आरसीपी, नेपालको प्रदेश सचिवालय बैठक महाधिबेशन केन्द्रित संर्घषका खाका कोर्दै समापन

आरसीपी, नेपालको प्रदेश सचिवालय बैठक महाधिबेशन केन्द्रित संर्घषका खाका कोर्दै समापन

बुटवल – क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको प्रदेश पाँचको बैठक संर्घषका कार्यक्रम तय गर्दै सकिएको छ ।
सो पार्टीको प्रदेश सचिवालयको बैठक माघ १६ देखि चैत्र २४ सम्मको संघर्षको खाका बनाउदै दाङको लमहीनगरपालिकास्थित टिकुलीगढमा भएको थियो ।
माघ ९ र १० गते सम्पन्न बैठकमा पार्टीका केन्द्रीय कार्यालय सदस्य तथा प्रबक्ता धर्मेन्द्र बास्तोला कंचन , केन्द्रीय कार्यालय सदस्य तथा प्रदेश ईन्चार्ज प्रेम सुवेदी र केन्द्रीय कार्यालय सदस्य तथा उत्पादन बिभाग प्रमुख केबी गुरुङले प्रशिक्षण दिनुभएको प्रदेश संयोजक श्याम बहादुर बोहोराले जानकारी दिनुभयो ।
उहाँका अनुसार बैठकमा प्रदेश अन्तरगतमा जिल्लाहरुका ईन्चार्ज एंव संयोजकहरुले रिर्पाेट राखेका थिए ।
बैठकले पार्टी केन्द्रीय कार्यालय तथा माघ ३ गते बसेको पार्टीको संघर्ष परिचालन समितिको बैठकका निर्णयहरु कार्यान्वयन गर्दै स्थानीय र प्रादेशिक आन्दोलनहरु उठान गर्ने निर्णय गरेको छ ।
त्यसैगरी जिल्लाको सापेक्षतामा कार्यक्रम तालिका बनाई माघ मसान्तका दिन जनयुद्ध दिवसको अवसरमा दिपावली गर्ने, फागुन १ गते जनयुद्ध दिवश मनाउने, फागुन २ देखि १३ सम्म जनयुद्धकै सन्दर्भमा विभित्र रचनात्मक कार्यक्रम गरी कार्यकर्ता तथा जनता परिचालन गर्ने– गोष्ठी, सभा, चियापान, सरसफाई आदि कार्यक्रमहरु गर्ने, फागुन १४ देखि २१ सम्म शहिद सप्ताह कार्यक्रम मनाउने– शहिद परिवार, बेपत्ता परिवार, घाइते अपांगहरुसँगको भेटघाट, सम्मान, लगायत विविध कार्यक्रमहरु गर्ने, सबै जिल्लाले चैत्र २४ गते काठमाण्डौ केन्द्रित गर्न “काठमाण्डौ जाआंै” अभियान अन्तरगत सबै जिल्लाहरुमा तालिका बनाई सभाहरु गर्ने निर्णय गरिएको छ ।
यो अभियान अन्तरगत प्रदेश ५ मा फागुन २७ जनसभा गर्ने मिति तय गरिएको छ ।