२० मंसीर काठमान्डौ ।
केही दिन अघि गोरखापत्रमा सूचना प्रकाशित गरि नेत्र विक्रम चन्द, खडकबहादुर विक, माइलालामा लगायत विभिन्न क्रान्तिकारी, वामपंथी र संसदीय पार्टीमा समेत रहेका व्यक्तिहरुको नाममा पक्राउ पुर्जी र सम्पत्ति रोक्का पुर्जी जारी गरेको जानकारी दिएको थियो ।
काठमाडौँ जिल्ला अदालत र उदयपुर जिल्ला अदालतद्वारा जारी गरिएका उक्त फैसलाले २०७७ फागुन २१ गते केपी ओली नेतृत्वको सरकार र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी बीच भएको ३ बुँदे सहमतिलाई ठाडै उलङघन गरेको छ ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले उक्त घटनाप्रति खेद प्रकट गदै झुटा मुद्दा खारेज गर्न, पक्राउ पुर्जी रद्द गर्न र सम्पूर्ण राजबन्दीहरुलाई विनाशर्त रिहाई गर्न निम्न प्रेस—विज्ञप्ति प्रकाशित गरेको छ :