जमिनमा गुडिरहेको शाहीसेनाको गाडी आकाशमा नाचिरहेको देख्दा

जमिनमा गुडिरहेको शाहीसेनाको गाडी आकाशमा नाचिरहेको देख्दा

साताको साहित्य ः संस्मरण
*** ***

केन्द्रीत कमाण्ड अन्तर्गत विकेन्द्रीत कार्वाहीद्वारा रणनैतिक प्रत्याक्रमणको योजनालाई अगाडी बढाउने सिलसिलामा ९ नं. व्रिगेडको स्टाफ मिटिङको निर्णयअनुरूप वि एन÷वि एनमा विकेन्द्रीत कार्वाहीलाई कार्यान्वयन गर्ने निर्देशन बमोजिम २५ नं. वि एन स्टाफ मिटिङद्वारा पारित एरिया एम्बुसको योजनामा २५ नं. को कमाण्ड ग्रुप सर्वे तथा दुश्मनको खोजीमा लाग्दछ । दुश्मनको खोजी गर्ने क्रममा विगत केही समयदेखि पर्वत जिल्लामा कथित मेजरको नाममा जनता तथा हाम्रो पार्टी कार्यकर्ता, यातायात, सुचना संचार आदि जनताका सुविधाहरूबाट वञ्चित गराउँदैै आफ्नो दादागिरी देखाउँदैै आएको दुर्गादत्त गुल्मको गुल्मपति मेजर खिसी बर्तौलाको हत्यारो जत्थामाथि आक्रमण गर्ने योजना बन्दछ । ठुलो मूल्य चुक्ता गरेरै भएप्नि सो मेजरलाई सफाया गर्नु जनमुक्ति सेनाको कर्तव्य बनेको थियो । किनकि त्यो मेजर कार्यरत रहेदेखि पर्वतबासी जनताले दुःखकष्ट हत्या आतंक लुट बलात्कार सहँदै आएका थिए । हाम्रो होनहार योद्धा पार्टी कार्यकर्ताहरूको हत्या गिरप्तारी गराउँदैै आएको थियो । त्यतिमात्र नभएर आफ्ना तल्लास्तरका सदस्यहरूलाई समेत दुःखकष्ट दिँदै आइरहेको कुरा उसकै व्यारेकभित्रका सदस्यहरूले दुखेसो पोख्दै आइरहेका थिए । पर्वतबासी जनसमुदाय तथा पार्टीको माग बमोजिम हाम्रो जनमुक्तिसेना सो योजनामा लाग्यो । कार्वाहीको मुख्य स्थल पर्वत जिल्ला वाजुङस्थित भ्याप्ले खोला छनौट भयो । योजना कार्यान्वयन गर्न ठुला–ठुला चुनौतीहरू अवश्य थिए । चारैतिर शाही अमेरिकन सेनाका व्यारेकहरू खडा थिए । उसको (दुश्मन)को सुचना सञ्जाल मजबुत थियो । यी सबै चुनौतीहरूलाई वेवास्ता गर्दै २५ नं. वि एनको कमाण्ड ग्रुपले योजनाको तर्जुमा ग¥यो । टिम निर्माणदेखि प्राविधिक तयारी, हातहतियार मिलानको कार्य सम्पन्न भयो । टिमलाई प्रशिक्षण तथा भूगोल म्याप अध्ययनको काम विएन कमाण्डर कमिसारबाट भयो । सम्पूर्ण तयारीपश्चात् २०६१ माघ १२ गते साँझ हाम्रो टिम कार्वाही स्थलतर्फ लस्करसहित अगाडी बढ्यो ।

जुन दिनको रातभरि रोड माइन सेटिङ सानदार रूपले सम्पन्न भयो । दिउँसोको संकेत बिहानीले दिएझैं हाम्रो कार्वाही सफलताको पूर्वसंकेत सफल माइन सेटिङको कार्य सम्पन्नताले गर्दै थियो । हामी सबै विजयको सपना मनभरी साँचेर अर्को दिन १३ गते विहान करिब चारबजेबाट हामीले हाम्रा सम्पूर्ण ग्रुपहरू आ–आफ्नो आर्कहरूमा सेट ग¥यौं । क्रमशः एसाल्ट ग्रुप, डिफेन्स ग्रुप, सुचना संचार ग्रुप र कार्यालय तथा कमाण्डर ग्रुप ।

त्यसदिनको हिडाई, रातभरिको अनिदोको कुनै पर्वाह भएन । बरु तत्कालको जिम्मा कसरी पुरा गर्ने भन्ने चिन्ताले सताइरह्यो । मनमा अनेकथरी कल्पनाहरू उब्जन्थे, मर्थे र उब्जन्थे । त्यसदिनको बिहान कस्तो कस्तो लाग्थ्यो अगाडीका वितेका विहानीहरू भन्दा भिन्नै अनुभूति हुन्थ्यो । तर थकाई अनिदाले पैदा गर्ने भोक प्यास र आलस्यको कुनै महशुस नै नभएको लाग्ने त्यसदिन दुश्मनको पर्खाईमा आफ्नो पोजिसनलाई त्यो पातलो जंगलभित्र रुख बट्यान खोल्सा र ढिस्काहरूलाई दृष्टिकभरको रूपमा प्रयोग गर्दै दुश्मन आउने पर्खाईमा सम्पूर्ण तयारीका साथ बसिरह्यौं । बिहानैदेखि संचार ग्रुपले संचार पठाईरहेको थियो । बिहान करिब नौ÷दश बजेसम्म दुश्मन आएन । दुश्मन आउने सम्भावना नभएको खबर प्राप्त भईरहेको थियो । यसरी निरन्तर संचार भैरह्यो । हामी दुश्मन आउने आशामा आफ्नो पोजिसनलाई छिपाउँदैै बसिरहेका थियौं । करिब १२ बजेतिर संचारसेट मार्फत् दुश्मन आएको खबर प्राप्त भयो तर दुश्मन हामीलाई घेर्ने गरि विपरीत दिशाबाट आउँदैै रहेछ । तैपनि हामी नआत्तिकन भव्यताकासाथ लड्ने मानसिकता बनाएर आ–आफ्नो स्थानमा बसिरह्यौं । विपरीत दिशाबाट आएको दुश्मनबाट उपलब्धी हुँदैन कि भन्ने चिन्ता लाग्न थाल्यो हामीलाई । तर पनि धैर्यताको बाँध नटुटाईकन ठुलो आशाका साथ एकअर्कोमा साउती गर्दै आर्कतिर हेर्दै रह्यौं । संचारका कमरेडहरूबाट निरन्तर खबर भईरहेको थियो ।

यसैक्रममा कमाण्डर क.सुर्यको सेटमा स्वाँ स्वाँ सहितको घण्टी बज्यो । उहाँले हतार–हतार सेटमा हेलो हेलो गर्दै कहाँबाट होला ? संचार गर्ने कमरेडले के भन्नुभएको थियो मैले सुनेन तर कमाण्डरले सेट कानबाट नझारेरै हातले दुश्मन आएको संकेत दिनुभयो र भन्नुभयो–‘दुश्मन आयो सबै ग्रुप रेडी हुनुप¥यो ।’ उहाँको अनुहारमा लाली चढ्दै थियो । मेरो मुटु पनि ढक्क फुल्न थाल्यो, नसाभरी रगत सल्बलाउन थाल्यो । किनभन्दा माइन विष्फोट गर्ने स्वीच मेरो हातमा थियो । हामी तयारी अवस्थामा थियौं । आर्क आर्कतिरबाट हतियारका व्यारेलहरू सोझ्यायौं । हाम्रा आँखाहरू एकटकले कालोपत्रे सडकमा नै थिए । सिभिल गाडीहरू हुईकिरहेका थिए । एकजना कमरेडले दुश्मनको गाडी आएको देख्नुभयो र हामीलाई जानकारी दिनुभयो । दुश्मनले आफ्नो शान देखाउँदैै सिभिल गाडीहरू चेक गर्दै अगाडी बढिरहेको थियो । स्वीच थिच्ने मेरो दाँया हातको बुढि औला अन्तिम तयारीमा थियो । कमरेडहरूले पनि च्याम्बरमा बुलेट तयार पार्दै हुनुहुन्थ्यो । आर्कको नजिक गाडी पुग्दै थियो, हामी सबै एलर्ट रहेका थियौं । यसो मैले दुश्मनतिर हेरे, पिकअप भ्यानमा आएको रहेछ । अगाडी क्लिएर गर्ने पैदल ग्रुप, अनि पछाडी मेजर चढेको गाडी बिस्तारै बढिरहेको थियो । म आतुर हुँदै थिएँ कि कतिबेला दुश्मनको गाडी हाम्रो आर्कमा पुग्दैछ । मेजर खिसी बर्तौला मात्तिएर स्वयं आफैले गाडी चलाईरहेको थियो । उसलाई यो थाहा छैन हत्या, आतंक, लुटपात र बलात्कारको परिणाम तत्काल भोग्दैछु भनेर । उसका भिजिलान्ते कुकुरहरूले माइन खोजेको नाटक गर्दै थिए । शिकारी कुकुर झैं सडकको वरपर सुँघीरहेका थिए । तर के थाहा ती हरामहरूलाई जनमुक्तिसेनाको चमत्कारपूर्ण खेल । माइन चेक गरेर केही नभएको दावी गर्दै मेजरलाई अगाडी बढाउन गाडीलाई सिग्नल दिए । मेजर मस्तीसँग गाडी बढाउँदैै थियो । मैले सास रोकेर स्वीचमा हात राखे, बिस्तारै–विस्तारै गाडी आर्कमा पुग्यो र मैले स्वीच थिचे । ढ्याम्म ऽऽ गुडुुडुऽऽऽ …. ठुलो आवाज आयो । म तत्काल प्राउन पोजिसनबाट थोरै उठेर हेरे । मेजरलगायत १२ जना जल्लादहरू पल्टिरहेका थिए भने गाडी आकाशमा नाचिरहेको थियो । पैदल हिडेका कुकुरहरू पनि बेहोसै आफ्ना हतियारहरू त्यही छोडेर सुईकुच्चा ठोके । हाम्रो डिफेन्स र एसाल्ट ग्रुपले दुश्मनलाई लखेट्दै हतियार र एमुनेसन सबै कब्जामा लियो । करिब २५ मिनेटको चमत्कारी लडाईबाट सम्पूर्ण दुश्मनलाई ध्वस्त पारी हामीहरू उल्लासका साथ गन्तव्य स्थानतिर लाग्यौं । रिट्रिटको क्रममा पनि नाका ब्लक गर्न बसेको दुश्मनलाई क्षतविक्षत बनाउँदैै बिनाक्षति थुप्रै उपलब्धी हासिल ग¥यौं । हत्यारो, बलात्कारी खिसी वर्तौलाको जत्थालाई सिध्याईदिएको खबरले जनता निकै रमाए । हामी जनताको स्वागत र धन्यवादका पात्र बन्यौं । यो सफल कार्वाहीले दुश्मनभित्र थुपै्र भागदौड मच्चियो भने जनसेनामा नयाँ हौसला र साहस पैदा ग¥यो ।

(कम्पनी कमाण्डर क.उपहारले रुकुमको खारा मोर्चामा २०६१ चैत्र २६ गते विहान लड्दा लड्दै शहादत्त प्राप्त गर्नुभयो ।)