उदयपुर, गाईघाट । नेपाल र भारत सरकार बिच पौष १९ गते भएको राष्ट्रघाती सम्झौताको विरुद्ध उदयपुरमा सोमबार क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले कोण सभा सम्पन्न गरेको छ। सदरमुकाम गाइघाटमा भएको उक्त कोणसभामा पार्टी इन्चार्ज मोहन सिंह तामाङ र दनुवार राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रिय अध्यक्ष मान बहादुर दनुवारले बोल्नु भएको थियो ।
गत १९ गते नेपाल भारत बिच भएको चार बुंदे सम्झौतामध्ये तीन वटा बुंदाप्रति असहमती जनाउंदै गरिएको उक्त कोणसभामा ‘उच्च प्रभाबयुक्त सामुदायिक आयोजना’को नाममा भारतीय दूतावासले नेपालमा २० करोडसम्मका परियोजना संचालन गर्न सक्ने संझौता हुनुले नेपाललाई भारतको एउटा प्रान्त ठान्नु र नेपाल भारतको उपनिबेश भएको बताउंदै संसदीय दलाल ब्यबस्थाको प्रचण्ड सरकार भारतको चाटुकार भएको बक्ताहरुले बोलेका थिए ।
त्यसैगरी भारत सरकारको सहयोगमा नेपालमा सेटेलाइट संचालन गर्ने र नेपालको जलस्रोतमा बिदेशी लगानी भित्र्याउन खोजे भारतलाइ प्राथमिकता दिनु पर्ने संझौता गर्दै २५ बर्से उर्जा व्यापार संझौता गर्नुले नेपालको स्वाधीनतामाथि भारतले आक्रमण गरेकोले तत्काल उक्त संझौता खारेजी हुनु पर्ने अन्यथा देशमा ठूलो आंधिबेहेरी आउने बक्ताहरुले चेताबनी दिएका थिए। उक्त कोणसभाको संचालन नगर इन्चार्ज लिल ब. बिकले गर्नु भएको थियो ।