बुटवल । सवारी दर्घटना मुद्दामा प्रहरी हिरासतमा रहनु भएका क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका प्रवक्ता धर्मेन्द्र बास्तोला धरौटीमा छुट्नु भएकाे छ। 
दाङ जिल्ला अदालतले शुक्रबार थुनछेक बहसमा बास्तोलालाई धरौटीमा छोड्न आदेश दिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी रामबहादुर केसीले जानकारी दिए । दाङकी जिल्ला न्यायाधीश ताराकुमारी शर्माको एकल इजलासले बास्तोलालाई ७० हजार धरौटीमा रिहा गर्न आदेश दिएको हो । एसपी केसीका अनुसार धरौटी राखेर बास्तोला शुक्रबारनै छुट्नु भएकाे हाे ।
बास्तोलाले चलाएको गाडीले र रा ६ प ५७३८ नम्बरको मोटरसाइकल आपसमा ठाेकिदा दाङको राप्ती गाउँपालिका वडा नम्बर ५ का २९ वर्षीय बसन्तराम चौधरीको मृत्यु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर