क्रान्तिकारीहरूले देख्ने सपना र अपनाउने मार्ग 

क्रान्तिकारीहरूले देख्ने सपना र अपनाउने मार्ग 

 

१२ अप्रिल १८७१मा लुडभिग कुगेलमानलाई लेख्नु भएको सुविख्यात चिठीमा माक्र्सले फ्रान्सेली क्रान्तिको अर्को प्रयास कस्तो हुनुपर्छ भन्ने कुरा स्पष्ट पार्दै भन्नु भएको थियो “‘तिमीले मेरो ‘अठारौ ब्रुमेर’ को अन्तिम अध्याय पल्टाएर हे¥यो भने त्यहाँ देख्नेछौ, फ्रान्सेली क्रान्तिको अर्को प्रयास के हुने छ भन्ने विषयमा मैले भनेको छु–नोकरशाही–सामरिक यन्त्रलाई एक हातबाट अर्को हातमा सार्दै जाने होइन,जस्तो अहिलेसम्म हदै आएको छ, बरू यस यन्त्रलाई नै नष्ट पार्नुपर्छ, र युरोप महादेशमा सम्पन्न हुने कुनै पनि वास्तविक जनक्रान्तिको प्रारम्भिक सर्त यही हुनुपर्दछ । पेरिसका हाम्रा वीर कमरेडहरूको प्रयत्न पनि यहि रहेको छ ।”
उक्त चिठीमा माक्र्सले बाह्य शत्रुभन्दा बढी आन्तरिक गद्दारीको प्रशङ्ग उठाउनु भएको छ । त्यो चिठी माक्र्सले भन्नु भएका माथि उल्लेखित शब्दहरू आजभन्दा १५३ वर्ष अघि लेखेको त्यो चिठी कतै नेपालको कम्युनिस्ट आन्दोलनको सन्दर्भलाई उल्लेख गरेर लेखेको त होइन जस्तो भान हुन्छ ।
२०५२ साल फागुन १ गतेबाट नेपालमा सुरू गरिएको सशस्त्र जनविद्रोहले करीब १०वर्षसम्म देशका ग्रामीण वस्तिहरूमा उथलपुथल ल्याएकै थियो । ती उथलपुथलहरू पार्टी कार्यकर्ताका लागि देशमा सबै प्रकारका शोषणको अन्त्य र गरीब नेपाली जनताको राज्यसत्ता स्थापनाका लागि थिए । ग्रामीण वस्तिहरूमा शोषितहरूको नेतृत्वमा शोषकवर्गसँग बदला लिन स्थानीय सत्ताको प्रारम्भीक अभ्यासहरू भएका थिए । गाउँ गाउँबाट शोषकहरू भागाभाग गर्दै शहरहरूमा लुकेको अवस्था थियो । तर त्यसका उच्च तहका नेता प्रचण्ड र बाबुराम भने जनवादीक्रान्तिका घोषित शत्रुहरू सामन्तवादको नायक नेपालको राजतन्त्रसंग नारायणहिटी दरबार र साम्राज्यवादीको नायक नेपालको सन्दर्भमा भारतीय शासकवर्गसंग दिल्लीमा क्रान्तिको विसर्जनका लागि विन्तिपत्र हाल्दै थिए (प्रयोगशाला २०७०, सुधीर शर्मा) ।
जनवादीक्रान्तिबाट षडयन्त्रपूर्वक तल झर्दै गरेका प्रचण्ड र बाबुरामले कार्यकर्तालाई संसदीय व्यवस्थाको त्यही आहालको मन्दविष जनवादी क्रान्तिकै नाममा पिलाउँदै गए र गणतन्त्र स्थापनाको नाममा संसदीय लोकतन्त्रलाई संविधानसभामार्फत स्थापित गर्न संसदवादी (जसका विरूद्ध २०५२ सालमा हतियार उठाएका थिए।)सित मोर्चावन्दी गर्दै शान्ति र संविधानको नाममा नेपालको विद्यमान नोकरशाही सामरिक यन्त्रलाई एक हातबाट अर्को हातमा सार्ने काम गरे, र यस यन्त्रलाई ध्वस्त पार्न उनीहरू पूर्णत असफल रहे ।
माक्र्सको भनाइमा विश्वमा गरिने कुनै पनि वास्तविक जनक्रान्तिका लागि विद्यमान नोकरशाही सामरिक यन्त्रलाई ध्वस्त पार्नु प्राथमिक सर्त हो । तर उनीहरूले त्यसलाई एक हातबाट अर्को हातमा सार्ने काम मात्र गरे । अझ स्पष्ट भन्नु पर्दा नेपालको नारायणहिटीबाट त्यो सत्तालाई भारतको दिल्ली र अमेरिकाको वासिंगटनमा सार्ने काम गरे । त्यसको परिणाम आम नेपाली जनता र स्वयम् उनीहरू पनि अहिले भोगीरहेका छन् । अहिले नेपालको नोकरशाही सामरिक यन्त्र समग्रतामा नारायणहिटीबाट भारतको दिल्ली स्थान्तरण भएको छ । के जनयुद्ध र जनआन्दोलनका हाम्रा वीर साथीहरूको प्रयास यसैमा निहित थियो ? यो गम्भीर प्रश्नको उत्तर खोज्ने महान अभियानको थालनी आवश्यक छ ।
यद्धपि माक्र्सको चिठीमा उल्लेख गरेझै प्रचण्ड र बाबुरामको आन्तरिक गद्दारी नेपाली जनयुद्धलाई ध्वस्त पार्ने एउटा कारण थियो तर पनि क्रान्तिको एउटा अर्को सुनौलो पक्ष क्रान्तिको झण्डालाई झुक्न नदिई अगाडि बढाउने उद्घोष पनि थियो, जसलाई नेकपा माओवादीभित्रका अन्य केही क्रान्तिकारी समूहहरुले बाणाी दिइरहेका छन ।
नेपालमा सर्वहारा वर्गको राज्यसत्ता स्थापना गर्ने महान् उद्घोष गर्दै दश वर्से सशस्त्र युद्ध सञ्चालन गरेर पनि प्रचण्ड र बाबुरामले नेपालको नोकरशाही सामरिक यन्त्रलाई अलिकति हल्लाउन र छुन पनि सकेनन् भन्ने वर्तमानका परिणामहरूले देखाइरहेका छन् । बरू गणतन्त्रको स्थापनाको नाममा नेपालको नोकरशाही सामरिक यन्त्रलाई नेपालको राजतन्त्रको हातबाट बाह्य प्रतिकृयावादी शक्तिको हातमा सार्ने काम गरेको अनुभूति दिएका छन् । वर्तमानमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालजस्ता क्रान्तिकारीहरुको हातमा यो जिम्मेवारी आएको छ कि माक्र्सले भनेझै नेपालमा गरिने वास्तविक जनक्रान्तिका लागि अहिले यो प्रतिक्रियावादी नोकरशाही सामरिक यन्त्रलाई ध्वस्त पार्दै जनवादी सत्ताका बाँकी कार्यभार पुरा गर्दै वैज्ञानिक समाजवादको स्थापना गरिनुपर्छ, नेपालमा हुने कुनै पनि वास्तविक जनक्रान्तिका लागि यही प्राथमिक सर्त हो । यसैमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालजस्ता क्रान्तिकारी साथीहरूको प्रयास निहित रहेको छ ।
माक्र्सको चीठीका माथि उल्लेखित ती हरफहरूमा राज्यप्रति माक्र्सवादीहरूको कस्तो दृष्टिकोण हुनुपर्छ र जनक्रान्तिका लागि प्राथमिक सर्त के हो भन्नेवारे विश्वभरका माक्र्सवादी क्रान्तिकारीहरूका लागि माक्र्सवादको मूल शिक्षा संक्षिप्त रूपमा अभिव्यक्त भएका छन् । सैद्धान्तिक दृष्टिकोणले अति महत्वपूर्ण यी हरफहरू अहिले पनि नेपाली सर्वहारा क्रान्तिलाई आशाहीन ठानेर विश्व साम्राज्यवाद र नेपालको सन्दर्भमा मूलतः भारतीय विस्तारवादप्रति आत्मसमर्पण गर्न तयार भूर्तपूर्व क्रान्तिकारीहरू, जसले अहिले नेपाली जनवादी क्रान्तिलाई आशाहिन ठान्दैछन् र नेपालको सयौ वर्षदेखि शासनमा रहँदै आएको सामन्ती, दलाल नोकरशाही पुँजीपति वर्गको सामरिक यन्त्रलाई यथावत राखि त्यसैमाथि राजशी तौरतरिकाले शासन गर्ने सपनामा माक्र्सका शब्दमा एक हातबाट अर्को हातमा सत्ता सार्दै जान चाहन्छन्,त्यस यन्त्रलाई ध्वस्त पार्ने त सपनामा पनि देख्दैनन् । तै पनि अझै वास्तविक जनक्रान्तिका गफ हाँक्न भने छाडेका छैनन् । यस्ता “भुतपूर्व क्रान्तिकारीहरू”बाट वास्तविक जनक्रान्तिको आशा गर्न कठिनमात्रै नभई असम्भव पनि बन्दै छ ।
नेपाली कम्युनिस्ट आन्दोलनले अहिले पहिलेभन्दा अझ गम्भीर पराजयको सामना गर्दैछ र अहिले त्यसका अगाडि केबल दुइवटा विकल्प छन्–या त सङ्घर्षका चुनौतीहरूलाई स्विकार गर्दै त्याग र बलिदानको मार्गतर्फ अगाडि बढ , या त बिना सङ्घर्ष आत्मसमर्पण गर । यस्तो परिस्थितिमा नेपालका क्रान्तिकारीहरूका लागि पहिलो निर्णय नै उचित निर्णय हुन सक्छ किनभने पछिल्लो अवस्थामा नेपाली क्रान्तिकारी कम्युनिस्टहरूको जुन नैतिक पतन हुन सक्छ, त्यो इतिहासमै कलङकीत ठहर्ने छ । यो नेपाली कम्युनिस्ट आन्दोलनका लागि घेरै मात्रामा बढी दुर्भाग्य ठहरिन जाने छ ।
नेपाली कम्युनिस्ट आन्दोलनमा गर्जनाद गर्दै अगाडि बढेको माओवादी जनयुद्धका नायकहरूले आत्मसमर्पण गर्छन् वा गर्दैनन् यसले केही फरक पार्दैन्, जनयुद्धको थालनी र केही वर्ष भए पनि त्यसको नेपाली ग्रमीण जीवनमा स्थापित अस्तित्व, यो नेपाली सर्वहारावर्गको यस्तो उपलब्धी थियो, जुन कुनै पनि शक्तिले उसबाट खोस्न अब सक्दैन् । हजारौ शहीद, वेपत्ता योद्धाहरूको रगत पसिनाले त्यो इतिहास कोरी सकिएको छ । दश वर्से जनयुद्धको फलस्वरूप नेपालका सामन्त र पुँजीपति वर्ग र उसको राज्य सम्यन्त्रसित सर्वहारावर्गको सङ्घर्षको नयाँ चरणमा प्रवेश गरेको छ । नेपाली जनयुद्धले जे जस्तो घटनाक्रमबाट गुज्रदै यहाँसम्म आएको छ र जे जसरी अन्त्य गरिएको छ, नेपाली कम्युनिष्ट आन्दोलन विश्व ऐतिहासिक महत्वको नयाँ आरम्भ विन्दुमा हामी पुगेका छौ । तर यति कठिन बलिदानीले भरिएको जनयुद्धले नेतृत्वको बदमासिका कारण नेपालको इतिहासमा भएका अन्य क्रान्ति तथा आन्दोलनलेजस्तै नेपालको सत्तारूढ वर्गहरूलाई सत्ताको एक ठाउँबाट अर्को ठाउँमा सार्ने काम मात्रै ग¥यो । शोषणको एउटा व्यवस्थाको ठाउँमा अर्को व्यवस्था स्थापना ग¥यो । यसरी भन्न सकिन्छ नेपालमा आजभन्दा अघि भएका (२००७, २०१८, २०३६, २०४६, २०६३)एउटा पनि क्रान्तिले पुरा राज्ययन्त्रलाई नष्ट पार्न सफल भएको छैन् , केबल एक हातबाट अर्को हातमा सार्ने काम मात्रै भएको छ । पुरानो बुर्जुवा राज्यसम्वन्धी यो निष्कर्ष–“तर मजदुरवर्गले राज्यव्यवस्थालाई जस्ताको तस्तै स्वीकार गर्न सक्दैन् र आफ्नो उद्येश्यका लागि प्रयोग गर्न सक्दैन् ।” सही ठहर्ने छ । सन् १८७२मा निष्केको ‘कम्युनिस्ट पार्टीको घोषणापत्रको नयाँ सस्करणमा माक्र्सले उल्लेखित निष्कर्षलाई ज्यादै महत्व दिएर थप्नु भएको छ ।
जनयुद्धको जगमा उठेको २०६२÷०६३को जनआन्दोलन, मधेस आन्दोलनआदिले नेपालमा गणतन्त्रात्मक संसदीय व्यवस्था स्थापना गर्न सफल भयो तर यसको वास्तविक सार माक्र्सले भनेझै ५ वर्षमा एक पटक जनसमुदायले “सत्तारूढवर्गको कुन सदस्यले जनताको दमन गर्ने हो र संसदमा उसको प्रतिनिधित्व गर्ने हो भन्ने निर्णय गर्दछन् ।”, त्यसैमा सिमित बन्न पुगेको छ । जे होस, नेपाली सर्वहारावर्गको राज्य सत्ता स्थापना गर्ने महान् उद्घोषका साथ सुरू गरिएको जनयुद्ध, जसलाई पुरानो समाजका ब्वाँसोहरू, सुङगुरहरू, र कुकुरहरूले माओवादी पार्टीको आन्तरिक गद्दारीको मद्तमा कुल्चन सफल भएता पनि क्रान्तिकारीहरूको अर्को शक्तिले दलाल तथा नोकरशाहाहरूको स्वर्गमाथि हमला गर्ने आफ्नो त्याग र बलिदानी भावनालाई झुक्न दिएको छैन्, त्यही नै नेपाली सर्वहारावर्गीय क्रान्तिको उज्वल पक्ष भएको छ ।
यही नै क्रान्तिकारीहरूले देख्ने सपना र अपनाउने मार्ग हो भन्ने कुरालाई स्पष्ट पारेको छ ।
hukumsingh2012@yahoo.com.