शाेकसंस्मरण
—
२०८०/०९/२८ गते शनिबार बिहान ६:३० बजे म सुतिरहेको थिए ।मौसम चिसोचिसो थियो । तुलसीपुर बजारदेखि माथिल्लो क्षेत्रमा बिहानमा खासै हुस्सु लाग्दैनथो तर दुई दिन अघिदेखि हुस्सुले मेरो गाउँ शिवनगर पनि ढाकेर चिसो बढेको थियो ।
मोबाइलको घण्टी लगातार बजिरहेको छ । मोबाइल समातेर कुरा गर्न उठनुपर्ने बाध्यता पर्यो तर चिसो मौसमका कारणले सिरक छोड्न मन लागेन । पहिलो पुरै घण्टी बजेर सकियो र फेरि दोस्रोपटक घण्टी बज्न थाल्यो । जुरुक्क उठेँ र मोबाइल हेरेँ । नम्बर सुरक्षित गरेको थियो, नाम देखियो एच एम दुःखी ।
फोन उठाएँ , एक्कासि दुःखीजीकाे आवाज आयो “तपाई तुरुन्तै मेरो घरमा आउनुस् लमही जानुपर्ने भयो ।” मैले जवाफमा मेरो तिनवटा कार्यक्रम अाज शनिबार परेकोले अर्को दिन जाउँला भनेँ । इच्छुक सांस्कृतिक प्रतिष्ठान लमहीमा निर्माणाधीन भबनका लागि मन्त्रीहरुसङ्ग बजेटका लागि कुराकानी गर्न जाने हो भन्ने बुझाइ मेरो थियो । तर त्यसो रहेनछ । पौष २७ गते नेपालगञ्जबाट काठमाडौंका लागि हिडेको यात्रुबाहक बस राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङ बजार नजिकै रहेको राप्ती नदिको पुलबाट खसेर दुर्घटना परेको बसमा हाम्रो गौरबशाली पार्टी क्रान्तिकारी कम्युनिस्ट पार्टीका केन्द्रीय सल्लाहकार तथा केन्द्रीय स्कुलीङ बिभाग सदस्य तथा प्रगतिशील साहित्यका मुर्धन्य ब्यक्तित्व प्रा डा ताराकान्त पाण्डे को दुर्घटनामा परि निधन भएको रहेछ । उक्त खबरले म स्तब्ध भएँ ।
नियमित काजपछि तत्काल दु:खीको घरमा पुगेपछि मात्रै मलाई घटनाको बारेमा थाहा भयो । दु:खीका घरमा चिया र रोटी खाएर हामी करिब ७ बजे तुलसीपुरबाट लमहीका लागि हिड्यौं । हुस्सु लागेर सडक अँध्यारो छ । अगाडिको गाडीको बत्ती आकाशका तारा जस्तो टाढा देखिन्छ तर हुस्सुले गर्दा केही देखिँदैन । वातावरण चिसो छ तर पनि हाम्रो पार्टीको शीर्ष नेताको दु:खद निधन भएको पिडाले चिसो अनुभुती गरिएन । घोराही गोग्लीमा तात्तातो चिया कमरेड देवाले ख्याउनुभयो नरेन्द्र दाइसङ्ग कुराकानी भयो । दाङ पार्टी संयोजक कमरेड नबिनलाई घटनाको बारे जानकारी गराएर हामी बाइकमा हुइकियौँ । लमही अस्पतालमा पुगेर साँघुरो कोठामा १२ जनाको शब राखिएको थियो । अति दर्दनाक पिडादायी दृश्य कोठामा देखियो । १२ वटा शब राख्नका लागि पनि अस्पतालमा स्रोत र साधन रहेनछ । एकै ठाउमा लास माथि लास को चाङ लगाएको दृश्यले स्तब्ध बनायो । हामीले ताराकान्त पाण्डेको शब चिन्नुपर्ने र कानुनी प्रकृया पूरा गरेर शबलाई काठमाडौ उहाँको घर र पार्टी केन्द्रमा पठाउनुपर्ने थियो । प्रहरीले सोध्नुभयो चिन्नुभयो ताराकान्त जीलाई । दुःखी ले उ उहाँ हुनुहुन्छ भनेर संकेत गर्नुभयो । त्यसपछि १२ जना मध्येका ३ जनाको परिवार पुगिसकेको हुँदा हामीले ताराकान्त ज्युको सनाखत पत्रमा हस्ताक्षर गर्यौ । उहाँका आफन्तहरु पनि नेपालगञ्ज र बुटवलबाट पनि पुग्नुभयो । पारिवारिक सरसल्लाह गर्यौ । अस्तब्यस्त लमही अस्पतालमा बेड बोक्ने र पोस्टमार्टमका लागि प्राबिधिक कुराहरु मिलेर बनायौ । शबहरु बाहिर निकालिंदै पोष्टमार्टम गर्न थालियो । एक जना परिवारका सदस्यलाई पोष्टमार्टम गर्दा उक्त स्थानमा पुग्ने हेर्ने समेत अनुमति हुदोरहेछ । हाम्रो तर्फबाट दुःखी जी पोष्टमार्टम गर्ने ठाउँमा उहाँको शरीर हेर्न जानुभयो । म उता इलाका प्रहरी कार्यालय लमही पुगेर पार्टी तथा परिवारको सल्लाह अनुसार मेरो नामबाट घटनाको बिबरण सहित जाहेरी दरखास्तमा हस्ताक्षर गरेर दरखास्त दिएँ । कानुनी प्रकृया पूरा गरेर मलाई जातीय परम्परा अनुसार दाहासंस्कार तथा काजकिरिया गर्नु भनी एउटा मात्र पत्रमा हस्ताक्षर गराइयो र मृतकको शब अस्पतालबाट हामीलाई हस्तान्तरण गरियो ।
सिङ्गो लमही बजार स्तब्ध भएको छ । कसैका अनुहारमा चमक छैन । सबै निराश भएको अनुहार देखिन्छ । यति काम गर्दा समेत झण्डै २ बजि सकेको थियो । दाङ जिल्ला क्रान्तिकारी कम्युनिस्ट पार्टीका संयोजक कमरेड नवीन, केन्द्रीय सदस्य अजय, लगएत सयौं पार्टी नेताहरू कार्यकर्ताहरु, परिवारजनहरु, स्थानीय वडा अध्यक्ष कमरेड सागर विभिन्न राजनीतिक दलका नेताहरु ब्यापारीहरु, स्थानीय पत्रकारहरु किसान मदजुरहरुको उपस्थितिमा हामी सानो श्रद्धाञ्जली तथा मौन धारण कार्यक्रम तय गर्यौ । सबैले १ मिनेट मौनधारण गरि उहाँप्रति उच्च सम्मान ब्यक्त गर्यौ । दुःखीले ताराकान्त पाण्डेकाे संक्षिप्त परिचय सहित उहाँको याेगदान र मृत्युको कारणबारे मन्तब्य राख्नुभयाे ।
कार्यक्रम समापनपछि शब बाहनमा राखेर सधैंका लागि छातिमा सम्झना मात्रै राखेर कमरेड तारालाई दुःखीकै जिम्मा लगाएर काठमाडौ पार्टी तथा परिवारका लागि पठायौ ।
यसरी उहाँलाई काठमाडौका लागि त पठायौ मनभित्र भारि पीडा, पार्टी भित्रका प्रखरवक्ता मास्क्रबादी सिद्धान्तका बिश्लेशक प्रगतिशील साहित्यकार मार्क्सवादी साैन्दर्य चिन्तक देश जगतको तारा, जसलाई आज अस्थिपञ्जरका रुपमा बिदाइ गर्नुपर्दा साह्रै पीडा भएको छ ।
संयोग पनि अनौठो रह्यो “इच्छुक सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष प्राडा ताराकान्त पाण्डेको निधन पनि कृष्ण सेन इच्छुकको घर रहेको उहाँको जग्गाको सिमानामा बग्ने राप्ती नदीमै दुर्घटनामा परि जीवन गुमाउनुपर्यो ।
यस दुःखद समयमा कमरेड शिला योगी लगाएत उहाँको परिवारमा पर्न गएको दु:खलाई शोकलाई शक्तिमा बदल्न सक्ने क्षमता मिलोस भन्दै गहिरो समबेदना ब्यक्त गर्दै प्राडा ताराकान्त पाण्डेप्रति भाबपुर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।