
४ असोज बाँके ।
बाँकेमा मोहन वैद्य “किरण”नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल निकट विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी)ले प्रस्तावित शिक्षा विधेयकविरुद्ध विभिन्न निजि विद्यालय तथा सरकारी शिक्षकका लगानी कलेज/ विद्यालयहरुमा कालो ब्यानर टासेको छ ।
जस अन्तर्गत सरकारी क्याम्पसका प्राध्यापक, शिक्षक र राजनितीक दलका नेताहरुको लगानी रहेका मध्य बाँके नेपालगन्ज स्थित मोर्डन पब्लिक स्कुल(जुन प्रतिनिधि सभाका सांसद तथा राप्रपाका महामन्त्री डा. धवल समशेर राणाको समेत लगानी छ । , आदर्श सेकेन्डरी स्कुल (सरकारी प्रोफेसरको लगानी), सामुदायिक विद्यालयका शिक्षकको लगानी रहेको जिभिएन स्कुल र होलिल्याण्ड स्कुल, सरकारी प्राध्यापकको लगानी रहेको नेपालगन्जको नेशनल इन्जिनियरिङ कलेज लगाएत विद्यालयहरुमा अखिल (क्रान्तिकारी) जिल्ला समिती बाँकेद्धारा कालो ब्यानर टासिएका छन् ।






























