साताकाे साहित्य : कविता
(थारू तथा नेपाली दुवै भाषामा)
हम्रे कमुइयाँ हुइ
हो, हम्रे कमुइयैं हुइ
काम कैना मनैयाँ, कमुइयाँ
उहेमारे हम्रे कमुइयाँ हुइ ।
हम्रे कमुइयाँ उट्ठि
कमुइयाँ बैट्ठि, कमुइयाँ खैठि
ओ कमुइयाँ सुट्ठि
का करे कि, कमुइयाँ हमार कला हो
कमुइयाँ हमार रिटभाँट, रहन–सहन हो
ओ कमुइयाँ हमार भासा हो
उहेसे हम्रे कमुइयाँ भासा बोल्ठि ।
हम्रे कमुइयाँ
हमार आपन साँस बा
उहेसे हम्रे हमारे साँस फेर्ठि
हमार आपन ढकढिउरा बा
उहेसे हमार हमारे ढकढिउरा चलठ
ओ हमार आपन जिन्गि बा
उहेसे हम्रे हमारे जिन्गि जिठि
का करे कि,
हमार साँस कमुइया भासा बोलठ
हमार ढकढिउरा कमुइयाँ ढर्कनमे चलठ
उहेसे हम्रे कमुइयाँ हुइ
हम्रे, आपन जिन्गिक कमुइयाँ हुइ
टबेमारे हम्रे कमुइया भासा बोल्ठि ।
कोइ सोचाठुइ
कमुइयन डास हुँइट
कमुइयन गुलाम फेन हुँइट
हो, हम्रे डास फेन हुँइ
गुलाम फेन हुँइ
मनो, हम्रे मालिकके डास नै हुइ
न टे हुइ सासकनके डास
हम्रे टे खालि
आपन जिन्गिक डास हुइ
का करे कि, हम्रे आपन पापि पेटके लाग
माटिमे पस्ना चुहैठि
आपन आँगसे रकट चुहैठि
हो, इहे पस्ना चुहैना
आँगके रकट चुहैना मनैनके भासाहे
सासक कमुइया भासा कठाँ
उहेसे हम्रे कमुइयाँ भासा बोल्ठि ।
कोइ–कोइ जरुर कहाठुइ
कमुइयन मालिकके गुलाम हुँइट
कमुइयन सासकके डास हुँइट
मनो,
छाटिम हाँठ ढइके हेरो
हमार ढकढिउरासे मालिक जियाटटाँ
हमार साँसले सासक साँस फेरटटाँ
हमार रकट ओ पस्ना चुस–चुसके
सासक छुट्टु साँरहस मट्टाइटि बटाँ
ओ हमारे सर्वस्व लुटके
कुटिल सकुनिन फाँडा लगैटि बटाँ
टब्बोपर हम्रे सगर्व
आपन अस्टिट्वमे, आपन माटिमे ठर्ह्याके
निसंकोच कमुइयाँ भासा बोल्टि बटि
का करे कि, हम्रे कमुइयाँ हुइ
हम्रे कमुइयाँ भासा बोल्ठि ।
हो, हमार सोनके लंका लुटके
हमार सर्वस्व, हमार जिन्गि लुटके
हमार साँस ओ ढकढिउरासे जिटिरहल
मालिक सासक
ओ सासकके चाटुकारनके आँख
हम्रहिन गुलाम डेखे सेकठ
हम्रहिन डास डेखे सेकठ
का करे कि, चाटुकार ओ चम्चनके हाँठ
सडा मालिकके गुलाम करठ
सडा सासकके डास बनठ ।
हो, हम्रे कमुइयाँ जरुर हुइ
मनो मालिकके गुलाम नै हुइ, डास नै हुइ
का करे कि हमार, हमारे अस्टिट्व
हमार ठन हमारे स्वट्व बा
उहेसे हम्रे कमुइयाँ हुइ
हम्रहिन कमुइया भासा मजा लगठ
उहेक मरे हम्रे कमुइयाँ भासा बोल्ठि ।
नेपाली भाषामा
हामी कमैया हौं
हो, हामी कमैया नै हौं
काम कैना मनैया, कमैया
अर्थात
काम गर्ने मान्छे, कमैया
त्यसैले, हामी कमैया हौं ।
हामी कमैया भएर उठ्छौं
कमैया भएर बस्छौं, कमैयाँ भएर खान्छौं
र, कमैया भएरै सुत्छौं
किन कि, कमैया हाम्राे कला हो
कमैया हाम्राे संस्कृति हाे, रहन–सहन हो
र कमैया हाम्रो भाषा हो
त्यसैले हामी कमैया भाषा बोल्छौं ।
हामी कमैया
हाम्रो हाम्रै साँस छ
त्यसैले हामी हाम्रै सास फेर्छौं
हाम्रो हाम्रै ढुकढुकी छ
त्यसैले हाम्राे हाम्रै ढुकढुकी चल्छ
र, हाम्रो आफ्नै जिन्दगी छ
त्यसैले हामी हाम्रै जिन्दगी बाँचेका छौं
किन कि,
हाम्रो साँसले कमैयाको भाषा बोल्छ
हाम्रो ढुकढुकी कमैयाकै धड्कनमा चल्छ
त्यसैले हामी कमैया हौं
हामी आफ्नै जिन्दगीको कमैया हौं
त्यसैले हामी कमैया भाषा बोल्छौं ।
कोही साेच्छ हाेला
कमैयाहरू दास हुन्
कमैयाहरू गुलाम पनि हुन्
हो, हामी दास पनि हौं
गुलाम पनि हौं
तर, हामी मालिकका दास होइनौं
न हौं हामी शासकहरूका गुलाम पनि
हामी त खाली
आफ्नै जिन्दगीको दास हौं
आफ्नै जिन्दगीको गुलाम पनि हौं
किन कि, हामी हाम्रै जिन्दगी बाँच्नका लागि
माटोमा पसिना चुहाउँछौं
आफ्नै शरिरको रगत बगाउँछौं
हो, यसरी पसिना चुहाउने हामीहरूलाई
शरिरको रगत बगाउने हाम्रा सन्तानहरूलाई
र, हामीले बोल्ने भाषालाई
शासकहरू र शासकका असली गुलामहरूले
कमैया भाषा भन्छन्
त्यसैले जसले जेसुकै भनोस्
हामी कमैयाहरू सगर्व कमैया भाषा बोल्छौं ।
कोही कोही जरूर भन्छ
कमैयाहरू मालिकहरूका गुलाम हुन्
कमैयाहरू शासकहरूका दास हुन्
तर,
छातीमा हात राखेर हेरून्
हाम्रो धड्कनले मालिकहरू बाँचिरहेकाे
हाम्रै साँसले शासकहरू सास फेरिरहेको
हाम्रै रगत र पसिना चुसेर
शासकहरू छाडा साँढझैं डुक्रिरहेको
र हाम्रै सर्वस्व लुटेर
कुटिल सकुनिहरू पासाे थापिरहेको
तर पनि हामी सगर्व
हामी आफ्नै अस्तित्वमा, आफ्नै माटोमा उमिएर
निसंकोच कमैया भाषा बोलिरहेछौं
किन कि, हामी कमैया हौं
हामी कमैया भाषा बोल्छौ ।
हो, हाम्रो सुनौलो भविष्य लुटेर
हाम्रो सर्वस्वहरण र हाम्रो जीवन बन्धकीमा राखेर
हाम्रै साँस र धड्कनमा बाँचिरहेका
मालिक शासक
र शासकहरूका चाटुकारहरूको आँखाले
हामीलाई गुलाम देख्न सक्छ
हामीलाई दास देख्न सक्छ
किन कि, चाटुकार र चम्चाहरूको हातले
सधैं मालिकहरूका गुलाम गर्छ
सधैं शासकहरूका दास बन्छ ।
हो, हामी कमैया जरूर हौं
हामी लुटिएकाहरू, दमितहरू जरूर हौैं
तर, मालिकहरूको गुलाम होइनौं,
शासकहरूको दास पनि होइनौं
किन कि हामी, हाम्रै अस्तित्वमा छौं
र, हामीसँग हाम्रै स्वत्व छ
यसकारण हामी कमैया हौं
हामीलाई कमैया भाषा बाेल्दा आनन्द आउँछ
त्यसैले हामी कमैया भाषा बोल्छौं ।