रुसी सेनामा भर्ति भएका गण्डकीका तीन नेपाली युवाको मृत्यु

रुसी सेनामा भर्ति भएका गण्डकीका तीन नेपाली युवाको मृत्यु

 

 

पोखरा । रुसी सेनामा भर्ना भएर युक्रेन विरुद्ध लडेका गण्डकीका ३ युवाको मृत्यु भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार कास्कीका देवान राइ, गोरखाका सन्दिप थपलिया र स्याङजाका पितम कार्कीको मृत्यु भएको हो ।

उनीहरु अबैध बाटोबाट रुसी सेनामा भर्ना भएका थिए । परम्परागत रुपमा रहेको सम्झौता बाहेकका देशमा कुनै देशको राष्ट्रिय सेनामा भर्ना हुन पाइँदैन ।