छाउगोठमा गणतन्त्र

छाउगोठमा गणतन्त्र

शनिबारीय साहित्य : कविता
*** ***
 
 
एक दशक हाराहारी
भइसकेको छ
तिमीहरूको गणतन्त्र
आएको
सिंहदरबारको पटाङ्गिनीबाट
महानगर उपमहानगर
गाउँ गाउँमा
गणतन्त्रको वीभत्सता
आदर्श च्यूत विद्रूपता
देखिएकै छ पोतिएकै छ
भरखर भरखरै भने
छाउगोठमा गणतन्त्रले
मानव मर्यादामाथि
निर्लज्ज उपहास गरेको छ
जतिसुकै उफ्र
जतिसुकै उत्कृष्ट बोल
तिम्रो कुरूप संसद
तिम्रो कुरूप तन्त्र
केवल छाउगोठको
असभ्य तन्त्र हो ।
 
यो समय
छाउगोठको गणतन्त्र
विरुद्ध प्रतिरोधको
समय हो
भित्र बाहिर
जता जहाँबाट
जसरी जुनसुकै
विधि तरिकाबाट
आँधी तुफान बने पनि हुन्छ ।