संस्कृति र कला

संस्कृति र कला

(प्रस्तुत रचना सन १९६७ मा पेकिङमा प्रकाशित माओका विचारहरुको सङ्गालोका रुपमा रहेको रेडबुकबाट लिइएको हो । साहित्य–कला तथा संस्कृतिका क्षेत्रमा कृयाशील सर्जकहरूका निम्ति प्रस्तुत रचना उपयुक्त ठानेर यहाँ प्रस्तुत गरिएको हो । – सम्पादक)

संसारमा आज सबै संस्कृति सबै साहित्य र कला विशेष वर्गहरूका अधिनमा छन् र विशेष राजनीतिक दिशातिर हाँकिएका हुन्छन् । वास्तवमा कला कलाको निम्ति, वर्गहरूभन्दा माथिको कला, भन्ने कुरा केही छैन । सर्वहारावादी साहित्य र कला सम्पूर्ण सर्वहारावादी क्रान्तिकारी उद्देश्यका एक भाग हुन्, लेनिनले भन्नुभए झैँ, ती सम्पूर्ण क्रान्तिकारी मेशीनका दाँती र पेच–किला हुन् । – ‘साहित्य र कला सम्बन्धी येनान गोष्ठीमा प्रवचन’ (मे १९४२)

क्रान्तिकारी संस्कृति बहुसङ्ख्यक जनताको निम्ति शक्तिशाली क्रान्तिकारी हतियार हो । यसले क्रान्ति आउनुभन्दा अघि विचारधारात्मक रूपले भूमि तयार पार्छ र यो क्रान्तिको बेलामा व्यापक क्रान्तिकारी मोर्चामा महत्वपूर्ण साँच्चै आवश्यक सङ्घर्षशील एक मोर्चा हो । – ‘नयाँ जनवाद विषयमा’ (जनवरी १९४०)

हाम्रो सबै साहित्य र कला जन–समुदायको निम्ति हुन् र सर्वप्रथम मजदूर किसान र सिपाहीहरूको निम्ति हुन्, ती मजदूर, किसान र सिपाहीहरूको निम्ति सृजिएका हुन् र उनीहरूकै उपयोगको लागि हुन् । – ‘साहित्य र कला सम्बन्धी येनान गोष्ठीमा प्रवचन’ (मे १९४२)

साहित्य र कलाको क्षेत्रका हाम्रा कार्यकर्ताहरूले यस कर्तव्यलाई अवश्य पूरा गर्नुपर्छ र उनीहरूले आफ्नो ज पुरानो अडानलाई छोड्नु पर्छ, उनीहरूले मजदूर, किसान र सिपाहीहरूको पक्षमा, सर्वहाराको पक्षमा उनीहरूका बिचमा गहिरिएर जाने क्रमद्वारा र व्यावहारिक सङ्घर्षहरूका बिच गहिरिएर जाने क्रमद्वारा र माक्र्सवाद तथा समाजलाई अध्ययन गर्ने क्रमद्वारा क्रमश: आफ्नो पाइला चाल्नै पर्छ । यसरी मात्र हामीले साँच्ची नै मजदूर, किसान र सिपाहीहरूको निम्तिको साहित्य र कला साँच्चैको सर्वहारावादी साहित्य र कला पाउनेछौं । – ‘उपर्युक्त’

(हाम्रो उद्देश्य के हो भने) साहित्य र कला सम्पूर्ण क्रान्तकारी मेशीनको आंशिक भाग झैँ यस्तरी अडियून् जसले गर्दा तिनलाई जनतालाई एक पार्ने तथा शिक्षा दिने र शत्रुलाई आक्रमण गर्ने र नष्ट पार्ने शक्तिशाली हतियारको रूपमा प्रयोग गर्न, र जनतालाई एकै तनमनले शत्रुसित जुध्न मदत गर्न सकियोस् । – ‘उपर्युक्त’

साहित्य र कलाको आलोचनाका दुई मापदण्ड छन्, राजनीतिक र कलात्मक । यहाँ एक राजनीतिक मापदण्ड छ र दोस्रो कलात्मक मापदण्ड छ । यी दुईमा के सम्बन्ध छ ? राजनीतिलाई कलाको दाँजोमा राख्न सकिँदैन, न त व्यापक विश्व दृष्ट्रिकोणलाई कलात्मक सिर्जना र आलोचनाको पद्धतिको दाँजोमा राख्न सकिन्छ । अमूर्त र बिल्कुलै अपरिवर्तनशील राजनीतिक मापदण्ड हुन्छ भन्ने कुरालाई मात्रै होइन अमूर्त र विल्कुलै अपरिवर्तनशील कलात्मक मापदण्ड हुन्छ भन्ने कुरालाई पनि हामी मान्दैनौँ, प्रत्येक वर्गीय समाजमा हरेक वर्गको आफ्नै राजनीतिक र कलात्मक मापदण्ड हुन्छ । तर सबै वर्गीय समाजमा सबै वर्गले अनिवार्य रूपबाट राजनीतिक मापदण्डलाई पहिलो र कलात्मक मापदण्डलाई दोस्रो दिएका हुनछन् । हामीले माग गरेको कुरा राजनीति र कलाको एकता, विषयवस्तु र रूपको एकता, क्रान्तिकारी राजनीतिक विषयवस्तु र कलात्मक रूपको सर्वोच्च सम्भव पूर्णताको एकता हो । राजनीतिक रूपबाट जतिसुकै प्रगतिशील भए पनि कलाका कृतिहरूमा कलात्मक गुण भएन भने तिनमा शक्ति हुँदैन । अत: हामीहरू गलत राजनीतिक दृष्टिकोण भएका र ‘पोष्टर तथा नारावादी शैली’ तर्फको प्रवृत्ति भएका, जो राजनीतिक दृष्टिकोणले ठीक हुँदाहुँदै पनि कलात्मक शक्ति नभएका हुन्छन, दुवै थरी कला–कृतिहरूको विरोध गछौं । हामीले साहित्य र कलाका प्रश्नहरूमा दुवै मोर्चामा सङ्घर्ष चलाउनुपर्छ । – ‘उपर्युक्त’

कला र विज्ञानको प्रगतिलाई अगाडि बढाउन र हाम्रो देशमा समाजवादी संस्कृतिलाई समुन्नत पार्न सय फूल फुल्न दिने र विचारका सय शाखामा प्रतियोगिता हुन दिने नीति छ । कलाका विभिन्न रूप तथा शैलीले स्वतन्त्र रूपबाट विकास गर्नुपर्छ र विज्ञानका विभिन्न शाखामा स्वतन्त्र रूपबाट प्रतियोगिता हुनुपर्छ । कलाको एक थरी शैली अथवा विचारको एक थरी शाखालाई लाद्न र अर्को थरीलाई रोक्न प्रशासनिक कारवाई गर्नु कला र विज्ञानको विकासको निमित्त हानिकारक छ भन्ने हामी ठान्छौं । कला र विज्ञानमा सही र गलत भन्ने प्रश्नहरूलाई कला र विज्ञानकै क्षेत्रको स्वतन्त्र छलफल र यी क्षेत्रको व्यावहारिक कार्यद्वारा टुङ्गो लाउनुपर्छ । तिनलाई सरल किसिमबाट टुंग्याउनु हुँदैन । – ‘जनताका अन्तरविरोधहरूको सही सन्चालनका विषयमा’ (फरवरी २७, १९५७)

सांस्कृतिक बिनाको सेना बोधो सेना हो, र बोध सेनाले शत्रुलाई हराउन सक्तैन । – ‘सांस्कृतिक कार्यमा संयुक्त मोर्चा’ (अक्टोबर ३०, १९४४)