३ भाद्र विराटनगर ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल समर्थक मजदुर संगठन अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ प्रदेश नम्बर १ संयोजकमा विष्णु चौधरी चयन हुनु भएको छ ।
टे्रड युनियन महासंघको बुधबार विराटनगरमा भएको एकता बैठक तथा प्रशिक्षणले चौधरीलाई संयोजक तथा बद्री पाश्वानलाई सहसंयोजक चयन गर्दै ३१ सदस्य प्रदेश कमिटि चयन गरेको हो ।
उक्त बैठकलाई प्रशिक्षण गर्दै अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रिय संयोजक तथा क्रान्तिकारी कम्युनिष्ट पार्टीका कार्यालय सदस्य दिनेश शर्माले दश वर्षे जनयुद्धमा थुप्रै मजदुर साथीहरु शहिद हुनु परेको र युद्धमा मजदुरहरुले पुर्याएको महत्वपूणर् कामको गर्व गर्नु पर्ने बताए । माक्र्सले कम्युनिस्ट घोषणा पत्र तयार गर्नु भन्दा अगाडि देखि नै विश्वमा ठुला ठुला मजदुर आन्दोलनहरु भएको बताउदै मजदुरले चाहे जस्तोसुकै आन्दोलन गर्न सक्ने भनाई राखे । उनले मजदुरको तागतबाट संसदीय व्यवस्था लाई पतन गर्न सकिने र मजदुर ,किसान ,सुकुम्बासी लगायतका उत्पीडित वर्ग ,उत्पीडित लिङ्ग र उत्पीडित जातिको राज्य स्थापना गर्न सकिने बताए ।
बैठकमा पार्टीका सचिवालय सदस्य तथा प्रदेश संयोजक सङ्कुल, सचिवालय सदस्य तथा प्रदेश सह–संयोजक सरल , पार्टीका सचिवालय सदस्य तथा मोरङ जिल्ला इन्चार्ज विमल निरौला ,पार्टीका केन्द्रिय सदस्य तथा टे्रड युनियान महासंघका केन्द्रिय सह–संयोजक विनोद थापा , केन्द्रिय सदस्य तथा मोरङ संयोजक बादल , पार्टी प्रदेश सदस्य तथा मोरङ सह–संयोजक सिर्जन, प्रदेश सदस्य तथा विराटनगर इन्चार्ज गणेश , प्रदेश सदस्य तथा ग्रामथान गाउँपालिका इन्चार्ज पुणर् लगायतले बैठकलाई प्रशिक्षण गर्दै शुभकामना दिउका थिए ।
सो बैठकको अध्यक्षता संयोजक चौधरीले गरेका थिऐ भने संचालन बद्री पाश्वानले गरेका थिए ।































