरक प्रस्तावहरु

राष्ट्रिय एकता महाधिवेशनका लागि कं असिम र क. किरणव्दारा जनयुद्धको समीक्षा सम्बन्धी प्रस्तावित दुई फरक प्रस्तावहरु

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको २०८१ मंसीर १३देखि २३ सम्म काठमान्डौमा हुन गइरहेको राष्ट्रिय एकता महाधिवेशनका लागि खुला बहसमा लैजाने निर्णय गरिएका जनयुद्धको समीक्षा,माओवाद वा माओविचारधारा  र संघीयता सम्बन्धी फरक  प्रस्तावहरुलाई क्रमसः प्रकाशित गर्दै लैजाने निर्णय बमोजिम महाधिवेशनका लागि कं असिम र क. किरणव्दारा प्रस्तावित निम्न दुई फरक प्रस्तावहरु यहाँ छलफल र बहसका निम्ति प्रकाशित गरिएको छः सम्पादक)

जनयुद्धको समीक्षा सम्बन्धी प्रस्ताव
असीम
नेकपा (माओवादी) ले २०५२ साल फागुन १ गतेदेखि संचालन गरेको सशस्त्र संघर्ष २०६३ मंसिर ५ गते नेपाल सरकार र माओवादी बीच विस्तृत शान्ति सम्झौता २०६३ मार्फत् अन्ँत भएको थियो । माओवादी शान्ति प्रक्रियामा आएपछि नयाँ संविधानको निर्माण तथा संविधान सभाको निर्वाचन र सरकारमा पुगेपछि नेतृत्वको मूल पक्षको नीतिमा पुँजीवादीकरण भएपछि विभिन्न चिरामा विभाजन हुँदै मूल शक्ति छिन्नभिन्न भएको छ । प्रचण्ड नेतृत्वको एउटा घटक र बाबुराम नेतृत्वको अर्को घटक संसदवादमा पूर्णरुपले डुबेता पनि अन्य कैयौं घटकहरुले नेपालको क्रान्तिकारी आन्दोलनलाई अगाडि बढाउन पहल गरेको सिलसिलामा नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत) बीच पार्टी एकता भएको थियो । त्यसको एक वर्षपछि क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल र नेकपा (मशाल) बीच २०८१ वैशाख १९ मा पार्टी एकता भई क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको निर्माण भएको छ । आगामी महाधिवेशनमा १० वर्षे सशस्त्र संघर्षको पूर्ण समीक्षा गर्न आवश्यक छ । हुन त माओवादी सशस्त्र संघर्ष कम्युनिस्ट आन्दोलनको इतिहासमा विभिन्न क्षेत्रबाट समीक्षा भइरहेको छ र भविष्यमा पनि हुँदै जानेछ । तर पनि पार्टीले तात्कालिन सशस्त्र संघर्षका सकारात्मक तथा नकारात्मक पाटाहरुको विश्लेषण गर्दै त्यसबाट प्राप्त अनुभवहरुबाट शिक्षा लिंदै आगामी दिनको लागि ठोस मार्ग तयार गर्नुपर्दछ ।
माओवादीद्वारा संचालन गरिएको दशवर्षे सशस्त्र संघर्ष (यसलाई अब माओवादी जनयुद्ध भनिनेछ ) निम्न पुँजीवादी अराजकताको परिणाम थियो। कुन बेला सशस्त्र संघर्ष शुरु गर्ने र कुन बेला वैधानिक संघर्षमा जोड दिने वा कुन बेला अगाडि बढ्ने र कुन बेला पछाडि हट्ने भन्ने कुरा तात्कालिन भौतिक अवस्थाले निर्धारण गर्ने कुरा हो । त्यसैलाइ लेनिनले “ठोस परिस्थितिको ठोस विश्लेषण” भन्नु भएको हो । मात्रात्मक र गुणात्मकको भौतिकवादी द्वन्द्ववादको विपरीत जनआन्दोलनको कुनै पहल नगरिकन २०५२ साल माघ २२ गते तात्कालिन संयुक्त जनमोर्चाको तर्फबाट बाबुराम भट्टराईले तात्कालिन प्रधानमन्त्री शेरबहादुर देउवालाइृ ४० बुंदे ज्ञापन बुझाएको ठीक एक हप्तापछि जनयुद्धको घोषणा गरिएको थियो । त्यतिबेला “क्रान्ति शुरु गरेपछि त्यो आफै विकास हुन्छ” भन्ने मनोगतवादी सिद्धान्त लागु गरियो । वस्तुगत परिस्थिति तथा आत्मगत परिस्थिति दुवै तयार नभइकन जनयुद्ध शुरु गर्नाले माओवादी तथा राज्यपक्ष दुवैतर्फ मानवीय क्षति भयो । त्यसैलाई निहुँ बनाएर राज्य पक्षले जनतामाथि हत्या, गिरफ्तारी, जेल, अंगभंग हुने गरी ठूलो दमन ग¥यो । तर चाहे जुन सुकै कारणले होस्, निर्दोष र निशस्त्र जनता मारिन पुगे । कम्युनिस्टहरुले क्रान्तिको दौरानमा कम भन्दा कम मानवीय क्षति हुने वातावरण निर्माण गर्नुपर्छ । माओले भन्नु भएको थियो “युद्ध शुरु हुनुभन्दा अगाडि सबै किसिमका संगठन र संघर्ष युद्धको तयारीका लागि गरिनुपर्छ ।” तर त्यसो गरिएन । दुई वटा बन्दुकबाट जनयुद्धको शुरुवात गरियो । त्यसले के बताउँछ भने जनआन्दोलन समेतको पनि विकास नभएको र प्रतिक्रियावादी शक्ति संकटग्रस्त भएर असहाय नभइरहेको अवस्थामा प्रतिक्रियावादी सत्ताको सेनासँग लड्ने दुस्साहस गरियो । त्यसबेलाको परिस्थितिमा पार्टीलाई हजारौं युवाहरुको खाँचो प¥यो । सामन्ती दमन उत्पीडनबाट उत्पीडित जनता विभिन्न कारणले लडाकु बन्दै गए । त्यही क्रममा जनताका दुश्मनहरुको पनि घुसपैठ भयो । त्यसले पछि गएर पार्टीलाई ठूलो क्षति पु¥यायो ।
समाजमा देखिने सामान्य रिस, इवी, झगडा तथा दमन, उत्पीडन आदिका कारणले जनसेनामा भर्ति भएका लडाकुहरुले मनोगत प्रकारले योजना बनाएर कतिपय ठाउँमा आफ्नो प्रतिशोध लिनका लागि कतिपय व्यक्ति माथि पनि कार्वाही गरे । आफूलाई जीवित राख्नका लागि जनसेनाका लडाकुहरु जनताबीच जोर जवरजस्ती, धाक, धम्कीद्वारा आश्रय लिने र आर्थिक उपार्जन गर्ने बाध्यता भयो । क्रान्तिसम्बन्धी चेतना नभएका जनता एकातिर माओवादी जनसेनाबाट आतंकित हुन पुगे भने अर्कोतिर जनसेनालाई पालेको अभियोगमा सरकारी सेनाले जनतामाथि हत्या, बलात्कार, कुटपिट, गिरफ्तारी ग¥यो । कैयौ पटक सर्च अभियान नै चलाएर आतंकित पार्ने काम ग¥यो र हजारौंको हत्या ग¥यो ।
माओवादीले गरेका केही हमलाहरु सफल भएको भए तापनि धेरै जसो ठाउँमा माओवादीतर्फको क्षति ठूलो भयो । सानो फाइदाका लागि ठूलो क्षति व्यहोर्नु प¥यो । नियमित सेना बनाउने अवस्थामा माओवादी पुगेको थिएन । तर जनतालाई उत्साहित बनाउन नियमित सेना निर्माण गरियो । त्यो नियमित सेनाका लागि लजिस्टिक सामान उपलब्ध गराउन भरपर्दो स्रोत साधन थिएन । त्यसले गर्दा भारतबाट लुकाई छिपाई लजिस्टिक सामाग्री आयात गर्नु प¥यो । जनता जुन रुपमा सरकारी दमनको प्रतिरोध गर्न सडकमा उत्रनु पथ्र्यो, त्यसप्रकारको पूर्व तयारी नभएको कारणले माओवादीको आह्वानको बाबजुद पनि जनताले जनसंघर्षको माध्यमबाट समर्थन जाहेर गर्न सकेन । त्यसले गर्दा जनता तटस्थ र मुकदर्शक बन्न पुग्यो । आफूलाई सुरक्षित राख्नका लागि कैयौं व्यक्तिहरु नजिकको सदरमुकाम, नजिकको ठूलो शहर तथा राजधानी र कतिपय त त्यही अवसरमा विदेश पस्ने काम गरे । समग्रमा जनताको मनोविज्ञान हेर्दा प्रतिक्रियावादीहरुले प्रचार गरे जस्तै माओवादी भनेको डर र त्रासको प्रतिक बन्यो र त्यही प्रकारको भाष्य तयार भयो ।
एकातिर नेपालमा जनयुद्ध भयो भनेर संसारभरी प्रचार भयो र साम्राज्यवादीहरुले त्यसैलाई निहुँ बनाएर कम्युनिस्टहरुमाथि दमन गर्न नेपाललाई सैन्य सहयोग बढाए । सरकारले पनि सुरक्षा खर्चमा वृद्धि ग¥यो र नेपाली सेनालाई प्रविधियुक्त र प्रशिक्षित बनायो, अर्कोतिर माओवादीलाई रिमका घटकहरुको नैतिक समर्थन बाहेक अन्तर्राष्ट्रिय क्रान्तिकारी जनताबाट सहयोग र समर्थन प्राप्त हुन सकेन । परिणामस्वरुप माओवादी जनयुद्धलाई टिकाउने र निरन्तरता दिने समस्या खडा भयो ।
माओवादीले देशमा “तीनवटा पक्ष” रहेको कुरा प्रचारमा ल्याएको थियो –संसदवादी, राजावादी र माओवादी । माओवादीले राजनीतिक दलहरुलाई सुझाव दियो –कि माओवादीमा आउ कि त राजावादी पंक्तिमा जाउ । बीचको कुनै बाटो छैन । तेस्रो शक्ति नेपालमा छैन । माओवादीले राजासित कार्यगत एकताको कुरा ग¥यो । राजा पनि त्यो सशस्त्र द्वन्द्वकालमा चुप्पी साधे । दुई पक्षबीचको अघोषित एकताले संसदवादी दलहरुलाई संकटमा पु¥यायो । माओवादी लडाकुहरुले संसदवादी र गैरसंसदवादी दलहरुका कार्यकर्ता तथा समर्थकहरुमाथि भौतिक आक्रमण गर्ने काम गरे फलस्वरुप संसदवादी राजनीतिक दलहरुसित मैत्रीपूर्ण सम्बन्ध हुनुको साटो शत्रुतापूर्ण सम्बन्ध विकास हुँदै गयो ।
माओवादीले देशको ८० प्रतिशत भूभाग कब्जा गरेको भन्ने आफै प्रचार गरेपछि देशी तथा विदेशी प्रतिक्रियावादी शक्तिहरुले माओवादीलाई आतंकवादी घोषणा गर्ने, नेताहरुको टाउकोको मूल्य तोक्ने, सर्च अभियान चलाउने, हेलिकोप्टरबाट सेल्टरमाथि आक्रमण गर्ने, नेपाल तथा भारतबाट पक्रेर जेल हाल्ने जस्ता काम गरेपछि माओवादीले आफ्नो रणनीति बदलेर माओवादी जनयुद्धलाई शान्ति प्रक्रियामा अवतरण गर्ने दिशामा विचार गर्न थाल्यो । जनयुद्धलाई सुरक्षित अवतरण गर्ने सन्दर्भमा चुनवाङ बैठकबाट लोकतान्त्रिक गणतन्त्रको कार्यदिशा पारित गर्नु त्यसैको परिणाम थियो । त्यो रणनीति अन्तर्गत माओवादी र संसदवादी दलहरु एक अर्काका नजिक पुग्न थाले । पटकपटकका भेटघाट र वार्तापछि राजतन्त्रका विरुद्ध जाने सहमति भयो । दिल्लीमा भएको १२ बुंदे सहमति त्यसैको निष्कर्ष हो ।
माओवादी जनयुद्धको दौरानमा राज्य पक्ष वा माओवादी पक्षबाट निर्दोष नागरिकहरुमाथि जुन हत्या र ज्यादति भयो, त्यो युद्धरत सेनाले पालन गर्नु पर्ने आचारण भन्दा विपरीत कुरा थियो । त्यसले गर्दा जनसेनालाई जनताको बीचमा बाँच्न र एकाकार हुन गाह्रो प¥यो । प्रत्याक्रमणमा जानका लागि आफ्नो आधार इलाका हुनु पथ्र्यो । आधार इलाका बनाउन प्रयास त गरियो । तर प्रतिक्रियावादी सामन्तहरुलाई गाउँमा कार्वाही गर्ने नाममा सुराकी भन्दै सामान्य नागरिकमाथि पनि कार्वाही भयो । त्यसले गर्दा एकाध क्षेत्र बाहेक अन्य क्षेत्रमा आधार इलाकाहरु स्थापना हुन सकेनन् । सामान्य नागरिकलाई सुराकी भनेर सफाया गर्ने तर माओवादीले आफ्नै भित्रका सुराकीलाई ठीक पहिचान गर्न नसक्दा कैयौं ठाउँमा ठूलो संख्यामा जनताका होनहार छोराछोरीले ज्यान गुमाउनु प¥यो ।
दरबार हत्याकाण्डबाट तात्कालिन राजा वीरेन्द्रको वंश नास भएपछि ज्ञानेन्द्र राजा बने । उनले माओवादीको कार्यगत एकताको प्रस्तावलाई अस्वीकार गर्दै संसदवादी तथा माओवादी दुवै शक्तिमाथि दमनको नीति अपनाए र देशमा निरंकुश शासन चलाउन शुरु गरे । त्यसका विरुद्ध सात दल र माओवादी एक ठाउँमा उभिन बाध्यता भयो । त्यसले २०६२÷६३ को जनआन्दोलनका लागि परिस्थिति तयार भयो । त्यो परिस्थितिमा माओवादीले जनयुद्धलाई अगाडि निरन्तरता दिन नसक्ने अवस्थामा पुगिसकेको थियो । त्यसले गर्दा संविधानसभाको निर्वाचनको कार्यदिशामा आउनु परेको थियो । जनआन्दोलनको समाप्ति पछि संसदवादी दलहरुसित सहमतिका आधारमा संसदको पुनस्र्थापनामा सहमत हुनु परेको थियो । संसदको पुनस्र्थापनामा अन्तरिम संसदमा माओवादीका ८३ जना सांसद मनोनित भएका थिए । माओवादीको लक्ष्य नयाँ जनवाद, समाजवाद भएपनि माओवादी जनयुद्ध अगाडि बढ्न नसकेपछि माओवादीले पुँजीवादी लोकतान्त्रिक गणतन्त्रलाई स्वीकार गर्नु प¥यो । त्यो कम्युनिस्ट आन्दोलनका लागि ठूलो मूल्य चुकाएर सानो उपलब्धि हो । यसप्रकारको उपलब्धिका लागि हजारौं लडाकुहरुले वलिदान दिनु आवश्यक थिएन । जनआन्दोलन र जनविद्रोहबाट पनि प्राप्त गर्न सकिने उपलब्धि प्राप्त भएको हो । तैपनि शान्ति प्रक्रियामा आउनु माओवादीले ठीक समयमा ठीक कार्यदिशा अपनाएको हो । त्यसो नगरेको अवस्थामा माओवादी मात्र होइन, नेपाली जनताको अझै धेरै रगत बग्ने थियो । तर दुर्भाग्य यो भयो कि माओवादी नेतृत्वले हतियार सुपुर्दगी र अनमिनको मातहतमा सेना समायोजन गर्न सहमति ग¥यो, त्यसो गर्नु गलत भएको थियो । जनताको मुक्तिको सपना बोकेका हजारौं जनसेनालाई अनमिनले “अयोग्य” घोषणा ग¥यो । त्यसपछि पार्टी नेतृत्व क्रमशः दक्षिणपन्थी संशोधनवादी बाटो हुँदै विस्तारवाद तथा साम्राज्यवादका अगाडि आत्मसमर्पण गर्न पुग्यो । “उग्रवामपन्थी भड्काव अन्ततः दक्षिणपन्थी अवसरवादमा पतन हुन्छ” भन्ने लेनिनको विश्लेषण नेपालको झापा विद्रोह र माओवादी जनयुद्धमा पनि सत्य सावित भएको छ ।
माओवादी जनयुद्धमा जसले शोषक सामन्तको राज्यसत्तालाई समाप्त गरेर जनताको नयाँ जनवादी गणतन्त्र स्थापना गर्नका लागि युद्धमा होमिए, उनीहरुको क्रान्तिकारी सपना पूरा हुन सकेन । नेपाली वीर विरंगनाहरुले क्रान्तिको निम्ति रगतको आहुति दिए । अबका दिनमा त्यो सपना पूरा गर्नका लागि हामीले विगतमा नेतृत्वका अराजक, निम्न पुँजीवादी, मनोगतवादी तथा उग्र“वामपन्थी” विचारलाई सच्चाउँदै हाम्रा कार्यनीति तथा रणनीतिलाई ठीक ढंगले निर्धारण गर्दै सही क्रान्तिकारी दिशाका साथ अगाडि बढ्नुपर्छ ।
वास्तवमा जसलाई हामी जनयुद्ध भनेका छौं, त्यो जनताको जनयुद्ध थिएन । प्रचारात्मक रुपमा जनयुद्ध भन्नु र वास्तव मै जनयुद्ध हुनु फरक कुरा हो । भारतमा १९६७ देखि १९७२ सम्म सशस्त्र किसान विद्रोह भएको थियो । जसमा लाखौं लाख किसान, विद्यार्थी, मजदुर,पत्रकार विद्रोहमा सामेल भएका थिए । तर त्यसलाई जनयुद्ध भनिएन, किसान विद्रोह भनियो । तेलेंगना किसानहरुको संघर्षलाई पनि विद्रोह नै भनियो । “जनयुद्ध” पदावलीबारे पुनर्विचार गर्नुपर्छ । स्वयं माओवादी नेतृत्वद्वारा दिल्ली सम्झौतामा र विस्तृत शान्ति सम्झौतामा समेत जनयुद्ध भनेर स्वीकार गरिएको छैन ।
माओवादी जनयुद्ध जनयुद्ध नभएर सशस्त्र विद्रोह थियो भन्ने कुरा धेरै तथ्यहरुबाट पुष्टि हुन्छ । त्यस दौरानमा गरिएका एक्सनहरुको प्रकृतिले पनि माओवादी नेतृत्व सही माक्र्सवादी लेनिनवादी विचारले लैस थिएन भन्ने कुरा बताउँछ । लेनिनले क्रान्तिकारी सिद्धान्तविना क्रान्ति सम्पन्न हुनसक्दैन भने जस्तै अन्ततः माओवादी जनयुद्ध निष्कर्षमा पुग्न सकेन र नेतृत्व दक्षिणपन्थी अवसरवादमा पतन भयो । त्यसकारण यो भन्नका लागि आधार छ कि माओवादी जनयुद्ध एउटा उग्र “वामपन्थी” कार्य थियो । त्यसबाट उत्पन्न कैयौं दृष्परिणाम आजसम्म जनताले भोग्नु परेको छ । चीनमा लिलिसानको नेतृत्वमा गरिएको सशस्त्र विद्रोहलाई सेप्टेम्बर १९३० मा सम्पन्न छैठौं केन्द्रीय समितिको तेस्रो पूर्ण अधिवेशनले “वामपन्थी” दुस्साहसवाद भनेर आलोचना गरेको थियो । उनी आफै पनि आफ्नो गल्ती स्वीकार गर्दै नेतृत्व परित्याग गरेका थिए । त्यो अधिवेशनले दुस्साहसवादलाई सुधारेर अगाडि बढेको थियो । झापा विद्रोह यद्यपि त्यो पनि क्रान्तिकारी स्पीरिटद्वारा प्रेरित थियो, लाई उग्र“वामपन्थी” गल्ती भनेर मालेले सच्चाएको थियो ।
माओवादी जनयुद्धका सकारात्मक पक्षहरु पनि छन् । ती सकारात्मक पक्षहरुलाई हामीले उपलब्धिको रुपमा लिनुपर्छ । सर्वप्रथम त युगौंदेखि जरा गाडेको सामन्ती व्यवस्थाले जातीय, लैंगिक, क्षेत्रीय भेदभावका विरुद्ध उत्पीडित जनतालाई विद्रोहको भावनाबाट ओतप्रोत गराएको छ र दलित, महिला, मुस्लिम, मधेशी, जनजाति तथा सीमान्तकृत तप्काका उत्पीडित जनताको आवाज मुखरित भएको छ । त्यसक्रममा संविधानमा आरक्षण, समानुपातिक, समावेशी, छुवाछूत तथा जातीय विभेद विरुद्धको व्यवस्था आदिले पहिले भन्दा उत्पीडित जनतालाई सबलीकरण बनाएको छ । दुरदराजका गाउँमा पनि महिला, दलित, जनजाति, आदिवासी, सीमान्तकृत जनता अन्यायका विरुद्ध र न्याय प्राप्तिका लागि संघर्ष गर्न अधिकार पाएका छन् । दोस्रो कुरा, स्थानीय तहलाई संविधान मै अधिकार सम्पन्न बनाएपछि अहिले स्थानीय स्वायत्तताको अभ्यासको थालनी भएको छ । तेस्रो र महत्वपूर्ण कुरो २४० वर्षदेखिको राजसंस्था माओवादी जनयुद्धको पृष्ठभूमि र सहयोग सहित सम्पूर्ण राजनीतिक दलहरु तथा जनताको जनआन्दोलनबाट ढल्न पुगेको छ र अहिले प्रतिगामीहरु पुनस्र्थापनाका लागि छटपटाएका छन् । यिनी उपलब्धिहरु जनताले प्राप्त गर्नुमा माओवादीको प्रत्यक्ष वा अप्रत्यक्ष भूमिका रहेको छ ।
माओवादीको उद्देश्य र लक्ष्य पवित्र थियो –देशमा सामन्त, दलाल तथा नोकरशाही पुँजीपतिवर्गको सत्ताको अन्त गर्ने र जनताको जनवादी अधिनायकत्व कायम गर्ने । तर लक्ष्य पवित्र भएर मात्र पुग्दैन । नेतृत्वमा क्रान्तिलाई निरन्तरता दिन सक्ने परिपक्वता आवश्यक हुन्छ । नेतृत्वमा देखा परेको चरम महत्वकांक्षा, निम्न पुँजीवादी अधैर्यताले क्रान्तिलाई अराजकतातिर लग्यो । अराजकतावादको दृष्टिकोण यो हुन्छ कि प्रकृति र समाज, देखिने वस्तुहरु तथा विभिन्न सामाजिक राजनीतिक घटनाहरुलाई अराजकतावादीहरुले द्वन्द्वात्मक दृष्टिकोण अपनाउन सक्दैनन् । त्यसभित्रको नियमहरु जो हाम्रो चेतना भन्दा स्वतन्त्र हुन्छन्, त्यसलाई बुझ्न सक्दैनन् । द्वन्द्ववाद हाम्रो विचार, घटना र प्रत्येक पदार्थमा लागु हुन्छ । द्वन्द्वात्मक भौतिकवाद हामी माक्र्सवादी लेनिनवादीहरुको जीवन दर्शन र हाम्रो सर्वहारा विश्व दृष्टिकोण पनि हो । हरेक चीज एक्लो हुँदैन, एक अर्कासित अन्तर्सम्बन्धित हुन्छ । उग्र “वामपन्थी” चिन्तनको दार्शनिक स्रोत द्वन्द्ववाद हुँदैन, अधिभूतवाद हो । दक्षिणपन्थीहरुको दार्शनिक स्रोत पनि त्यही हो । उग्र“वामपन्थी” हरुले द्वन्द्वात्मक भौतिकवाद तथा ऐतिहासिक भौतिकवादको सिद्धान्त भन्दा बाहिर र बेग्लै प्रकारले, असम्बन्धित प्रकारले सोच्छन् । उनीहरु विषयलाई उपरी, सतही र भावनाका आधारमा बुझ्ने गर्छन् । त्यसकारण उग्र“वामपन्थी” भड्काव अपनाउन पुग्छन् । माओवादी जनयुद्धका बेलामा पनि भएको त्यही हो । यो बेग्लै हो कि सयौं नेता तथा हजारौं कार्यकर्ताहरुको बलिदानी तथा वीरतापूर्ण संघर्षले क्रान्तिकारी इतिहास बनेको छ । त्यो क्रान्तिकारी स्पीरिटको सम्मान गर्नुपर्छ र भावि पुस्तासम्मले सम्मान गरिरहने छ । तर त्याग, बलिदान, वीरता मात्र क्रान्तिको सफलताका लागि निर्णायक बन्न सक्दैन । त्यसको लागि परिस्थिति तयार हुँदै जानुपर्छ । आज माओवादी जनयुद्धले प्राप्त गरेका उपलब्धिहरु स्वयं तात्कालिन नेतृत्वबाटै आफू प्रतिक्रियावादी सत्तामा पुगेपछि खोसिँदै जानु र फासिवादसम्मको अभ्यास देखिनुमा पनि त्यतिबेलाका गल्तीकै परिणाम हुन् । माओवादी जनयुद्ध असफल हुनुमा कुनै व्यक्ति विशेषको गल्ती मात्र ठान्नु गलत हुनेछ । मूल कुरो तात्कालिन अवस्थाको ठोस मूल्यांकन गर्न नसक्नु ठूलो कमजोरी भएको छ । कमजोरी कुनै व्यक्तिको भन्दा पनि तात्कालिन नीतिमा भएको कमजोरीलाई समीक्षा गर्नुपर्छ । त्यसकारण आज हामीले माओवादी जनयुद्धका दौरानमा भएका उग्र“वामपन्थी” गल्ती भनेर गल्ती कमजोरीलाई स्वीकार गर्नुपर्छ । सच्चा कम्युनिस्टहरुले आफ्ना गल्ती लुकाउनु हुँदैन । जनता सामु आफ्ना कमजोरी खुलेर राख्यौं भने हामी जनताबीच गुमेको विश्वास पुनः प्राप्त गर्न सक्ने छांै । जनयुद्धका बेला नेतृत्व गरेका अवसरवादी पंक्ति अहिले दलाल संसदवादी व्यवस्थाका रक्षक बनेर गए पनि क्रान्तिकारीहरु आम समर्थक तथा जनताको पुनः विश्वास प्राप्त गरेर क्रान्तिको नेतृत्व गर्दै अगाडि बढ्न सफल हुनेछौं ।

जनयुद्धको समीक्षा सम्बन्धी प्रस्तावबारे
किरण
केन्द्रीय संगठन समितिका सहसंयोजक कमरेड असीमले राष्ट्रिय एकता महाधिवेशनको प्रक्रियामा छलफल तथा बहसका लागि “जनयुद्धको समीक्षा सम्बन्धी प्रस्ताव” पेश गर्नुभएको छ । सो प्रस्तावमा उहाँले तात्कालिक नेकपा माओवादीद्वारा संचालित जनयुद्धलाई “निम्न पुँजीवादी, मनोगतवादी तथा उग्र वामपन्थी” विचार बताउनु भएको छ र त्यसलाई सच्याउँदै अगाडि बढ्नुपर्ने कुरामा जोड दिनु भएको छ । यहाँ म यसै प्रस्तावको विषयमा आफ्नो अभिमत जाहेर गर्न गइरहेको छु ।
कमरेड असीम आफ्नो प्रस्तावमा भन्नुहुन्छ “माओवादी जनयुद्ध जनयुद्ध नभएर सशस्त्र विद्रोह थियो भन्ने कुरा धेरै तथ्यहरुबाट पुष्टि हुन्छ । त्यस दौरानमा गरिएका एक्सनहरुको प्रकृतिले पनि माओवादी नेतृत्व सही माक्र्सवादी लेनिनवादी विचारले लैस थिएन भन्ने कुरा बताउँछ । लेनिनले क्रान्तिकारी सिद्धान्तविना क्रान्ति सम्पन्न हुनसक्दैन भने जस्तै अन्ततः माओवादी जनयुद्ध निष्कर्षमा पुग्न सकेन र नेतृत्व दक्षिणपन्थी अवसरवादमा पतन भयो । त्यसकारण यो भन्नका लागि आधार छ कि माओवादी जनयुद्ध एउटा उग्र “वामपन्थी” कार्य थियो । त्यसबाट उत्पन्न कैयौं दुष्परिणाम आजसम्म जनताले भोग्नु परेको छ ।” (जनयुद्धको समीक्षा सम्बन्धी प्रस्ताव पृष्ठ ३) ।
माओवादी जनयुद्ध जनयुद्ध होइन र त्यो उग्र “वामपन्थी” गल्ती हो भन्ने कुराको पुष्टिका लागि कमरेड असीमले गलत ढंगबाट विभिन्न प्रकारका विषय तथा तर्कहरुलाई अगाडि सार्ने काम गर्नुभएको छ । यस सन्दर्भमा निम्न अनुसारका विषयमाथि दृष्टि दिनु आवश्यक छ ।
सर्वप्रथम, कमरेड असीमका अनुसार जनयुद्धको थालनी गर्दा ठोस परिस्थितिको ठोस विश्लेषण गर्ने तर्फ आवश्यक ध्यान दिइएन र वस्तुगत परिस्थिति तथा आत्मगत परिस्थिति दुवै तयार नभईकन जनयुद्ध सुरु गर्दा ठूलो क्षति हुन पुग्यो । जनयुद्ध निम्नपुँजीवादी अराजकताको परिणाम थियो र क्रान्ति सुरु गरेपछि त्यो आफै विकसित हुन्छ भन्ने मनोगतवादी सिद्धान्तलाई अवलम्बन गरियो ।
कमरेड असीमले उक्त प्रकारका धारणा प्रस्तुत गर्दा क्रान्तिका लागि परिस्थितिको अध्ययन गर्ने सन्दर्भमा पुँजीवादी विकास भएको मुलुकका लागि उपयुक्त हुने सशस्त्र जनविद्रोह र अर्ध सामन्ती तथा अर्ध औपनिवेशिक अवस्थामा रहेको मुलुकका लागि उपयुक्त हुने दीर्घकालीन जनयुद्ध दुवैका बीचको भिन्नतामाथि ध्यान दिनुभएन । सशस्त्र जनविद्रोहको सफलताका लागि आवश्यक परिस्थिति र जनयुद्धको थालनी गर्न आवश्यक हुने परिस्थितिका बीचमा भिन्नता हुन्छ । अनि त्यसै गरी सशस्त्र जनविद्रोह र दीर्घकालीन जनयुद्धका फौजी कार्यदिशा, रणनीति तथा कार्यनीतिमा पनि आधारभूत रुपमा भिन्नता हुन्छ । यस प्रकारका भिन्नता माथि ध्यान नदिई ती दुवैलाई गोलमाल पारेर एक प्रकारको सशस्त्र संघर्षको मान्यताका विशेषतालाई अर्को प्रकारका सशस्त्र संघर्षका मान्यताका विशेषतामा मिसाउनु स्पष्टतः सारसंग्रहवाद हुन जान्छ र यहाँ त्यही भएको छ ।
जस्तो कि रुसी क्रान्तिको सशस्त्र जनविद्रोहको फौजी कार्यदिशालाई सफल तुल्याउनका लागि वस्तुगत रुपमा व्यापक ढगले जनउभार आएको हुनुपर्दछ र तदनुसार आत्मगत तयारी पनि राम्रोसित गर्नुपर्दछ । परन्तु, चीनमा सम्पन्न गरिएको दीर्घकालीन जनयुद्धको पहलका लागि देशव्यापी जनउभारको आवश्यकता पर्दैन र क्रान्तिकारीहरूको आत्मगत तयारी पनि त्यसै अनुरुपको हुने गर्दछ । चीनको पहिलो गृहयुद्ध कालमा पहल गरिएको जनयुद्ध, चिङकाङको आधार इलाका जस्ता विषयलाई हेरे पुग्छ । के चीनमा जनयुद्धको थालनीका लागि देशव्यापी रुपमा जनउभार तयार भएको थियो ? पक्कै पनि थिएन । उक्त दुई प्रकारका सशस्त्र संघर्षका बीचको भिन्नतामाथि क. असीमले ध्यानै दिनुभएको छैन र ध्यान दिने चेष्टा पनि गर्नु भएको पाइँदैन ।
द्वितीय, कमरेड असीमका अनुसार मात्रात्मक तथा गुणात्मक परिवर्तन सम्बन्धी भौतिकवादी द्वन्दवादका विपरीत जनआन्दोलनको कुनै अभ्यास नगरी जनयुद्धको घोषणा गरिनु र जनयुद्ध सुरु गरिनु पूर्व संगठन तथा संघर्ष सम्बन्धी आवश्यक तयारी नगरिनु गलत भएको छ ।
कमरेड असीमको उक्त धारणा पनि तथ्य तथा तर्कसंगत रहेको देखिँदैन र स्पष्टतः यो स्वस्फूर्ततावाद तथा भँडुवा विकासवादमा आधारित रहेकोछ । हामीले मशालकालदेखि नै जनयुद्धलाई लक्षित गरेर सैद्धान्तिक तथा राजनीतिक सांगठनिक संघर्ष सम्बन्धी र प्राविधिक तयारीका कामबारे अध्ययन, चिन्तन, मनन गर्दै आएका थियौं । सैद्धान्तिक तयारीका रुपमा माओवाद पदावलीको प्रयोग राजनीतिक तयारीका रुपमा नयाँ जनवादी क्रान्तिको पक्षमा जनाधार तयार पार्दै जाने काममा जोड संगठनिक रुपमा पार्टीलाई जनयुद्ध गर्न लायक बनाउने दिशातर्फ गरिएका विभिन्न प्रयास उल्लेखनीय रहेकाछन् । संघर्षको क्षेत्रमा संसदीय निर्वाचनको उपयोग तथा मध्यावधि निर्वाचनको बहिष्कार, जनयुद्धको थालनीको पूर्व देशव्यापी रुपमा प्रचारात्मक आन्दोलन, रोल्पा रुकुममा सञ्चालित जाली फटाहा तथा कांग्रेसी गुण्डागर्दीका विरुद्ध प्रतिरोधमूलक सिज अभियान सरकारद्वारा चलाइएको दमन अभियान र रोमियो अपरेसनका विरुद्ध संघर्ष विशेष ध्यान दिन योग्य रहेकाछन् । साथै जनयुद्ध सुरु गर्नुभन्दा अगाडि सामरिक तयारी तथा गतिविधि सम्बन्धी कैयौं महत्वपूर्ण कामहरू पनि गरिएका छन् ।
उक्त विषयको गहिराइलाई बुझ्ने चेष्टा नगरी कमरेड असीमले जनआन्दोलनको मात्रात्मक तथा गुणात्मक पक्ष र दुईओटा बन्दुकको कुरा उठाउँदै जनआन्दोलनले जनयुद्धमा रूपान्तरण गरेको प्रक्रिया तर्र्फ जाने काम भएन भन्ने कुरा माथि विशेष जोड दिनुभएको पाइन्छ । नेपालजस्तो अर्धसामन्ती तथा अर्धऔपनिवेशिक अवस्थामा रहेको मुलुकमा जनयुद्धको पहल गर्नका लागि के पुँजीवादी मुलुकहरूका सशस्त्रको विद्रोहको विजयका लागि चाहिने व्यापक जनआन्दोलनको प्रक्रिया जतिकै अपेक्षा गर्न सकिन्छ ? निश्चित रुपमा सकिँदैन र यस सन्दर्भमा चीनको चिङकाङशान क्षेत्रको उदाहरण हेरे स्पष्ट हुन्छ ।
नेपालमा अनेकौं जनसंघर्षहरू भएका छन् र ती लामो समयदेखि जनसंघर्ष — दमन — अनि पुनः जनसंघर्षको गोलचक्करवादका सिकार रहिआएका छन् । तर, ती मात्रात्मक अवस्थाबाट गुणात्मक अवस्थामा किन फेरिएनन् ? यसका पछाडि स्वःस्फुर्ततावाद र भँडुवा विकासवादले काम गरेका छन् । सशस्त्र संघर्षको कार्यदिशा पनि बनाउनै पर्ने तर त्यसको तयारी र कार्यान्वयनमा जानै नपर्ने, जनसंघर्ष स्वतः सशस्त्र संघर्षमा रूपान्तरण हुन्छ भन्ने मान्यता अगालिरहने तर त्यस्तो कहिल्यै नहुने संस्फूर्ततावाद र भडुवा विकासवाद भनेका यिनै हुन् ।
तृतीय, दीर्घकालीन जनयुद्धलाई जनयुद्ध होइन सशस्त्र जनविद्रोह हो भन्नु झनै ठुलो अज्ञानता हुन्छ । दीर्घकालीन जनयुद्ध र सशस्त्र जनविद्रोहका बीचको भिन्नताबारे स्पष्ट हुन आवश्यक छ । दीर्घकालीन जनयुद्धको थालनीका लागि वस्तुगत र आत्मगत परिस्थितिको तयारी सामान्यतः आवश्यक हुन्छ । परन्तु जनविद्रोहको सफलताका लागि वस्तुगत परिस्थिति राम्रोसित परिपक्क भएको र आत्मगत तयारी राम्रो रहेको हुनुपर्छ, व्यापक रूपमा उभार आएको हुनुपर्छ र जनताको विशाल हिस्साले पुरै साथ दिएको हुनुपर्छ । दीर्घकालीन जनयुद्धमा छापामार युद्धको रणनीतिक भूमिका रहन्छ भने सशस्त्र जनविद्रोहमा छापामार युद्धको कार्यनीतिक भूमिका हुन्छ । दीर्घकालीन जनयुद्ध तीन चरण रक्षा, सन्तुलन तथा प्रत्याक्रमण हुँदै सम्पन्न हुन्छ भने सशस्त्र जनविद्रोह आक्रमणत्मक रुपमा अगाडि बढ्छ । दीर्घकालीन जनयुद्धमा गाउँद्वारा सहर घेर्ने गरिन्छ भने सशस्त्र जनविद्रोह सहरबाट गाउँतर्फ विकसित हुन्छ ।
कमरेड असीमले जनयुद्धको समयमा माओवादीहरूद्वारा भएका कथित गल्तीहरूको चर्चा गर्दै भन्नुभएको छ, “समाजमा देखिने सामान्य रिस, इवी, झगडा आदिका कारणले जनसेनामा भर्ति भएका लडाकुहरुले मनोगत प्रकारले योजना बनाएर कतिपय ठाउँमा आफ्नो प्रतिशोध लिनका लागि व्यक्ति हत्याको कार्वाही गरे । आफूलाई जीवित राख्नका लागि जनसेनाका लडाकुहरु जनताबीच जोर जवरजस्ती, धाक, धम्कीद्वारा आर्थिक उपार्जन गरे । क्रान्तिसम्बन्धी चेतना नभएका जनता एकातिर माओवादी जनसेनाबाट आतंकित हुन पुगे भने अर्कोतिर जनसेनालाई पालेको अभियोगमा सरकारी सेनाले जनतामाथि हत्या, बलात्कार, कुटपिट, गिरफ्तारीको अभियान चलाएर आतंकित पार्ने काम ग¥यो र हजारौंको हत्या ग¥यो ।” (जनयुद्धको समीक्षा सम्बन्धी प्रस्ताव पृष्ठ १) । यहाँ एकातिर जनसेनाका आंशिक प्रकारका कमीकमजोरीलाई बढाईचढाई समग्र बनाई पेस गरिएको छ भने अर्कोतिर वर्गदुश्मन र माओवादी दुवै पक्षलाई समान ढंगले विरोध गरिएको छ । यहाँ वर्गमैत्री र वर्गदुश्मनको माक्र्सवादी मान्यतामाथि प्रहार गरिएको छ ।
जनयुद्धको प्रक्रियामा कैयौँले एकातिर माओवादी आतंक र अर्कोतिर राज्यको आतंकका कुरालाई समानान्तर तरिकाले उठाउने गरेका थिए । कमरेड असीमका उक्त भनाइहरूले पनि यसै समानान्तरतालाई मद्दत पु¥याएका छन् । यहाँ क. असीममा क्रान्तिकारी वर्ग चेतनाको कमी रहेको देखिन्छ । वस्तुतः क्रान्तिकारीहरूले क्रान्तिको जटिलता र भीषणतालाई आत्मसात गर्न जरुरी हुन्छ । माओले भन्नुभएको थियो, “क्रान्ति भनेको कुनै भोजको आयोजना गर्नु वा कुनै निबन्ध लेख्नु वा कुनै चित्र बनाउनु वा कुनै बुट्टा भर्नु होइन, क्रान्ति भनेको यस्तो परिस्कृत, शान्त, शिष्ट, नम्र, दयालु, सुशील, संयमपूर्ण तथा उदार चीज हुनै सक्दैन । क्रान्ति भनेको यस्तो एउटा विद्रोह, यस्तो हिंसात्मक कारबाही हो, जसद्वारा एउटा वर्गले अर्को वर्गको तख्ता पल्टाउँछ ।” (हुनान किसान आन्दोलनको रिपोर्ट) । क. असीमले माओका यी भनाइहरुमाथि आवश्यक दृष्टि दिन जरुरी छ ।
कमरेड असीमले एकातिर जनयुद्धको थालनी गर्नुलाई गलत र अर्कोतिर शान्ति प्रक्रियामा आउनुलाई सही बताउनु भएको छ । कमरेड असीम भन्नुहुन्छ, “शान्ति प्रक्रिया आउनु माओवादीले ठीक समयमा ठीक कार्यदिशा अपनाएको हो । त्यसो नगरेको अवस्थामा माओवादी मात्र होइन, नेपाली जनताको अझै धेरै रगत बग्ने थियो ।” (जनयुद्धको समीक्षा सम्बन्धी प्रस्ताव) । जनयुद्धलाई गलत र शान्ति प्रक्रियालाई सही ठान्नु माक्र्सवाद सम्मत विचार होइन । जनयुद्धको परित्याग गरी शान्ति प्रक्रियामा आउनुलाई प्रतिक्रियावादी तथा दक्षिणपन्थी संशोधनवादीहरुले स्वागत गरेका छने र क. असीमले पनि ठीक त्यही गर्नु भएको छ ।
अनि लगत्तै कमरेड असीम अगाडि भन्नुहुन्छ, “तर दुर्भाग्य यो भयो कि माओवादी नेतृत्वले हतियार सुपुर्दगी र अनमिनको मातहतमा सेना समायोजन गर्नु गलत भएको थियो । त्यसपछि पार्टी नेतृत्व क्रमशः दक्षिणपन्थी संशोधनवादी बाटो हुँदै विस्तारवाद तथा साम्राज्यवादका अगाडि आत्मसमर्पण गर्न पुग्यो ।” उक्त । एकातिर शान्ति प्रक्रियामा आउनुलाई ठिक कार्यदिशा अपनाएको बताउनु र अर्कोतिर हतियार सुपुर्दगी तथा सेना समायोजनलाई गलत भन्नुका बीच कुनै वैचारिक सामन्जस्य देखा पर्दैन । यो स्पष्टतः दोधारे दृष्टिकोण हो, द्वैतवाद हो ।
कमरेड असीमले जनयुद्धलाई उग्र “वामपन्थी” बताए पनि त्यसका कतिपय सकारात्मक पक्षहरू रहेको पनि उल्लेख गर्नुभएको छ । कमरेड असीम भन्नुहुन्छ, “माओवादी जनयुद्धका सकारात्मक पक्षहरु पनि छन् । ती सकारात्मक पक्षहरुलाई हामीले उपलब्धिको रुपमा लिनुपर्छ । सर्वप्रथम त युगौंदेखि जरा गाडेको सामन्ती व्यवस्थाले जातीय, लैंगिक, क्षेत्रीय भेदभावका विरुद्ध उत्पीडित जनतालाई विद्रोहको भावनाबाट ओतप्रोत गराएको छ र दलित, महिला, मुस्लिम, मधेशी, जनजाति तथा सीमान्तकृत तप्काका उत्पीडित जनताको आवाज मुखरित भएको छ । त्यसक्रममा संविधानमा आरक्षण, समानुपातिक, समावेशी, छुवाछूत तथा जातीय विभेद विरुद्धको व्यवस्था आदिले पहिले भन्दा उत्पीडित जनतालाई सबलीकरण बनाएको छ । दूरदराजका गाउँमा पनि महिला, दलित, जनजाति, आदिवासी, सीमान्तकृत जनता अन्यायका विरुद्ध र न्याय प्राप्तिका लागि संघर्ष गर्न अधिकार पाएका छन् । दोस्रो कुरा, स्थानीय तहलाई संविधान मै अधिकार सम्पन्न बनाएपछि अहिले स्थानीय स्वायत्तताको अभ्यासको थालनी भएको छ । तेस्रो र महत्वपूर्ण कुरो २४० वर्षदेखिको राजसंस्था माओवादी जनयुद्धको पृष्ठभूमि र सहयोग सहित सम्पूर्ण राजनीतिक दलहरु तथा जनताको जनआन्दोलनबाट ढल्न पुगेको छ र अहिले प्रतिगामीहरु पुनस्र्थापनाका लागि छटपटाएका छन् । यिनी उपलब्धिहरु जनताले प्राप्त गर्नुमा माओवादीको प्रत्यक्ष वा अप्रत्यक्ष भूमिका रहेको छ ।” (उक्त) । यहाँ जनयुद्धका कतिपय आंशिक उपलब्धिहरुलाई सकारात्मक अर्थमा लिइएको छ । यो राम्रो कुरा हो ।
जनयुद्धको प्रक्रियामा गल्ती, कमी, कमजोरी हुँदै आएका छन् र तिनको समीक्षा पनि गर्दै आउने काम भएको छ । जनयुद्धको प्रक्रियामा वैचारिक र नीतिगत रुपमा के कस्ता गल्ती भएका थिए भन्नेबारे एकता महाधिवेशनका लागि प्रस्तुत राजनीतिक प्रतिवेदनमा भनिएको छ, “महान् जनयुद्धको प्रक्रियामा कतिपय गल्ती, कमी तथा कमजोरी पनि भएका छन् । सर्वप्रथम, २०५७ मा सम्पन्न पार्टीको राष्ट्रिय सम्मेलनमा प्रचण्डपथ पदावलीको प्रयोग गरेर सैद्धान्तिक रुपमा गंभीर गल्ती भएको छ । दोस्रो, राजनीतिक कार्यनीतिका रुपमा सर्वपक्षीय सम्मेलन, अन्तरिम सरकार तथा जनताद्वारा संविधान निर्माणको नारालाइ आड बनाएर सुधारवादमा जानका लागि आधार तयार पारिएको छ । त्यसै क्रममा २०६०मा दुम्लामा आयोजित केन्द्रीय समितिको बैठकमा “२१औ शताब्दीमा जनवाद”को राजनीतिक प्रस्ताव अगाडि सारेर संसदवादी प्रतिस्पर्धाका लागि बाटो खोल्ने काम गरिएको छ । त्यसै प्रक्रियामा २०६२मा चुनवाङमा आयोजित केन्द्रीय समितिको बैठकमा पुग्दा नयाँ जनवादलाई परित्याग गरी त्यसको सट्टामा लोकतान्त्रिक गणतन्त्रको संसदवादी राजनीतिक कार्यदिशा स्वीकार गरिएको छ । तेस्रो, २०५७ कै दोस्रो राष्ट्रिय सम्मेलनमा सामरिक कार्यदिशाको क्षेत्रमा दीर्घकालीन जनयुद्ध र आम सशस्त्र विद्रोहका विशेषता तथा मान्यतालाई सारसंग्रहवादी ढंगले एकै ठाउँमा घालमेल (ँगकष्यल) गर्ने काम गरिएको छ । त्यसैको परिणाम शीघ्रातिशीघ्र संसदवादी धारमा अवतरण गर्नका लागि असमयमै रणनीतिक प्रत्याक्रमणको चरणमा प्रवेश गरेको घोषणा गरियो र त्यस क्रममा आफ्नो पहुँचभन्दा परका कतिपय दुःस्साहसिक प्रकारका फौजी कारबाहीहरु गरिए । फलस्वरुप कैयौं क्षति बेहोर्नु प¥यो ।” पृष्ठ २० ।
एकातिर जनयुद्ध आफ्नो गतिमा अनेकौं आरोह अवरोहका बीचबाट अगाडि बढ्दै गयो भने अर्कोतिर मूल नेतृत्व पंक्तिमा दक्षिणपन्थी नव संशोधनवाद पनि मौलाउँदै जान थाल्यो । त्यसै क्रममा माओवादी र सात राजनीतिक दलबीचको १२ बुँदे सम्झौता, सरकार र माओवादी बीचको विस्तृत शान्ति सम्झौता, जनमुक्ति सेनाको नेपाली सेनामा विलयन र संसदवादमा पतन जस्ता गलत तथा नकारात्मक परिघटना घट्न पुगे र मूल नेतृत्वले देशी तथा विदेशी प्रतिक्रियावादका सामु आत्मसमर्पण गर्न पुग्यो । जनयुद्धको प्रक्रियामा कतिपय अवस्थामा मित्रहरू प्रति अमैत्रीपूर्ण व्यवहार गर्ने र कतिपय अवस्थामा भूलबस जनधनको क्षति हुने जस्ता व्यावहारिक प्रकृतिका कतिपय गल्ती कमजोरी पनि हुन पुगे । उक्त प्रकारका गल्तीहरूको मूल जिम्मेवार नव संशोधनवादी नेतृत्व रहेपनि क्रान्तिकारीहरूमा पनि आवश्यक सैद्धान्तिक, राजनैतिक तथा व्यावहारिक सतर्कता तथा सचेतनाको अभाव जस्ता कतिपय कमी कमजोरी पनि रहन गए ।
अन्त्यमा म दृढतापूर्वक के उल्लेख गर्न चाहन्छु भने तत्कालीन नेकपा माओवादीद्वारा सञ्चालित १० वर्षीय जनयुद्ध तमाम प्रकारका गल्ती, कमी, कमजोरी तथा सीमाहरूका बावजुद पनि नेपाली नयाँ जनवादी क्रान्ति तथा कम्युनिस्ट आन्दोलनको इतिहासमा एक असाधारण परिघटना थियो । क्रान्ति र आन्दोलनको इतिहासमा त्यसको सही मूल्याङ्कन हुँदै जानेछ । परन्तु, त्यसलाई क्रान्तिकारी कम्युनिस्टहरूद्वारा नकारात्मक अर्थमा मात्र मूल्याङ्कन गरियो भने भविष्यमा विशुद्धतावाद, स्वःफूर्ततावाद र भँडुवा विकासवाद र प्रतिक्रियावाद तथा दक्षिणपन्थी संशोधनवादको प्रभावबाट मुक्त भएर र सशस्त्र संघर्षको दिशामा अगाडि बढ्न सकिंदैन । यस सन्दर्भमा गंभीर बन्न जरुरी छ ।